zoom meeting

samachar

2077-8-29

उच्च सरकारी वकील कार्यालय पोखराबाट चालु आ.२०७७/७८ लाई अभियोजन सुधार बर्षको रुपमा मनाउने  घोषणा गरे सँगै नेपाल सरकार वादी भई चल्ने मुद्दाहरुमा थप सफलता प्राप्त गर्ने उद्देश्य अनुरुप अभियोजन तथा पुनरावेदन  र कार्यालय व्यवस्थापनसँग सम्बन्धित अन्तरक्रिया कार्यक्रम  सरोकारवाला जिल्ला सरकारी वकीलहरुसँग सम्पन्न भएको छ ।

उच्च सरकारी वकील कार्यालय पोखराको आयोजनामा उ.स.व.का पोखरा मातहातका सरकारी वकीलहरुलाई लक्षित गरी अभियोजन तथा पुनरावेदन / निवेदन पत्र र कार्यालय व्यवस्थिपन कार्यक्रम मिति २०७७   मंसिर २९ गते सम्पन्न भयो । जुम सफ्टवेयर मार्फत सञ्चालन भएको उक्त अन्तरक्रिया  कार्यक्रमको  अध्यक्षता सहन्यायाधिवक्ता डा.गोपिचन्द्र भट्टराईज्यूले गर्नु भएको थियो  ।छलफलमा १८  जना सरकारी वकीलहरुको सहभागिता रहेको  थियो उक्त कार्यक्रममा मुद्दा व्यवस्थापन, कार्यालय सरसफाइ, पिडित मैत्री कक्ष व्यवस्थापन, कार्यलायको website update, CMS entry, Hello सक्षी  जस्ता कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउने कुराको निर्देशन सहन्यायाधिवक्ता डा.गोपिचन्द्र भट्टराईज्यूले दिनुभएको थियो

उक्त कार्यक्रममा जिल्ला न्यायाधिवक्ता श्री खिमानन्द गौतमज्यूबाट महान्यायाधिवक्ताको कार्यालयबाट भएको media plan को एकरुपता ल्याउन उच्च सरकारी वकिल कार्यालयबाट निर्देशन माग गर्नुभएको थियो।जिल्ला न्यायाधिवक्ता श्री बाबुराम अधिकारीज्यूबाट अभियोगपत्रमा चरी औलाको छापको अभियोग पत्रमा कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा जिज्ञासा राख्नुभएको थियो ।त्यस्तै गरी जिल्ला न्यायाधिवक्ता श्री रुद्र प्र. सुवेदी, श्री जिविनिधि पौडेल,श्री राम प्रसाद अधिकारी, श्री राम शर्मा र नि.जिल्ला न्यायाधिवक्ता केदार अधिकारी र सहायक जिल्ला न्यायाधिवक्ता विष्णु तिमिल्सिना बाट समेत कार्यक्रम राम्रो भएको र आगामी दिनहरुमा समेत निरन्तरता दिन सझाब दिनुभएको थियो। सहभागीहरुका जिज्ञासाहरु सहन्यायाधिवक्ता ज्यूले सम्बोधन गर्दै निर्देशन दिनुभएको थियो । कार्यक्रम सञ्चालन सहायका न्यायाधिवक्ता श्री स्वतन्त्र न्यौपानेबाट भएको थियो।

 


संलग्न जोडिएका विवरणहरु

No Attachments