प्रदेश नं २ स्तरिय अभियोजन सुधार सम्बन्धी अभिमुखी कार्यक्रम सम्पन्न ।

samachar

2077-5-25

माननिय महान्यायाधिवक्ता अग्नी प्रसाद खरेलज्यू बाट २०७७ लाई अभियोजन सुधार बर्ष घोषणा गर्नु भए अनुसार महान्यायाधिवक्ताको  कार्यालय अभियोजन प्रशिक्षण केन्द्रको तत्वाबधानमा प्रदेश नं‌‍ २ स्तरिय अभियोजन सुधार सम्बन्धी अभिमुखीकरण कार्यक्रम यही २०७७।०५।२२ गते देखि ऐ‍ २४ गते सम्म सम्पन्न भयो । उक्त कार्यक्रम zoom meeting मार्फत virtual प्रविधिबाट गरिएको थियो । सो कार्यक्रम उच्च सरकारी वकील कार्यालय वीरगंजको सम्योजनमा सो कार्यालय र मातहत  तथा प्रदेश नं २ अन्तर्गतका उच्च सरकारी वकील कार्यालय जनकपुर र उच्च सरकारी वकील कार्यालय राजविराज मातहतका गरि ८ जिल्लामा कार्यरत ३० जना विभिन्न तहका सरकारी वकीलहरु सहभागी हुनु भएको थियो । सो कार्यक्रमको उदघाटन बरिष्ठतम नायब महान्यायाधिवक्ता श्री पदमप्रसाद पाण्डेयज्यूले virtual प्रविधिबाटै गर्नु भएको थियो । कार्यक्रममा विभिन्न ६ वटा कार्यपत्रहरु माथि उच्च तथा जिल्ला अदालतका माननिय न्यायाधिशहरु, सह-न्यायाधिवक्ताहरु तथा जिल्ला न्यायाधिवक्ताहरुले श्रोत व्यक्तिको रुपमा प्रशिक्षण दिनु भएको थियो । कार्यक्रममा अभियोजन सुधारका क्षेत्रहरु, मुलुकी फौज्दारी अपराध संहिताले व्यवस्था गरेका नयाँ कानूनी व्यवस्थाहरु, पीडितका अधिकार संरक्षणमा सरकारी वकीलको भूमिका, अनुसन्धानकर्ता र अभियोजनकर्ता तथा सरोकारवाला व्यक्ति तथा निकाय बिचको समन्वय, कसूरको सजाय निर्धारण सम्बन्धी अवधारणा र अभ्यास एवं बालबालिका संलग्न मुद्दाको अनुसन्धान तथा कारवाहीका सम्बन्धमा कार्यपत्रहरु प्रस्तुत भएका थिए । प्रविधिको उच्चतम प्रयोग गर्दै संचालित उक्त कार्यक्रममा ईन्टरनेट तथा विद्युत आपूर्ति मा निरन्तरता दिने सके भविषयमा यो माध्यम सस्तो, कम खर्चिलो र समय व्यवस्थापनका दृष्टिकोणले समेत उपयुक्त हुने सहभागीहरुको तर्फबाट एंव आयोजक/सम्योजनको तर्फबाट समापनका अवसरमा औल्याएको थियो । प्रत्येक महिनाको एक पटक कुनै एउटा विषयमा यस प्रविधिबाट छलफल संचालन गर्ने प्रतिवद्धता समेत कार्यक्रमको समापनको अवसरमा व्यक्त भएको थियो । उक्त कार्यक्रमको उद्दघोषण/संचालन सहायक न्यायाधिवक्ता श्री विश्वास तिमिल्सिनाले गर्नुभएको थियो । 


संलग्न जोडिएका विवरणहरु

No Attachments
समाचार

मिति 2080/11/18 गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न गरियो ।


मिति 2080/10/12 गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न गरियो ।


मिति 2080/09/06 गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न गरियो ।


मिति 2080/09/03 गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न गरियो ।


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न गरियो ।


मिति 2080/02/31 गते कर्मचारीहरुको उपस्थितिमा निर्णय गरियो ।


मिति 208/02/30 गते उच्च सरकारी वकील कार्यालय वीरगंजको भवन निर्माण सम्बन्धमा गरिएको निर्णय ।


मिति २०७८।१२।१८ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


मिति २०७७।१२।२८ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न गरियो ।


मिति २०७७।१२।२० गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न गरियो ।