यस कार्यालयका सहन्यायाधिवक्ता श्री यदुनाथ शर्मा ज्यूको संयोजकत्वमा सम्पन्न भएको समन्वय समितिको बैठकका निर्णयहरु:

samachar

2081-3-19


संलग्न जोडिएका विवरणहरु

मिति २०८० साल १० महिना १५ गते सोमबार बिहान ०८:०० बजे श्री उच्च सरकारी वकील कार्यालय पोखराका सहन्यायाधिवक्ता श्री यदुनाथ शर्माको संयोजक्तवमा समन्वय समितिको वैठक बसी अपराध अनुसन्धान तथा अभियोजन सम्बन्धमा विभिन्न निर्णय गरेको थियो । समन्वय समितिको उक्त वैठकमा जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी श्री वासुदेव घिमिरे, उच्च अदालत पोखराका रजिष्ट्रार श्री अच्युत कुँइकेल, प्रहरी नायव महानिरिक्षक श्री विकास राज खनाल, सह-प्रध्यापक डाक्टर श्री मदन बराल लगाएत अन्य जिम्मेवार निकायका प्रमुख तथा अधिकृतहरूको सहभागिता रहेको थियो । त्यसै गरी, मिति २०८१ आषाढ १६ गते सहन्यायाधिवक्ता श्री यदुनाथ शर्माको संयोजकत्वमा समन्वय समितिको बैठक वसी मुद्दाको अनुसन्धान, अभियोजन तथा प्रतिरक्षालाइ प्रभावकारी बनाउने सम्बन्धमा विभिन्न १४ वटा निर्णय गरेको छ । उक्त समन्वय समितिको वैठकमा सहन्यायाधिवक्ता यदुनाथ शर्मा लगाएत कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री भरतमणी पाण्डे, उच्च अदालत पोखराका रजिष्ट्रार श्री अच्युत कुँइकले, प्रहरी नायव महानिरिक्षक श्री दुर्गा सिंह, सह-प्रध्यापक डा. मदन बराल लगाएत अन्य जिम्मेवार निकायका कार्यालय प्रमुख तथा अधिकृत कर्मचारीहरूको उपस्थिति रहेको थियो । मिति २०८०/१०/१५ र मिति २०८१।०३।१६ गते भएका समन्वय समितिका बैठकका निर्णयहरू यसै साथ Upload गरिएका छन । download
समाचार

समुदायमा सरकारी वकील कार्यक्रम (२०८१/०३/२०)


यस कार्यालयका सहन्यायाधिवक्ता श्री यदुनाथ शर्मा ज्यूको संयोजकत्वमा सम्पन्न भएको समन्वय समितिको बैठकका निर्णयहरु:


उच्च सरकारी वकील कार्यालय, पोखरा र जिल्ला सरकारी वकील कार्यालय, कास्कीको संयुक्त आयोजनामा पोखरा महानगरपालिका वडा नं. २२ को सभाहलमा सञ्चालन भएको समुदायमा सरकारी वकील कार्यक्रम (२०८०/११/१४)


समन्वय समितिको बैठक (२०८०/०३/२५)


समन्वय समितको बैठक


समुदायमा सरकारी वकील कार्यक्रम उच्च सरकारी वकील कार्यालय पोखरा र जिल्ला सरकारी वकील कार्यालय कास्कीको संयुक्त कार्यक्रम सम्पन्न


CMS इन्ट्री


समन्वय समितको बैठक मिति २०७७/०९/१


zoom meeting


२०७७/८/२६ गतेको कर्मचारी बैठक