• समन्वय समितिको बैठक (२०८०/०३/२५)

परिचय

उच्च सरकारी वकील कार्यालय, पोखरा पोखरा महानगरपालिका वडा नं. ७ स्थित माछापुच्छ्रे मार्गमा अवस्थित रहेको छ । नयाँ भवन निर्माण भई मिति २०७७/५/७ गते महान्यायाधिवक्ता श्री अग्निप्रसाद खरेल ज्यूले जुम द्वारा भवन उद्घाटन गर्नुभई आफ्नै भवनबाट कार्यालयको कार्य सञ्चालन भइरहेको छ ।

 हाल देशैभर उच्च सरकारी वकील कार्यालय १८ वटा रहेका छन् ती मध्ये उच्च सरकारी वकील कार्यालय पोखरा पनि एक हो । यस कार्यालयको नेतृत्व नेपाल न्याय सेवा सरकारी वकील समूहका राजपत्राङकित प्रथम श्रेणीका सहन्यायाधिवक्ताबाट गरिदै आएको छ । कार्यालयमा उपन्यायाधिवक्ता, शाखा अधिकृत समेतबाट सरकारी वकीललाई सहयोगका लागि सहायक स्तर र अन्य कर्मचारीहरु समेत रहेका छन ।

यस उच्च सरकारी वकील कार्यालयको कार्य सम्पादनको शुरुवातबाट नेपालको संविधानले परिकल्पना गरे बमोजिम साविक पुनरावेदन अदालत मिति२०७३ साल असोज ३ गते देखि लागु हुने गरी उच्च अदालतमा परिणत भए सँगै भएको हो ।

यस कार्यालयले नेपाल सरकार वादी हुने वा नेपाल सरकारको हक हित वा सरोकार निहीत मुद्दामा नेपाल सरकारको तर्फबाट प्रतिनिधित्व गर्ने, नेपाल सरकारको प्रमुख संवैधानिक एंव कानूनी सल्लाहकारको भूमीका निर्वाह गर्ने, नेपाल सरकारको तर्फबाट मुद्दा चलाउने वा नचलाउने निर्णय गर्ने, सरकारवादी मुद्दा फिर्ता लिंदा राय दिने, हिरासतमा रहेका व्यक्तिलाई मानवोचित व्यवहार भए नभएको वा कानून व्यवसायीसँग भेटघाट गर्न दिए नदिएको विषयमा अनुगमन एंव निरीक्षण गर्ने, सर्वोच्च अदालतबाट प्रतिपादित सिद्दान्तको पालना भए नभएको अनुगमन गर्ने, नेपाल सरकार वादी वा प्रतिवादी भएको मुद्दामा प्रतिनिधित्व गर्ने जस्ता नेपाल राज्यका महान्यायाधिवक्तालाई नेपालको संविधानको धारा १५८ द्धारा प्राप्त अधिकार माननीय महान्यायाधिवक्ताज्यूबाट अधिकार प्रत्यायोजन भए बमोजिम यस कार्यालयले दैनिक कार्य सम्पादन गर्दै आएको छ ।


सहन्यायाधिवक्ता

यदुनाथ शर्मा

उपन्यायाधिवक्ता

राम प्रसाद अधिकारी

उपन्यायाधिवक्ता

धर्मराज पौडेल

सहायक न्याायधिवक्ता

महेश अर्याल

सहायक न्यायाधिवक्ता

ईशा शर्मा

सहायक न्यायाधिवक्ता

एक नारायण ढकाल