समुदायमा सरकारी वकील कार्यक्रम (२०८१/०३/२०)

samachar

2081-3-22

मिति २०८१।०३।२० गते विहिवारका दिन उच्च सरकारी वकील कार्यालय पोखराको सभाहलमा, कास्की जिल्ला पोखरा महा नगरपालिकाका अन्तरगरत रहेको श्री माछापुच्छ्रे महिला क्लव तथा अन्य समाजसेवी महिला दिदिवहिनिहरूको उपस्थितिमा, विशेषतः महिला हिंसा संग सम्बन्धित विषयमा प्रशिक्षण प्रदान गर्ने गरी समुदायमा सरकारी वकील कार्यक्रम संचालन गरियो । उक्त कार्यक्रम उच्च सरकारी वकील कार्यालय पोखराका सह न्यायाधिवक्ता यदुनाथ शर्माको अध्यक्षतामा भएको र सो कार्यक्रममा सह न्यायाधिवक्ता स्वयं, उच्च सरकारी वकील कार्यालय पोखराका उप न्यायाधिवक्ता श्री धर्मराज पौडेल, कास्की जिल्लाका जिल्ला न्यायाधिवक्ता श्री गोपाल प्रसाद ढकाल, कास्की जिल्लाका प्रहरी उपरिक्षक श्री मोहन थापा बाट सम्वन्धित विषयमा सहभागिहरूलाइ प्रशिक्षण प्रदान भएको र सहभागिहरूबाट प्राप्त जिज्ञासाहरू सम्बोधन भएका थिए । कार्यक्रम तथा प्रशिक्षणका बारेमा सहभागी महिला दिदिवहिनिहरूबाट अत्यन्तै सर्हाना सहीत धन्यवाद प्रदान गर्नु भयो र पुनः यस प्रकारका कार्यक्रम गरी वढि भन्दा वढी महिला दिदि वहिनिहरूलाइ सहभागी गराइदिन अनुरोध गर्नु भएको थियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments
समाचार

समुदायमा सरकारी वकील कार्यक्रम (२०८१/०३/२०)


यस कार्यालयका सहन्यायाधिवक्ता श्री यदुनाथ शर्मा ज्यूको संयोजकत्वमा सम्पन्न भएको समन्वय समितिको बैठकका निर्णयहरु:


उच्च सरकारी वकील कार्यालय, पोखरा र जिल्ला सरकारी वकील कार्यालय, कास्कीको संयुक्त आयोजनामा पोखरा महानगरपालिका वडा नं. २२ को सभाहलमा सञ्चालन भएको समुदायमा सरकारी वकील कार्यक्रम (२०८०/११/१४)


समन्वय समितिको बैठक (२०८०/०३/२५)


समन्वय समितको बैठक


समुदायमा सरकारी वकील कार्यक्रम उच्च सरकारी वकील कार्यालय पोखरा र जिल्ला सरकारी वकील कार्यालय कास्कीको संयुक्त कार्यक्रम सम्पन्न


CMS इन्ट्री


समन्वय समितको बैठक मिति २०७७/०९/१


zoom meeting


२०७७/८/२६ गतेको कर्मचारी बैठक