समुदायमा सरकारी वकील कार्यक्रम उच्च सरकारी वकील कार्यालय पोखरा र जिल्ला सरकारी वकील कार्यालय कास्कीको संयुक्त कार्यक्रम सम्पन्न

samachar

2077-12-11

महान्यायाधिवक्ताको कार्यालयबाट जारी भएको समुदायमा सरकारी वकील कार्यक्रम सञ्चालन निर्देशिका २०७४ आधारमा अनुसूची १ को ढाँचामा प्रस्तुत कार्यक्रम उच्च सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय कास्कीको आयोजनामा संचालन गरिएको थियो । अन्नुपूर्ण गाउँपालिका वडा नं.१० को कार्यालय घान्द्रुक कास्कीको प्राङ्गणमा अनुसूचीमा २ मा उल्लेख भए बमोजिम जनप्रतिनिधिहरु, विद्यालयका शिक्षकहरु, अभिभावक, कर्मचारीहरुको उपस्थितिमा संचालित कार्यक्रमको अध्यक्षता उच्च सरकारी वकील कार्यालय पोखराका सहन्याधयवक्ता श्री डा.गोपीचन्द्र भट्टराईले गर्नुभएको थियो । अन्नपूर्ण गाउँपालिका वडा नं. १० का वडा अध्यक्ष कुमार गुरुङको प्रमुख आतिथ्यतामा संचालित कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्दै उच्च सरकारी वकिल कार्यालय पोखराका उपन्यायाधिवक्ता श्री धर्मराज पौडेलले कार्यक्रमको उद्देश्य एवम आवश्यकताबारे प्रकाश पार्नुभएको थियो । यसै क्रममा उहाँले फौजदारी मुद्दा भन्नाले कस्ता प्रकृतिका मुद्दा हुन त्यस प्रकृतीका मुद्दाको कारबाही किनारा कसरी गरिन्छ भन्ने विषयमा प्रष्ट पार्नुभएको थियो ।

            उच्च सरकारी वकील कार्यालय पोखराका सहन्यायाधिकव्ता श्री डा.गोपीचन्द्र भट्टराईको अध्यक्षयतामा संचालित उक्त कार्यक्रममा मेश्रम बराह माध्यामिक विद्यालयका प्रधानाध्यापक श्री यम प्रसाद भण्डारी वडा नं. १० का वडा अध्यक्ष कुमार गुरुङ लगायतले समुदायस्तरमा संचालन हुने यस्ता कार्यक्रमले जनसमुदायमा कानुनी चेतना अभिवृद्दि गर्न सफल हुने बताउनुभएको थियो । उहाँहरुले यस्ता कार्यक्रम विभिन्न सत्रमा सबैले यथेष्ट जानकारी प्राप्त गर्न सक्ने गरेर सञ्चालन गर्नुपर्ने बताउनुभएको थियो । सहभागीहरुका अपेक्षा एवंम जिज्ञासाहरुको सम्बोधन गर्नुका साथै सरकारी वकील कार्यालयको भूमिका तथा सरकारवादी फौजदारी मुद्दाको सफलताको लागि जनसमुदायको सहयोग  जस्ता विषयमा जिल्ला न्यायाधिवक्ता श्री रुद्र प्रसाद सुवेदीले थप प्रष्ट पार्नुभएको थियो। गाँउघरमा हुने गरेको बालबिवाह र यसले पार्न गरेको असरको बारेमा सहभागिहरुले राखेको जिज्ञासाको विषयमा पनि सहभागिहरुलाई उचित परामर्श दिनुभएको थियो । बालबालिकाहरु माथि हुने अपराध एवंम हिंसा सहेर नबस्न तथा त्यस्ता घटनाको बारेमा समयमै अभिभावक तथा सम्बन्धित प्रहरी कार्यालय समक्ष जानकारी दिन विद्यार्थीहरुलाई सुझाव दिदै कार्यक्रमका अध्यक्ष सहन्यायाधिवक्ता डा. गोपीचन्द्र भट्टराईले  कार्यक्रमको आयोजनामा सहयोग गर्ने वडा अध्यक्ष कुमार गुरुङ तथा वडा परिवारलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments