समन्वय समितको बैठक

samachar

2078-8-5

         

 

मिति २०७८/७/२६ गते शुक्रबार उच्च सरकारी वकील कार्यालय, पोखराका सहन्यायाधिवक्ता ईश्वरीप्रसाद ढकाल ज्यूको संयोजकत्वमा समन्वय समितिको बैठक बसि सरकारवादी मुद्दाको अनुसन्धान, अभियोजन तथा बहस पैरवी र प्रतिरक्षा प्रभावकारी बनाउन विभिन्न निर्णयहरु गरियो । उल्लेखित बैठकमा समितिका सदस्यहरु प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, प्रहरी उपरिक्षक राजिव बहादुर बस्नेत, सदस्य सचिव उपन्यायाधिवक्ता गोविन्द गिरी र आमन्त्रित सदस्यहरु रजिष्ट्रार श्रीलाल पौडेल, जिल्ला न्यायाधिवक्ता रुद्र प्रसाद सुवेदी, उपन्यायाधिवक्ता धर्मराज पौडेल, जिल्ला न्यायाधिवक्ता खिमानन्द गौतम, नापि अधिकृत शोभा आचार्य, प्रमुख जेलर काजिमान सुनार र सहायक न्यायाधिवक्ता अमृत सुवेदीको उपस्थिति रहेको थियो । उक्त बैठकमा नेपाल सरकारको हक हित र सरोकार निहित रहेका मुद्दाहरुमा नेपाल सरकारको तर्फबाट प्रभावकारी रुपमा प्रतिरक्षा गर्न, अदालतबाट अन्तरिम आदेशको लागि तोकिएको पेशी अगावै सम्बन्धित निकायबाट मुद्दासँग सम्बन्धित तथ्यगत विवरणको बारेमा उच्च सरकारी वकील कार्यालयमा जानकारी गराउने, मुद्दाको गाम्भिर्यता र आवश्यकताको आधारमा सम्बन्धित निकायका जिम्मेवार व्यक्तिको उपस्थिति समेतलाई जोड दिने, नेपाल सरकारलाई विपक्षी बनाई परेका रिट निवेदनहरुमा सम्बन्धित सरकारी कार्यालयबाट उच्च सरकारी वकील कार्यालय मार्फत अदालतमा लिखित जवाफ पेश गर्दा सो संग सम्बद्ध कानूनी व्यवस्था स्पष्ट रुपमा उल्लेख गर्ने, साथै प्राप्त प्रमाणहरु समेत अनिवार्य रुपमा संलग्न गरी पठाउनु पर्ने, अनुसन्धानकर्ता प्रहरी अधिकृतले तामेली मिसिलहरु समयमा नै अनुसन्धान गर्नुपर्ने समेतका बिषयमा छलफल भयो । उल्लेखित निर्णयको जानकारी सम्बन्धित सरोकारवालाहरुलाई दिने समेतको निर्णय गरि उक्त समन्वय समितीको बैठकको समापन भएको थियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments
समाचार

समुदायमा सरकारी वकील कार्यक्रम (२०८१/०३/२०)


यस कार्यालयका सहन्यायाधिवक्ता श्री यदुनाथ शर्मा ज्यूको संयोजकत्वमा सम्पन्न भएको समन्वय समितिको बैठकका निर्णयहरु:


उच्च सरकारी वकील कार्यालय, पोखरा र जिल्ला सरकारी वकील कार्यालय, कास्कीको संयुक्त आयोजनामा पोखरा महानगरपालिका वडा नं. २२ को सभाहलमा सञ्चालन भएको समुदायमा सरकारी वकील कार्यक्रम (२०८०/११/१४)


समन्वय समितिको बैठक (२०८०/०३/२५)


समन्वय समितको बैठक


समुदायमा सरकारी वकील कार्यक्रम उच्च सरकारी वकील कार्यालय पोखरा र जिल्ला सरकारी वकील कार्यालय कास्कीको संयुक्त कार्यक्रम सम्पन्न


CMS इन्ट्री


समन्वय समितको बैठक मिति २०७७/०९/१


zoom meeting


२०७७/८/२६ गतेको कर्मचारी बैठक