समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न-(२०७६।०८।०४)

samachar

2076-8-4

धादिङ, ४ मंसिर  धादिङ जिल्ला अदालतको Judicial Outreach, जिल्ला  सरकारी वकील कार्यालय धादिङको समुदायमा सरकारी वकील र जिल्ला प्रहरी कार्यालय धादिङको समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामूहिक रुपमा बालबालिका विरुद्दका कसुर र न्यायिक उपचार विषयक अन्तर्क्रिया कार्यक्रम गणेश हिमाल क्याम्पस धादिङबेशी धादिङमा सम्पन्न गरेको छ । धादिङ जिल्ला अदालतका माननीय न्यायाधिश श्रीमान् देवेन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा यस जिल्ला सरकारी वकील कार्यालय धादिङका जिल्ला न्यायाधिवक्ता श्री बालकृष्ण वाग्ले, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्री रुपक खड्का, गणेश हिमाल क्याम्पसका क्याम्पस प्रमुख श्री र्इश्वरी पाण्डे, धादिङ जिल्ला अदालतका श्रेस्तेदार श्री नवराज दंगाल, नेपाल बार एशोसिएशन धादिङका अध्यक्ष श्री रामकृष्ण अधिकारी, सो बारका सदस्यहरु श्री विश्वराज अधिकारी, धादिङ जिल्ला अदालतका बैतनिक कानून व्यवसायी तथा अधिवक्ता श्री रामचन्द्र भट्ट, अधिवक्ता तथा समाजसेवी राधिका सापकोटा, यस कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता श्री गोविन्द प्रसाद हुमागार्इ, सो क्याम्पसमा कानुन विषय अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थी भार्इबहिनीहरु समेत गरी ६० जनाको उपस्थिति रहेको थियो । बालबालिका विरुद्दका कसुर र न्यायिक उपचार विषयमा कार्यपत्र जिल्ला न्यायाधिवक्ता श्री बालकृष्ण वाग्लेले तथा वालबालिका विरुद्दका कसुरहरुको तथ्यांक तथा अनुसन्धान सम्बन्धमा कार्यपत्र प्रहरी नायब उपरीक्षक श्री रुपक खड्काले प्रस्तुत गर्नुभएको थियो । सो कार्यक्रममा सहभागी विद्यार्थीहरुले तीनैवटा कानून कार्यान्वयन गर्ने निकायहरुका काम कारवाहीका सम्वन्धमा विभिन्न जिज्ञासाहरु राख्नु भएकोमा ती जिज्ञासाहरुको सम्बोधन जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्री रुपक खड्का,  धादिङका जिल्ला न्यायाधिवक्ता श्री बालकृष्ण वाग्ले तथा धादिङ जिल्ला अदालतका माननीय न्यायाधिश श्रीमान् देवेन्द्र पौडेलले गर्नु भएको थियो । सो कार्यक्रमको संचालन धादिङ जिल्ला अदालतका श्रेस्तेदार नवराज दंगालले गर्नु भएको थियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments
समाचार

मिति २०८२/०४/२९ गते महान्यायाधिवक्ताको कार्यालयबाट आयोजित समुदायमा सरकारी वकिल एवम् कानुनी सचेतना कार्यक्रममा सहभागिता जनाइएको।


धादिङ जिल्लामा सरुवा भई आउनुभएका मा.जि.न्या. श्री राम प्रसाद शर्मा, प्र.जि.अ. श्री विजयराज सुवेदी,श्रेस्तेदार श्री राजेन्द्र लुँईटेल, प्रहरी उपरीक्षक श्री भेषराज रिजाल र कारागार प्रमुख श्री सरस्वती अधिकारीलाई जिल्ला सरकारी वकील कार्यालयमा स्वागत कार्यक्रम सम्पन्न।


समुदायमा सरकारी वकील(कानूनी सचेतना) कार्यक्रम निलकण्ठ बालमन्दिर मा.वि. धादिङबेशी मा सु-सम्पन्न- मिति २०८२।०३।१८


मिति २०८२।०३।०६ गते रानिपौवा मा.वि. सल्यानटारमा समुदायमा सरकारी वकिल (कानूनी सचेतना कार्यक्रम) सम्पन्न गरियो।


मिति २०८२/०२/२७ गते समन्वय समितिको बैठक सम्पन्न


समुदायमा सरकारी वकिल कार्यक्रम सुसम्पन्न- २०७९ (२०७९।०२।२०)


समुदायमा सरकारी वकील कार्यक्रम-२०७८।०८।२४


समुदायमा सरकारी वकील कार्यक्रम -२०७८ (२०७८।०७।१२)


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न-२०७७ (२०७७-१०-२१)


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न-२०७७(२०७७-०८-१९)