समुदायमा सरकारी वकिल कार्यक्रम सुसम्पन्न- २०७९ (२०७९।०२।२०)

samachar

2079-3-3

 

"समुदायमा सरकारी वकील कार्यक्रम २०७९”

 

पृष्‍ठभूमी

      महान्यायाधिवक्ताको कार्यालयको रणनीतिक योजना अन्तर्गत बार्षिक क्रियाकलाप अन्तर्गत रही महान्यायाधिवक्ताको कार्यालयबाट स्वीकृत समुदायमा सरकारी वकील कार्यक्रम यहि मिति २०७९।०२।२० गते धादिङ जिल्ला नीलकण्ठ नगरपालिका वडा नं.-१२ दामगाडे स्थित श्री पशुपति माध्यामिक विद्यालयको भवनमा सु-सम्पन्न गरियो ।

 

       सो कार्यक्रम करिब ३:०० घण्टा सम्म संचालन भएको थियो जिल्ला सरकारी वकील कार्यालय धादिङका जिल्ला न्यायाधिवक्ता श्री प्रतिमा कुमारी भट्टराई पोखरेलले कार्यक्रमको उद्धेश्य र महत्वमाथि प्रकाश पार्नुभयो । कार्यक्रमको स्वागत मन्तव्य नायब सुब्बा श्री जितेन्द्र कार्कीबाट भएकोमा सो कार्यक्रमको उद्घोषण सहायक जिल्ला न्यायाधिवक्ता श्री प्रकाश सुवेदीबाट भएको थियो । कार्यक्रममा विशेष अतिथीको रुपमा नीलकण्ठ नगरपालिका वडा नं.-१२ का वडा अध्यक्ष धर्मराज भण्डारीको उपस्थीती रहेको थियो भने उक्त कार्यक्रममा जिल्ला सरकारी वकील कार्यालयका अन्य कर्मचारीहरुको समेत सहभागिता रहेको थियो । उक्त कार्यक्रममा पशुपति माध्यामिक विद्यालयका प्रधानाध्यापक श्री धर्मराज भण्डारी, शिक्षक श्री सानु कुमाल , समाजसेवी काजीमान रोक्का, लगायत स्थानीय मानिसहरुको समेत गरिमामय उपस्थिति रह्यो।

 

कार्यक्रमको विषयको कार्यपत्र जिल्ला न्यायधिवक्ता श्री प्रतिमा कुमारी भट्टराईले प्रस्तुत गर्नु भएकोमा कार्यपत्र प्रस्तुति पश्चात कार्यक्रममा उपस्थित व्यक्तित्वहरुले जिज्ञासा राख्नु भएकोमा ती जिज्ञासाहरुको सम्बोधन जिल्ला न्यायाधिवक्ता श्री प्रतिमा कुमारी भट्टराई तथा तथा सहायक जिल्ला न्यायाधिवक्ता श्री प्रकाश सुवेदीले गर्नुभएको थियो । सरकारी वकीलको परिचय, आवश्यकता, सरकारी वकील कार्यालयको सांगठनिक संरचना, जनशक्ति संचना, अपराध अनुसन्धान गर्दा पालना गर्नुपर्ने मुख्य सिद्धान्तहरु, कसुरको सूचना सम्बन्धी व्यवस्था र यसमा सरकारी वकीलको भूमिका, मुद्दाको प्रकार ,फौजदारी मुद्दाको प्रकृति, मुद्दामा अनुसन्धानको प्रक्रिया, कसुर सम्बन्धी सूचना तथा सरकारी वकीलको भूमिका, थुनछेक धरौटी तथा जमानत सम्बन्धी व्यवस्था, धरौट जमानत वा बैङ्क जमानतको दर तोक्ने आधार, फैसला, सजायका प्रकार लगायत विषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो । 

   

उक्त कार्यक्रममा सहभागिता जनाउनु भएका स्थानीय मानिसहरुले आफुलाई लागेका जिज्ञासाहरु सोध्ने र जवाफ प्राप्त गर्ने (सवाल/जवाफ) प्रश्नोत्तरको कार्य समेत सम्पन्न गरिएको थियो । उपस्थीत व्यक्ति ईश्वरी राउतले दुवै पक्षहरु (पीडित र प्रतिवादी) मा पीडित पक्षले न्यायप्राप्त गर्न के-कस्ता प्रक्रियाहरु अवलम्बन गर्नुपर्छ ? त्यस्तै काजीमान रोक्काले  समुदायमा सरकारी वकील कार्यक्रम कहाँ –कहाँ सञ्चालन हुन्छ ? गाउँमा पीडित भएका मानिसहरुले के-कहाँ कसरी सम्पर्क गरेर न्याय प्राप्त गर्न सक्दछन् ? पीडितको तर्फबाट पनि न्याय प्राप्तिको लागि कुनै शुल्क तिर्नुपर्छ कि भनी जिज्ञासा राखेका थिए । त्यस्तै उपस्थित सुनिता अधिकारीको प्रश्न छिमेकमा एक जना मानिसले रक्सी खाएर श्रीमतीलाई कुटपिट गर्ने गरेकोमा पछि उ आफैले कोठामा झुण्डिएर आत्महत्या गर्‍यो । प्रहरी टोलीबाट घटनाको लाश जाँच मुचुल्का समेत भयो । अवको कानूनी प्रक्रिया के-कस्तो हुन्छ ? लगायतका जिज्ञासा उपस्थित स्थानीय मानिसहरुबाट प्राप्त भएको थियो । सो जिज्ञासाहरुको क्रमैसँग जिल्ला न्यायाधिवक्ता तथा सहायक जिल्ला न्यायाधिवक्ताबाट स्पष्ट पारी जिज्ञासाको सम्बोधन गरी प्रष्ट पार्ने काम भएको थियो ।   

 

उपस्थित सरोकारवालाहरु मध्ये नीलकण्ठ नगरपालिका वडा नं. १२ का वडाअध्यक्ष श्री धर्मराज भण्डारी, महिला वडा सदस्य श्री सानुमाया राउत लगायतका व्यक्तिहरुबाट कार्यक्रमको प्रभावकारिता बारेमा आ-आफ्नो मन्तव्य राख्नुभएको साथै यस प्रकारका कार्यक्रमबाट आम सर्व साधारण नागरिक तथा समुदायमा कानूनको विषयमा सचेतना जागृत हुने, समाजलाई उन्नतीशील र समृद्ध बनाउनको सहयोगी भूमिका खेल्ने तथा समाजमा अपराध न्युनिकरण र स्वस्थ समुन्नत सौहार्द सहयोगी समाज निर्माणको लागि यस प्रकारको कार्यक्रमले कोशेढुंगा सावित हुने भनी आ-आफ्नो मन्तव्य राखि आयोजकलाई धन्यवाद दिनुभयो र आगामी दिनहरुमा समेत यस्ता कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्न आग्रह र अनुरोध गर्दै सरकारी वकील कार्यालयलाई सदैव सहयोग र समन्वय गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments