• यहाँहरुलाई जिल्ला सरकारी वकील कार्यालय धादिङ हार्दिक स्वागत गर्दछ । काम कारवाहीको सम्बन्धमा कुनै सल्लाह, सुझाव, जिज्ञासा वा गुनासो भए जिल्ला सरकारी वकील कार्यालय धादिङको फोन नं. ०१०-५२०१०८ वा कार्यालयको ईमेल: dgao.dhading@ag.gov.np मा सम्पर्क गर्नहुन अुनरोध छ ।

परिचय

नेपालको पहिलो लिखित संविधानको रुपमा रहेको नेपाल सरकार वैधानिक कानून, २००४ को  धारा १२ (क) मा  कानूनी विषयमा समय समयमा सरकारलाई आवश्यक परेको  राय सल्लाह पेश गर्न प्रधान कानूनी सल्लाहकारको रुपमा श्री ३ महाराजबाट नियुक्ति हुने भन्ने संवैधानिक व्यवस्थाबाट आफ्नो ऐतिहासिक विकासको यात्रा तय  गरेको सरकारी वकिलले त्यस पछिका  विभिन्न काल खण्ड र समयमा कहिले कार्यकारणी आदेशबाट त कहिले संवैधानिक हैसियत प्राप्त गरी काम गर्दै आउने सन्दर्भमा हालको अवस्थामा आईपुग्दा  संवैधानिक रुपमा नेपाल सरकारको मुख्य कानूनी सल्लाहकारको रुपमा रही नेपाल सरकार र नेपाल सरकारले तोकिदिएको अन्य अधिकारीलाई संवैधानिक एवं कानूनी विषयमा राय सल्लाह दिने, नेपाल सरकारको हक हित वा सरोकार निहित रहेको मुद्दामा नेपाल सरकारको प्रतिनिधित्व गर्ने, संविधानमा अन्यथा व्यवस्था भएकोमा बाहेक नेपाल सरकारको तर्फबाट मुद्दा चल्ने वा नचल्ने भन्ने कुराको अन्तिम निर्णय गर्ने, नेपाल सरकार वादी वा प्रतिवादी भई दायर भएका मुद्धा मामिलामा नेपाल सरकारको तर्फवाट प्रतिरक्षा गर्ने, हिरासतमा रहेको व्यक्तिलाई मानवोचित व्यवहार भए नभएको सम्वन्धमा अनुगमन गरी सम्वन्धित अधिकारीलाई निर्देशन दिने समेतका कार्यहरु गर्ने संवैधानिक दायित्व र भूमिकामा महान्यायाधिवक्तालाई संविधानले राखेको छ ।

संवैधानिक र  कानूनी  हैसियतबाट ७ दशकको यात्रा पार गरी सकेको सरकारी वकीलहरुको संगठन संरचनालाई  हेर्दा  केन्द्रमा महान्यायाधिवक्ताको कार्यालय, १८ वटा उच्च सरकारी वकिल कार्यालयहरु, १ बटा विशेष सरकारी  वकिल  कार्यालय र ७७ जिल्लामा ७७ वटा जिल्ला सरकारी वकील कार्यालयहरु रहेकोमा यस जिल्ला सरकारी वकील कार्यालय ७७ जिल्ला मध्येको एक हो । यस जिल्ला सरकारी वकील कार्यालयको स्थापना वि.सं. २०४२ सालमा भएको हो । धादिङ जिल्लाको सदरमुकाम धादिङवेशी स्थित नीलकण्ठ नगरपालिका वडा नं ३ मा अवस्थित यस कार्यालयको जम्मा २ रोपनी क्षेत्रफल जग्गा रहेकोमा सो  भित्र कार्यालय भवन र कर्मचारी निवास अलग अलग रहेको छ । जिल्ला न्यायाधिवक्ता(रा.प. द्वितीय) १, सहायक जिल्ला न्यायाधिवक्ता(रा.प. तृतीय) २, नायब सुब्बा(रा.प.अनं. प्रथम) २, कम्प्युटर अपरेटर (रा.प.अंन.प्रथम प्राविधिक) १सहायक कम्प्युटर अपरेटर(रा.प.अनं. द्वितीय प्राविधिक) १हलुका सवारी चालक १ र कार्यालय सहयोगी ३ गरी कूल ११ दरबन्दी रहेकोमा हाल ९ जना कर्मचारीहरु कार्यरत रहेका छन् । मिति २०७६ असार ३० गते माननीय महान्यायाधिवक्ताज्यूबाट यस सरकारी वकील कार्यालयलाई नमुना सरकारी वकील कार्यालयको रुपमा विकास गर्ने उदघोष भएकोमा महान्यायाधिवक्ताको कार्यालयको व्यवस्थापन समितिको बैठक समेतबाट निर्णय भई नमुना सरकारी वकील कार्यालयको रुपमा यस कार्यालयले आफ्नो जिम्मेवारी वहन गरी आएको छ ।

 


समुदायमा सरकारी वकिल कार्यक्रम सुसम्पन्न- २०७९ (२०७९।०२।२०)


समुदायमा सरकारी वकील कार्यक्रम-२०७८।०८।२४


समुदायमा सरकारी वकील कार्यक्रम -२०७८ (२०७८।०७।१२)


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न-२०७७ (२०७७-१०-२१)


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न-२०७७(२०७७-०८-१९)


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न-मिति २०७६।०८।०४


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न-(२०७६।०८।०४)


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न





कार्यालय परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न।


नवनिर्मित कार्यालय भवनबाट सेवा प्रवाह शुरु


माननीय महान्यायाधिवक्ताज्यूबाट नवनिर्मित कार्यालय भवनको समुद्घाटन


Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Nihil odit magnam minima, soluta doloribus reiciendis molestiae placeat unde eos molestias. Quisquam aperiam, pariatur. Tempora, placeat ratione porro voluptate odit minima.

Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Nihil odit magnam minima, soluta doloribus reiciendis molestiae placeat unde eos molestias. Quisquam aperiam, pariatur. Tempora, placeat ratione porro voluptate odit minima.

जिल्ला न्यायाधिवक्ता

दशरथ पंगेनी

सहायक जिल्ला न्यायाधिवक्ता /सूचना अधिकारी

रविन्द्र कुमार श्रेष्ठ

सहायक जिल्ला न्यायाधिवक्ता

चेतबहादुर जि.सी.