परिचय
न्याय प्रशासन ऐन, २०७३ को दफा ५ मा उच्च अदालतहरूको स्थापना सम्बन्धी व्यवस्था छ । नेपाल सरकार वादी हुने वा नेपाल सरकारको हक हित वा सरोकार निहित रहेको मुद्दामा नेपाल सरकारको तर्फवाट प्रतिनिधित्व गर्न तथा तोकीए बमोजिमको कार्यसम्पादन गर्न उच्च अदालतहरू र उच्च अदालतका ईजलास रहेका स्थानहरूमा उच्च सरकारी वकील कार्यालयहरू स्थापना भई कार्यसम्पादन हुदै आएको छ।
उच्च सरकारी वकील कार्यालय वीरगन्ज महानगरपालिका वडा नं.५ पिपरा स्थित यस कार्यालयको स्थापना २०७३ असोज ३ गतेबाट अस्थायी रुपमा चिनिमिल कारखानाको भवनमा अवस्थित भई कार्य संचालन गर्दै आएको छ । प्रदेश नं. २ का पर्सा, बारा र रौतहट का जिल्ला सरकारी वकील कार्यालयहरु हेर्ने जिम्मेवारी पाएको यस कार्यालयहरुको नेतृत्व नेपाल न्याय सेवाका राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृत (सहन्यायाधिवक्ता) बाट गरिंदै आएको छ । जम्मा १७ जना कर्मचारीहरु रहेको यस कार्यालयबाट नेपाल सरकार वादी हुने तथा नेपाल सरकार विपक्षी रहेका मुद्दाहरुमा उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जमा उपस्थित भई नेपाल सरकारको तर्फबाट बहस, पैरवी र प्रतिरक्षा गर्ने गरिन्छ । यसको अलावा यस कार्यालयले नेपालको संविधानको धारा १५८ द्वारा प्रदत अधिकारको महान्यायधिवक्ताबाट प्रत्यायोजन भए बमोजिम अधिकार प्रयोग गरी आफ्नो दैनिक कार्य सम्पादन गर्ने गर्दछ ।
श्री कोष हरि निरौला
श्री उत्तम श्रेष्ठ 9852684689
श्री अक्षि सुवेदी 9767647127