समुदायमा सरकारी वकील कार्यक्रम -२०७८ (२०७८।०७।१२)

samachar

2078-8-6

"समुदायमा सरकारी वकील कार्यक्रम २०७८”

 

पृष्‍ठभूमी

      महान्यायाधिवक्ताको कार्यालयको रणनीतिक योजना अन्तर्गत बार्षिक क्रियाकलाप अन्तर्गत रही महान्यायाधिवक्ताको कार्यालयबाट स्वीकृत कार्यक्रम समुदायमा सरकारी वकील कार्यक्रम अन्तर्गत समुदायमा सरकारी वकील कार्यक्रम  मिति २०७८।०७।१२ गते धादिङ जिल्ला ज्वालामुखि गाउँपालिका वडा नं. १ मैदी स्थित वडा कार्यालयको भवनमा जिल्ला सरकारी वकील कार्यालयका कार्यालय प्रमुख श्री खेमराज पाठक ज्युको अध्यक्षतामा कार्यक्रम सु-सम्पन गरियो ।

       सो कार्यक्रम करिब ३ घण्टा सम्म संचालन भएको थियो जिल्ला सरकारी वकील कार्यालय धादिङका जिल्ला न्यायधिवक्ता श्री खेमराज पाठकको अध्यक्षतामा रहेको कार्यक्रममा कार्यक्रमको उद्धेश्य र महत्वमाथि प्रकाश पार्नुभयो । सो कार्यक्रममा धादिङ जिल्ला अदालतका श्रेस्तेदार श्री खुम प्रसाद भण्डारी, जिल्ला वार एसोशियसन धादिङका अध्यक्ष श्री कृष्ण राज अधिकारी, ज्वालामुखि गाउँपालिका वडा नं. ०१ मैदीका वडा अध्यक्ष श्री राम प्रसाद सिलवाल, सहायक जिल्ला न्यायाधिवक्ता दय श्री नारायण प्रसाद घिमिरे तथा श्री भावना खतिवडा, कानून व्यवसायी अधिवक्ता श्री खिल गरी, श्री रामकृष्ण अधिकारी, श्री रामचन्द्र भट्ट तथा ठुला चौर माध्यमिक विद्यालयका विद्यार्थी भाई बहिनी तथा स्थानीय व्यक्तिहरुको समेत गरिमामय उपस्थिति रहेको थियो

 

“समुदायमा सरकारी वकील” विषयको कार्यपत्र सहायक जिल्ला न्यायधिवक्ता श्री नारायण प्रसाद घिमिरे तथा श्री भावना खतिवडाले प्रस्तुत गर्नु भएको थियो कार्यपत्र प्रस्तुति पश्चात कार्यक्रममा उपस्थित व्यक्तित्वहरुले जिज्ञासा राख्नु भएकोमा ती जिज्ञासाहरुको सम्बोधन श्री नारायण प्रसाद घिमिरे, श्री भावना खतिवडा, श्री खेमराज पाठकले गर्नुभएको थियो । सरकारी वकीलको परिचय, आवश्यकता, सरकारी वकील कार्यालयको सांगठनिक संरचना, मुद्दाको प्रकार , कसुर सम्बन्धी सूचना तथा सरकारी वकीलको भूमिका, फौजदारी कसुरहरु, थुनछेक धरौटी तथा जमानत सम्बन्धी व्यवस्था, धरौट जमानत वा बैङ्क जमानतको दर तोक्ने आधार, फैसला, सजायका प्रकार लगायत विषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो । 

   

उक्त कार्यक्रममा विध्यार्थी भाई बहिनी तथा स्थानीय मानिसहरुले आफुलाई लागेका जिज्ञासाहरु सोध्ने र जवाफ प्राप्त गर्ने प्रश्नोत्तर कार्य समेत सम्पन्न गरिएको थियो । बालयौन दुरुपयोग कस्तो मुद्दा हो, यदि गोठमा आगलागी भई क्षति भएको र गोठमा आगो लगाउने मानिसको पहिचान नभएको अवस्थामा क्षतिपूर्ति पाउँछ कि पाउँदैन < एउटा मानिस चोरी गरेको अवस्थामा पत्ता लागेको तर आफन्तहरु थाहा नभएको अवस्थामा प्रहरीले पक्रेर लगी हिरासतमा राख्दा व्यक्ति स्वयमले खर्च गर्न पर्ने/नपर्ने के- हो < त्यस अवस्थामा भएको क्षतिपूर्ति उसले पाउँछ कि पाउँदैन < यदि एउटा श्रीमती पोईल गएको अवस्थामा पुरुष पीडित भएमा उसले के-कसरी क्षतिपूर्ति प्राप्त गर्दछ < यदि महिलाको बिहेबारी भई बच्चा समेत भईसकेको तथा बिहे दर्ता नभएको अवस्थामा श्रीमानले छोडी गएमा त्यस महिलाले के-कसरी क्षतिपूर्ति पाउँछिन < कानून पढाई हुने विद्यालय धादिङमा कहाँ छ < के-कसरी कानून विषय पढ्न सकिन्छ < लगायतका जिज्ञासा उपस्थित विद्यार्थी भाई बहिनी तथा स्थानीय मानिसहरुबाट प्राप्त भएको थियो । सो जिज्ञासाहरुको क्रमैसँग जिल्ला न्यायाधिवक्ता तथा सहायक जिल्ला न्यायाधिवक्ताबाट स्पष्ट पारी जिज्ञासाको सम्बोधन गर्ने काम भएको थियो ।   

 

उपस्थित सरोकारवालाहरु मध्ये ज्वालामुखि गाउँपालिका वडा नं. ०१ का वडा अध्यक्ष श्री राम प्रसाद सिलवाल, धा.जि.अ. श्रेस्तेदार श्री खुम प्रसाद भण्डारी, कानून व्यवसायी अधिवक्ता श्री खिल गिरी, श्री रामकृष्ण अधिकारी, श्री रामकृष्ण भट्ट लगायतका व्यक्तिहरुबाट कार्यक्रमको प्रभावकारिता बारेमा आ-आफ्नो मन्तव्य राख्नुभएको थियो । साथै यस प्रकारका कार्यक्रमबाट आम सर्व साधारण नागरिक, विद्यार्थी भाई बहिनीहरु एवं समुदायमा कानूनको विषयमा सचेतना जागृत हुने, अपराध विरुद्ध कसुरदारलाई सजाय दिलाउन सहयोगी र समन्वयात्मक भूमिका खेल्ने तथा उन्नत, समृद्ध र सहयोगी समाज निर्माण गर्नमा समेत गहन भूमिका खेल्ने तर्फ ईंगित गर्दै आयोजकलाई धन्यवाद दिनुभयो र आगामी दिनहरुमा समेत यस्ता कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्न आग्रह र अनुरोध गर्दै सरकारी वकील कार्यालयलाई सदैव सहयोग र समन्वय गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।


संलग्न जोडिएका विवरणहरु

(२०७८।०७।१२) download