पोखरा महानगरपालिका ९ स्थित नवप्रभात मा.वि. मा समुदायमा सरकारी वकील र प्रहरी साझेदारी कार्यक्रम सम्पन्न

samachar

2076-8-5

अन्तर्राष्ट्रिय बाल अधिकार दिवस(२० नोभेम्बर) को अवसरमा मिति २०७६।०८।०४ गते उच्च सरकारी वकील कार्यालय पोखरा, जिल्ला सरकारी वकील कार्यालय कास्की र जिल्ला प्रहरी कार्यालय कास्कीको संयुक्त आयोजनामा पोखरा ९ नयाँबजारस्थित श्री नवप्रभात माध्यमिक विद्यालयमा समुदायमा सरकारी वकील र प्रहरी साझेदारी कार्यक्रम सम्म‍न्न भएको छ । देशभरका ७७ जिल्लामा नै संयुक्त रुपमा कार्यक्रम संचालन गर्ने निर्देशनबमोजिम संचालित उक्त कार्यक्रममा विद्यालयका विद्यार्थीहरु, जनप्रतिनिधिहरु, शिक्षक, कर्मचारी, पत्रकार लगायतको उपस्थिति रहेको थियो । उच्च सरकारी वकील कार्यालय पोखराका निमित्त सहन्यायाधिवक्ता श्री प्रतिमाकुमारी भट्टराइको अध्यक्षतामा संचालित उक्त कार्यक्रममा जिल्ला  सरकारी वकील कार्यालयका जिल्ला न्यायाधिवक्ता श्री गुरुप्रसाद वाग्ले, उच्च सरकारी वकील कार्यालय पोखराका उपन्यायाधिवक्ता श्री प्रेमराज पौडेल, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक श्री दानबहादुर कार्की र जिल्ला प्रहरी कार्यालय प्रहरी निरीक्षक श्री कृष्ण बस्यालले सरकारी वकील एवम् प्रहरीको काम कर्तव्य एवम् भूमिका, बालअधिकार, साइबर अपराध, बालबालिकाउपर हुने अपराध एवम् हिंसा, अपराध अनुसन्धानमा प्रहरी एवम् समुदाय र विद्यार्थीहरुको भूमिका लगायतका विषयमा आफ्नो प्रस्तुति राख्ननुभएको थियो । कार्यक्रममा बोल्दै निमित्त सहन्यायाधिवक्ता प्रतिमाकुमारी भट्टराइले बालबालिकाहरुमाथि हुने अपराध एवम् हिंसा सहेर नबस्न तथा त्यस्ता घटनाको बारेमा समयमै अभिभावक तथा सम्बन्धित प्रहरी कार्यालय समक्ष जानकारी दिनुपर्ने बताउनुभएको थियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments
समाचार

समुदायमा सरकारी वकील कार्यक्रम (२०८१/०३/२०)


यस कार्यालयका सहन्यायाधिवक्ता श्री यदुनाथ शर्मा ज्यूको संयोजकत्वमा सम्पन्न भएको समन्वय समितिको बैठकका निर्णयहरु:


उच्च सरकारी वकील कार्यालय, पोखरा र जिल्ला सरकारी वकील कार्यालय, कास्कीको संयुक्त आयोजनामा पोखरा महानगरपालिका वडा नं. २२ को सभाहलमा सञ्चालन भएको समुदायमा सरकारी वकील कार्यक्रम (२०८०/११/१४)


समन्वय समितिको बैठक (२०८०/०३/२५)


समन्वय समितको बैठक


समुदायमा सरकारी वकील कार्यक्रम उच्च सरकारी वकील कार्यालय पोखरा र जिल्ला सरकारी वकील कार्यालय कास्कीको संयुक्त कार्यक्रम सम्पन्न


CMS इन्ट्री


समन्वय समितको बैठक मिति २०७७/०९/१


zoom meeting


२०७७/८/२६ गतेको कर्मचारी बैठक