समुदायमा सरकारी वकील कार्यक्रम-२०७८।०८।२४

samachar

2078-9-1

 

 

 

"समुदायमा सरकारी वकील कार्यक्रम २०७८”

 

पृष्‍ठभूमी

      महान्यायाधिवक्ताको कार्यालयको रणनीतिक योजना अन्तर्गत बार्षिक क्रियाकलाप अन्तर्गत रही महान्यायाधिवक्ताको कार्यालयबाट स्वीकृत कार्यक्रम समुदायमा सरकारी वकील कार्यक्रम मिति २०७८।०८।२४ गते धादिङ जिल्ला बेनीघाट रोराङ गाउँपालिका वडा नं. २ को वडा कार्यालयको भवनमा जिल्ला सरकारी वकील कार्यालय धादिङ र धादिङ जिल्ला अदालतबाट संयुक्त रुपमा कार्यक्रम सु-सम्पन गरियो ।

       सो कार्यक्रम करिब ३:३० घण्टा सम्म संचालन भएको थियो जिल्ला सरकारी वकील कार्यालय धादिङका जिल्ला न्यायाधिवक्ता श्री खेमराज पाठकबाट कार्यक्रमको उद्धेश्य र महत्वमाथि प्रकाश पार्नुभयो । कार्यक्रमको उद्घोषण धादिङ जिल्ला अदालतका श्रेस्तेदार श्री   खुम प्रसाद भण्डारीबाट भएको सो कार्यक्रममा विशेष अतिथीको रुपमा धादिङ जिल्ला अदालतका माननीय न्यायाधीश श्री रमेश प्रसाद ज्ञवाली र माननीय न्यायाधीश श्री आत्मदेव जोशीको उपस्थीती रहेको थियो । कार्यक्रम धादिङ जिल्ला अदालत र जिल्ला सरकारी वकील कार्यालयका अन्य कर्मचारीहरुको समेत समन्वयमा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा जिल्ला सरकारी वकील कार्यालय धादिङका सहायक जिल्ला न्यायाधिवक्ताद्धय श्री भावना खतिवडा, श्री प्रकाश सुवेदी, बेनीघाट गाउँपालिका वडा नं. ०२ का वडा अध्यक्ष श्री टंक बहादुर थापा, पिपल भन्ज्याङ माध्यामिक विद्यालयका प्रिन्सिपल श्री नानी बाबु लोहनी, धादिङ जिल्ला बारका अध्यक्ष श्री कृष्णराज अधिकारी, पिपल भन्ज्याङ माध्यमिक विद्यालयका विद्यार्थी भाई बहिनीहरु लगायत स्थानीय मानिसहरुको समेत गरिमामय उपस्थिति रहेको थियो

 

 कार्यक्रमको विषयको कार्यपत्र सहायक जिल्ला न्यायधिवक्ता श्री भावना खतिवडा तथा धादिङ जिल्ला अदालतको तर्फबाट माननीय जिल्ला न्यायाधीश श्री रमेश प्रसाद ज्ञवालीले छुट्टाछूटै प्रस्तुत गर्नु भएको थियो कार्यपत्र प्रस्तुति पश्चात कार्यक्रममा उपस्थित व्यक्तित्वहरुले जिज्ञासा राख्नु भएकोमा ती जिज्ञासाहरुको सम्बोधन जिल्ला न्यायाधिवक्ता श्री खेमराज पाठक तथा माननीय जिल्ला न्यायाधीशहरुले गर्नुभएको थियो । सरकारी वकीलको परिचय, आवश्यकता, सरकारी वकील कार्यालयको सांगठनिक संरचना, मुद्दाको प्रकार ,फौजदारी मुद्दाको प्रकृति, मुद्दामा अनुसन्धानको प्रक्रिया, कसुर सम्बन्धी सूचना तथा सरकारी वकीलको भूमिका, थुनछेक धरौटी तथा जमानत सम्बन्धी व्यवस्था, धरौट जमानत वा बैङ्क जमानतको दर तोक्ने आधार, फैसला, सजायका प्रकार लगायत विषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो । 

   

