2076-4-19
३० असार २०७६
यस जिल्ला सरकारी वकील कार्यालय धादिङको नवनिर्मित कार्यालय भवन समुद्घाटन कार्यक्रम सोमबार जिल्ला सरकारी वकील कार्यालयको नव निर्मित भवनको प्राङ्गण धादिङवेशीमा सम्पन्न भएको छ । माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यू को प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा संघिय संसद प्रतिनिधि सभाका माननीय सदस्य श्री खेमप्रसाद लोहनीज्यू तथा जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालज्यूले विशेष अतिथिको रुपमा कार्यक्रममा उपस्थित रहनु भएको थियो । सो कार्यक्रमको संचालन महान्यायाधिवक्ताको कार्यालयमा कार्यरत उपन्यायाधिवक्ता श्री ज्ञानप्रसाद भूषालले गर्नु भएको थियो । नायब महान्यायाधिवक्ता विश्वराज कोइरालाज्यूले कार्यक्रमको अध्यक्षता गर्नु भएको उक्त कार्यक्रममा अतिथिको रुपमा निलकण्ठ नगरपालिकाका मेयर श्री भीमप्रसाद ढुंगानाज्यू, निलकण्ठ नगरपालिका उपमेयर मनराज भण्डारीज्यू, सहन्यान्यायाधिवक्ता श्रीमान् लोकराज पराजुलीज्यू, माननीय जिल्ला न्यायाधिश श्री प्रकाश ढुंगानाज्यू, धादिङका प्रमुख जिल्ला अधिकारी श्री भागीरथ पाण्डेयज्यू, नेपाली सेना देवीदत्त गुल्मका प्रमुख सेनानी श्री सुदिप वानियाज्यू, धादिङका जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक श्री राजकुमार वैदवारज्यू, राष्ट्रिय अनुसन्धान धादिङका प्रमुख श्री मुकुन्द मरठ्ठाज्यू, नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष होमनाथ रिजालज्यू, नेपाल बार एशोसिएसन धादिङका अध्यक्ष श्री रामकृष्ण अधिकारीज्यू, जिल्लास्थित कार्यालय प्रमुख एवम् प्रतिनिधिज्यूहरु, धादिङ जिल्लामा कार्यरत पत्रकारज्यूहरु, सुरक्षाकर्मीहरु समेतको उपस्थिति रहेको थियो ।
राष्ट्रिय गानबाट प्रारम्भ भएको उक्त कार्यक्रममा प्रमुख अतिथि माननीय महान्यायाधिवक्ता श्री अग्नीप्रसाद खरेलज्यूबाट पानसमा बत्ती बाली कार्यक्रमको उदघाटन गरिएको थियो । स्वागत मन्तव्य यस कार्यालयमा कार्यरत जिल्ला न्यायाधिवक्ता श्री बालकृष्ण वाग्लेज्यूले राख्नु भएको थियो । भवनको निर्माण के कसरी कति बजेटमा सम्पन्न भयो र यसका विशेषताहरुको सम्बन्धमा पुनर्निर्माण प्राधिकरण अन्तर्गतको जिल्ला आयोजना कार्यान्वयन र्इकार्इ धादिङ अर्थात DLPIU धादिङका प्रमुख कोषनाथ अधिकारीज्यूले प्रकाश पार्नु भएको थियो । प्रमुख अतिथि माननीय महान्यायाधिवक्ताज्यूबाट शिलापत्र अनावरण तथा रिवन काटी नवनिर्मित भवनको समुद्घाटन गर्नु भएको थियो । समुद्घाटन लगत्तै प्रमुख अतिथि लगायत उपस्थित सम्पूर्ण महानुभावहरुबाट नयाँ कार्यालय भवनको सबै कोठाहरुको निरीक्षण भएको थियो ।
मिति २०७९।०४।१७ गतेको कर्मचारी विवरण अद्यावधिक गर्ने सम्बन्धी परिपत्र ।
मिति २०७९।०३।२१ गते मंगलबार अनुसन्धानकर्ता र अभियोजनकर्ता बीच बैठक सम्पन्न ।
मिति २०७८।१०।१३ गते अभियोजनकर्ता र अनुसन्धान अधिकारी बिचको संयुक्त बैठक सम्पन्न ।
समन्वय समितको बैठक
योजना कार्यान्वयन समिति गठन गरिएको सम्बन्धमा ।
समयन्य समितिको बैठक सम्पन्न २०८१/०६/०२
मिति २०८२/०४/२९ गते महान्यायाधिवक्ताको कार्यालयबाट आयोजित समुदायमा सरकारी वकिल एवम् कानुनी सचेतना कार्यक्रममा सहभागिता जनाइएको।
धादिङ जिल्लामा सरुवा भई आउनुभएका मा.जि.न्या. श्री राम प्रसाद शर्मा, प्र.जि.अ. श्री विजयराज सुवेदी,श्रेस्तेदार श्री राजेन्द्र लुँईटेल, प्रहरी उपरीक्षक श्री भेषराज रिजाल र कारागार प्रमुख श्री सरस्वती अधिकारीलाई जिल्ला सरकारी वकील कार्यालयमा स्वागत कार्यक्रम सम्पन्न।
समुदायमा सरकारी वकील(कानूनी सचेतना) कार्यक्रम निलकण्ठ बालमन्दिर मा.वि. धादिङबेशी मा सु-सम्पन्न- मिति २०८२।०३।१८
मिति २०८२।०३।०६ गते रानिपौवा मा.वि. सल्यानटारमा समुदायमा सरकारी वकिल (कानूनी सचेतना कार्यक्रम) सम्पन्न गरियो।
मिति २०८२/०२/२७ गते समन्वय समितिको बैठक सम्पन्न
समुदायमा सरकारी वकिल कार्यक्रम सुसम्पन्न- २०७९ (२०७९।०२।२०)
समुदायमा सरकारी वकील कार्यक्रम-२०७८।०८।२४
समुदायमा सरकारी वकील कार्यक्रम -२०७८ (२०७८।०७।१२)
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न-२०७७ (२०७७-१०-२१)
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न-२०७७(२०७७-०८-१९)