उच्च सरकारी वकील कार्यालय, पोखरा र जिल्ला सरकारी वकील कार्यालय, कास्कीको संयुक्त आयोजनामा पोखरा महानगरपालिका वडा नं. २२ को सभाहलमा सञ्चालन भएको समुदायमा सरकारी वकील कार्यक्रम (२०८०/११/१४)

samachar

2081-3-19

उच्च सरकारी वकील कार्यालय पोखराका सहन्यायाधिवक्ता श्री यदुनाथ शर्माको अध्यक्षतामा राष्ट्रिय गान (सयौँ थुँगा फूलका हामी......) बाट शुरुवात भएको उक्त कार्यक्रम पोखरा महानगरपालिका वडा नं. २२ का वडा अध्यक्ष श्री हिमलाल बरालज्यूको प्रमुख आतिथ्यता तथा उच्च सरकारी वकील कार्यालयका उपन्यायाधिवक्ता द्वय श्री रामप्रसाद अधिकारी र धर्मराज पौडेल, जिल्ला सरकारी वकील कार्यालय, कास्कीका जिल्ला न्यायाधिवक्ता श्री गोपाल प्रसाद ढकाल, पोखरा महानगरपालिका वडा नं. २२ का वडा सदस्यहरु संजिव गुरुङ, कृष्ण कुमारी पौडेल देवकोटा र सिता बि.क. को आतिथ्यतामा सम्पन्न भएको थियो । स्वागत मन्तव्य सहित समुदायमा सरकारी वकील कार्यक्रमको उद्देश्यमाथि जिल्ला न्यायाधिवक्ता श्री गोपाल प्रसाद ढकालले प्रकाश पार्नुभएको थियो । कार्यक्रममा उच्च सरकारी वकील कार्यालयका उपन्यायाधिवक्ता श्री धर्मराज पौडेलले बाल अधिकार, बालविवाह, बहुविवाह, जवरजस्ती करणी लगायतका विषयमा रहेका कानूनी व्यवस्था र समाजमा घट्ने यस्ता समस्याहरुको कानूनी परामर्श विषयमा र उपन्यायाधिवक्ता श्री रामप्रसाद अधिकारीले समुदायमा सरकारी वकील र समुदायका सदस्यले जान्नुपर्ने कुराहरुको विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यपत्रहरु मार्फत उहाँहरुले सरकारी वकीलको परिचय, संगठन संरचना, सरकारी वकील कार्यालयबाट उपलब्ध हुने सेवाहरु, कसूरको अनुसन्धान, अभियोजन र न्याय सम्पादनमा समुदायको भूमिका, स्वच्छ सुनुवाईका आधारभूत मान्यताहरु, शंकित र अपराध पीडितका अधिकारहरु, फौजदारी मुद्दाको कारवाही किनारा लगायतका विषयमा प्रकाश पार्नुभएको थियो । पोखरा महानगरपालिका वडा नं. २२ का विभिन्न टोलसुधार समिति र आमा समूहका अध्यक्ष तथा सदस्यहरुले फौजदारी मुद्दाको सन्दर्भमा आफ्ना जिज्ञासाहरु समेत राख्नुभएको थियो । सहभागीहरुबाट उठेका जिज्ञासाहरुको समाधान जिल्ला न्यायाधिवक्ताज्यू, उपन्यायाधिवक्ताज्यूहरु तथा सहन्यायाधिवक्ताज्यूबाट गरिएको थियो । पोखरा महानगरपालिका वडा नं. २२ का वडा अध्यक्ष श्री हिमलाल वरालले मन्तव्य व्यक्त गर्दै उक्त कार्यक्रम आयोजना गरिदिनुभएकोमा उच्च सरकारी वकील कार्यालय, पोखरा तथा जिल्ला सरकारी वकील कार्यालय, कास्की परिवारलाई धन्यवाद व्यक्त गर्नुभएको थियो । सरकारवादी मुद्दाहरुको अनुसन्धान अभियोजन र नेपालको न्याय प्रणाली सम्बन्धमा विस्तृत जानकारी गराउदै उच्च सरकारी वकील कार्यालयका सहन्यायाधिवक्ता श्री यदुनाथ शर्माले कार्यक्रममा सिकेका कुरा आ-आफ्नो समुदायमा सचेतना फैलाउन समेत आग्रह गर्दै कार्यक्रमको समापन गर्नुभएको थियो । उक्त कार्यक्रमको सञ्चालन उच्च सरकारी वकील कार्यालयका नायब सुब्बा रमाकान्त काफ्लेले गर्नुभएको थियो।


संलग्न जोडिएका विवरणहरु

No Attachments
समाचार

समुदायमा सरकारी वकील कार्यक्रम (२०८१/०३/२०)


यस कार्यालयका सहन्यायाधिवक्ता श्री यदुनाथ शर्मा ज्यूको संयोजकत्वमा सम्पन्न भएको समन्वय समितिको बैठकका निर्णयहरु:


उच्च सरकारी वकील कार्यालय, पोखरा र जिल्ला सरकारी वकील कार्यालय, कास्कीको संयुक्त आयोजनामा पोखरा महानगरपालिका वडा नं. २२ को सभाहलमा सञ्चालन भएको समुदायमा सरकारी वकील कार्यक्रम (२०८०/११/१४)


समन्वय समितिको बैठक (२०८०/०३/२५)


समन्वय समितको बैठक


समुदायमा सरकारी वकील कार्यक्रम उच्च सरकारी वकील कार्यालय पोखरा र जिल्ला सरकारी वकील कार्यालय कास्कीको संयुक्त कार्यक्रम सम्पन्न


CMS इन्ट्री


समन्वय समितको बैठक मिति २०७७/०९/१


zoom meeting


२०७७/८/२६ गतेको कर्मचारी बैठक