2077-5-22
निजामती सेवा दिवस २०७७ को अवसरमा आयोजित एक कार्यक्रमका बीच उच्च सरकारी वकील कार्यालय पोखरा र मातहतका जिल्ला सरकारी वकील कार्यालयहरुमा कार्यरत उत्कृष्ट सरकारी वकील तथा कर्मचारीहरुलाई सम्मान गरिएको छ । उच्च सरकारी वकील कार्यालय पोखराको आयोजनामा संचालित उक्त कार्यक्रममा जिल्ला सरकारी वकील कार्यालय कास्कीका जिल्ला न्यायधिवक्ता श्री गुरुप्रसाद वाग्ले र सहायक जिल्ला न्यायाधिवक्ता श्री पूर्णप्रसाद शर्मालाई उत्कृष्ट सरकारी वकीलको रुपमा सम्मान गरिएको हो भने उच्च सरकारी वकील कार्यालय पोखरामा कार्यरत नायब सुब्बा श्री भुवन प्रसाद दाहाल, जिल्ला सरकारी वकील कार्यालय स्याङ्जामा कार्यरत नायब सुब्बा श्री दिव्यज्योति खनाल र जिल्ला सरकारी वकील कार्यालय तनुहुँमा कार्यरत खरिदार श्री राधिका ढकाल उत्कृष्ट कर्मचारीको रुपमा सम्मानित हुनुभएको थियो ।
कोभिड 19 को महामारीको बीचमा जुम मिटिङको माध्यमबाट संचालित उक्त कार्यक्रममा उच्च सरकारी वकील कार्यालय पोखरा मातहतका ७ वटा जिल्ला सरकारी वकील कार्यालयका कार्यालय प्रमुखहरु भर्चुअल रुपमा जोडिएका थिए । कार्यक्रममा सहभागीहरुलाइ स्वागत गर्दै उच्च सरकारी वकील कार्यालय पोखराका उपन्यायाधिवक्ता श्री प्रतिमा कुमारी भट्टराईले सम्मानित सरकारी वकीलहरु र कर्मचारीहरुलाई बधाई ज्ञापन गर्दै आगामी दिनमा यस्ता कार्यक्रमहरुको निरन्तरताको अपेक्षा गर्नुभयो । यसै गरी सम्मानित हुने सरकारी वकील तथा कर्मचारीहरुको तर्फबाट मन्तव्य राख्दै जिल्ला सरकारी वकील कार्यालय कास्कीका जिल्ला न्यायाधिवक्ता श्री गुरुप्रसाद वाग्लेले सम्मानले आफूलाई आगामी दिनमा कार्यसम्पादनमा थप उर्जा मिलेको बताउँदै कर्मचारीहरुले संगठनको उद्देश्य प्राप्तिका लागि पदीय जिम्मेवारी वहन गर्नुपर्नेमा जोड दिनुभयो । कर्मचारीहरुको मनोबल उच्च पार्दै उनीहरुको कार्यसम्पादनमा थप उर्जा थप्नका लागि यसै वर्षबाट उच्च सरकारी वकील कार्यालय तहमा यस्तो खालको कार्यक्रमको सुरुवात गरिएको उच्च सरकारी वकील कार्यालय पोखराका सहन्यायाधिवक्ता श्री घनश्याम ओझाले बताउनु भयो । सहायक न्यायाधिवक्ता श्री नारायण आचार्यले संचालन गर्नुभएको उक्त कार्यक्रममा उच्च सरकारी वकील कार्यालय पोखरा र जिल्ला सरकारी वकील कार्यालय कास्कीका कर्मचारीहरुको समेत उपस्थिति थियो ।
समन्वय समितको बैठक
समुदायमा सरकारी वकील कार्यक्रम उच्च सरकारी वकील कार्यालय पोखरा र जिल्ला सरकारी वकील कार्यालय कास्कीको संयुक्त कार्यक्रम सम्पन्न
CMS इन्ट्री
समन्वय समितको बैठक मिति २०७७/०९/१
zoom meeting
२०७७/८/२६ गतेको कर्मचारी बैठक
डा. गोपीचन्द्र भट्टराईबाट जिल्ला सरकारी वकील कार्यालय स्याङ्जा निरीक्षण
उत्कृष्ट सरकारी वकील तथा कर्मचारीहरु सम्मानित
पोखरा महानगरपालिका ९ स्थित नवप्रभात मा.वि. मा समुदायमा सरकारी वकील र प्रहरी साझेदारी कार्यक्रम सम्पन्न