समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न-२०७७(२०७७-०८-१९)

samachar

2077-9-27

धादिङ , मंसिर -१९ गते:

"समुदायमा सरकारी वकील २०७७”

पृष्‍ठभूमी

          महान्यायाधिवक्ताको कार्यालयको रणनीतिक योजना अन्तर्गत वार्षिक क्रियाकलाप अन्तर्गत रही महान्यायाधिवक्ताको कार्यालयबाट स्वीकृत कार्यक्रम समुदायमा सरकारी वकील कार्यक्रम अन्तर्गत लैङ्गिक हिंसा र जवरजस्ती करणी सम्बन्धी कानूनी व्यवस्था विषयक अन्तरक्रिया कार्यक्रम यस जिल्ला सरकारी वकील कार्यलय धादिङको आयोजनामा मिति २०७७।०८।१९ गते अनलाईन मार्फत सम्पन्न गरियो ।

       सो कार्यक्रम करिब तिन घण्टा सम्म संचालन भएको थियो । प्रमुख जिल्ला अधिकारी श्री पुण्य विक्रम पौडेलबाट औपचारीक रुपमा सुरुवात भएको उक्त कार्यक्रममा जिल्ला न्यायाधिवक्ता खेमराज पाठक, सहायक जिल्ला अधिकारी श्री रुद्र बहादुर मल्ल, प्रहरी निरिक्षक श्री जयन्ती थापा, नेत्रावती गाँउपालिकाको उपाध्यक्ष श्री उर्मिला तामाङ, रुवि भ्यालि गाँउपालिकाको उपाध्यक्ष श्री विना लामा, गल्छी गाँउपालिकाको उपाध्यक्ष श्री राधा तिमिल्सिना, सहयात्री समाजका प्रतिनिधी श्री राधिका सापकोटा, ,पत्रकार महासंघका नवराज छत्कुली लगायतका व्यक्तित्वहरुको गरिमामय उपस्थिति रहेको थियो ।

"लैङ्गिक हिंसा र जवरजस्ती करणी सम्बन्धी कानुनी व्यवस्था" तथा उक्त मुद्दाहरुमा सर्वसाधरण तथा जनप्रतिनिधीहरुको भूमिका विषयमा सहायक जिल्ला न्यायाधिवक्ता भावना खतिवडाले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यपत्र प्रस्तुति पश्चात कार्यक्रममा उपस्थित व्यक्तित्वहरुले जिज्ञासा राख्नु भएकोमा ती जिज्ञासाहरुको सम्बोधन सहायक जिल्ला न्यायाधिवक्ता भावना खतिवडा र धादिङका जिल्ला न्यायाधिवक्ता श्री खेमराज पाठकले गर्नु भएको थियो ।

 

 


संलग्न जोडिएका विवरणहरु

No Attachments
समाचार

मिति २०८२/०४/२९ गते महान्यायाधिवक्ताको कार्यालयबाट आयोजित समुदायमा सरकारी वकिल एवम् कानुनी सचेतना कार्यक्रममा सहभागिता जनाइएको।


धादिङ जिल्लामा सरुवा भई आउनुभएका मा.जि.न्या. श्री राम प्रसाद शर्मा, प्र.जि.अ. श्री विजयराज सुवेदी,श्रेस्तेदार श्री राजेन्द्र लुँईटेल, प्रहरी उपरीक्षक श्री भेषराज रिजाल र कारागार प्रमुख श्री सरस्वती अधिकारीलाई जिल्ला सरकारी वकील कार्यालयमा स्वागत कार्यक्रम सम्पन्न।


समुदायमा सरकारी वकील(कानूनी सचेतना) कार्यक्रम निलकण्ठ बालमन्दिर मा.वि. धादिङबेशी मा सु-सम्पन्न- मिति २०८२।०३।१८


मिति २०८२।०३।०६ गते रानिपौवा मा.वि. सल्यानटारमा समुदायमा सरकारी वकिल (कानूनी सचेतना कार्यक्रम) सम्पन्न गरियो।


मिति २०८२/०२/२७ गते समन्वय समितिको बैठक सम्पन्न


समुदायमा सरकारी वकिल कार्यक्रम सुसम्पन्न- २०७९ (२०७९।०२।२०)


समुदायमा सरकारी वकील कार्यक्रम-२०७८।०८।२४


समुदायमा सरकारी वकील कार्यक्रम -२०७८ (२०७८।०७।१२)


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न-२०७७ (२०७७-१०-२१)


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न-२०७७(२०७७-०८-१९)