समन्वय समितिको बैठक (२०८०/०३/२५)

samachar

2080-4-15


संलग्न जोडिएका विवरणहरु

मिति २०८०/०३/२५ गते सोमबार बिहान ८:०० बजे श्री उच्च सरकारी वकील कार्यालय पोखराका सह-न्यायाधिवक्ता श्री नारायण बहादुर थापा ज्यूको संयोजकत्वमा समन्वय समितिको बैठक बसी सरकारवादी मुद्दाको अनुसन्धान , अभियोजन तथा बहस पैरवी र प्रतिरक्षालाई प्रभावकारी बनाउन विभिन्न निर्णयहरु गरियो । उल्लेखित बैठकमा समितिका सदस्यहरु कास्कीका प्रमुख जिल्ला अधिकारी श्री बासुदेव घिमिरे, गण्डकी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक श्री बुद्धिराज गुरुङ, उच्च सरकारी वकील कार्यालय पोखराका उपन्यायाधिवक्ता (सदस्य-सचिव) श्री रामप्रसाद अधिकारी र आमन्त्रित सदस्यहरु जिल्ला सरकारी वकील कार्यालयका जिल्ला न्यायाधिवक्ता श्री गोपाल प्रसाद ढकाल र जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब निरीक्षक श्री श्रवण कुमार वि.क. को उपस्थितिमा देहाय बमोजिमको निर्णयहरु भएको थियो । १. प्रहरीले सरकारी पक्षको साक्षी गवाहलाई तोकिएको दिनमा उपस्थित गराउन नसकेको अवस्थामा, उपस्थित गराउन नसक्नाको कारण खोली कसूरको अनुसन्धान सम्बन्धी नियमावली, २०७५ को अनुसुची १९ बमोजिमको निर्दिष्ट ढाँचामा मुचुल्का तयार गरी सम्बन्धित सरकारी वकील कार्यालयमा पेश गर्ने व्यवस्था मिलाउने । २. सजायमा छुट दिने मागदावी सम्बन्धी निर्देशिका, २०८० बमोजिम अनुसन्धानको प्रकृयामा जटिल भएका मुद्दाहरुमा यसको कार्यान्वयन गर्न शुरुवात गरी निरन्तर प्रयास गर्ने गराउने । ३. बैकिङ कसूर र साईबर क्राईम सम्बन्धी मुद्दाको अनुसन्धान र अभियोजन सम्बन्धित जिल्लामा हुने तथा मुद्दा दायर समेत सम्बन्धित जिल्ला अदालतमा हुने भएको छ । साथै Cyber Crime कसूरको अनुसन्धानमा भौतिक प्रमाण महत्वपूर्ण हुने हुँदा, अनुसन्धानमा भौतिक प्रमाण संकलन, मुचुल्का, परीक्षण, सम्बन्धमा व्यापक छलफल गरी प्रभावकारी अनुसन्धान गर्न जिल्ला समन्वय समितिलाई निर्देशन दिने । ४. बकपत्र गराउँदा सरकारी वकीलले मुद्दाको प्रकृति, मुद्दाबाट सिर्जना हुने सम्भावित परिणाम, मुद्दाको प्रमाणबाट कमजोर पक्ष समेत वताउने जसले गर्दा पीडित जाहेरवालालाई आफूले मुद्दामा हारजीत हुँदा समेत चित्त बुझाउन मद्दत हुने हुँदा साक्षीहरुलाई बकपत्र गराउन पूर्व आवश्यक परामर्श गर्ने गराउने व्यवस्थालाई प्रभावकारी बनाउने । साथै उल्लेखित निर्णयहरुको जानकारी सम्बन्धित सरोकारवालाहरुलाई दिने समेतको निर्णय गरी उक्त समन्वय समितिको बैठकको समापन भएको थियो । download