उक्त कार्यक्रममा विध्यार्थी भाई बहिनी तथा स्थानीय मानिसहरुले आफुलाई लागेका जिज्ञासाहरु सोध्ने र जवाफ प्राप्त गर्ने प्रश्नोत्तर कार्य समेत सम्पन्न गरिएको थियो । उपस्थीत व्यक्ति बुद्धिमाया नेपालीले मेरो श्रीमानले मसँग सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्नुभएको छ । हाल मेरो श्रीमानले म हुँदाहुँदैको अवस्थामा १८ वर्षकी केटीसँग विवाह गरेका छन् । मेले के-कस्तो कानूनी प्रक्रियालाई पालना गरी न्याय प्राप्त गर्न सक्छु ? कौशिला नेपालीको प्रश्न: मैले किनेको नयाँ जग्गामा बंगुरको फाराम छ हटाउन के-गर्नुपर्छ ? प्रविण मैनालीको प्रश्न: हाल देशमा राजनीतिक महाधिवेशन चलिरहँदा शिक्षकहरुले राजनीतिमा भाग लिन मिल्छ ? राजनीतिक कार्यक्रममा अतिथी भएर बस्ने गर्दछन् ? के यो नीतिसंगत र कानूनी रुपमा ठीक छ ? उनीहरुलाई मुद्दा लाग्छ कि लाग्दैन ? सर्वोच्च अदालतमा चलिरहेको बार एशोसियसन र बेन्चको आन्दोलन के-हो ?  भनी जिज्ञासा राखेका थिए । त्यस्तै गाउँपालिका वडाअध्यक्ष टंक थापाको प्रश्न: बहुविवाह गरेको अवस्थामा बच्चाको जन्मदर्ता हुन्छ कि हुँदैन ?  कुनै कानूनी अड्चन हुन्छ कि हुदैन ? सार्वजनिक नक्सा पास नभई घर बनाएमा के-गर्ने ? जन्मदिने बाबु आमाको एकिन वतन नखुलाएर पालनपोषण गर्ने बाबु आमाको नामबाट नागरिकता प्राप्त भएमा कुनै समस्या वा अड्चन आउँछन्  कि आउदैन?  लगायतका जिज्ञासा उपस्थित विद्यार्थी भाई बहिनी तथा स्थानीय मानिसहरुबाट प्राप्त भएको थियो । सो जिज्ञासाहरुको क्रमैसँग जिल्ला न्यायाधिवक्ता तथा माननीय जिल्ला न्यायाधीश श्री रमेश प्रसाद ज्ञवालीबाट स्पष्ट पारी जिज्ञासाको सम्बोधन गर्ने काम भएको थियो ।   

 

उपस्थित सरोकारवालाहरु मध्ये बेनीघाट रोराङ गाउँपालिकाका वडा अध्यक्ष श्री टंक थापा, बार एशोसियशन धादिङका अध्यक्ष श्री कृष्णराज अधिकारी, पिपल भन्ज्याङ माध्यामिक विद्यालय, ताल्तीका प्रिन्सिपल नानीबाबु लोहनी लगायतका व्यक्तिहरुबाट कार्यक्रमको प्रभावकारिता बारेमा आ-आफ्नो मन्तव्य राख्नुभएको थियो । साथै यस प्रकारका कार्यक्रमबाट आम सर्व साधारण नागरिक, विद्यार्थी भाई बहिनीहरु एवं समुदायमा कानूनको विषयमा सचेतना जागृत हुने, अपराध विरुद्ध कसुरदारलाई सजाय दिलाउन सहयोगी र समन्वयात्मक भूमिका खेल्ने तथा उन्नत, समृद्ध र सहयोगी समाज निर्माण गर्नमा समेत गहन भूमिका खेल्ने तर्फ ईंगित गर्दै आयोजकलाई धन्यवाद दिनुभयो र आगामी दिनहरुमा समेत यस्ता कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्न आग्रह र अनुरोध गर्दै सरकारी वकील कार्यालयलाई सदैव सहयोग र समन्वय गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।


संलग्न जोडिएका विवरणहरु

धादिङ जिल्ला बेनीघाट रोराङ गाउँपालिका वडा नं. ०२ मा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न download