2078-1-7
महान्यायाधिवक्ताको कार्यालयको दोश्रो पञ्चबर्षिय रणनीतिक योजना र यस उच्च सरकारी वकील कार्यालय वीरगंजको स्वीकृत बार्षिक कार्य योजना अनुसार मिति २०७७।१2।2० गते शुक्रबार समुदायमा सरकारी वकील कार्यक्रम अन्तर्गत जिल्ला पर्सा वीरगंज महानगरपालिका स्थित वीरगंज क्याम्पस वीरगंज, पर्सामा उच्च सरकारी वकील कार्यालय वीरगंजका सह-न्यायाधिवक्ता कृष्ण मोहन कोइरालाको अध्यक्षतामा उक्त क्याम्पसका क्याम्पस प्रमुख श्री बिनोद गुप्ताको प्रमुख आतिथ्यता एवं उक्त क्याम्पसका स.प्र.अ. रुदल ठाकुर र नन्दन यादव समेतको उपस्थितिमा सो क्याम्पसका विद्यार्थीहरु 71 जनाको उपस्थितिमा सम्पन्न गरियो । उक्त कार्यक्रममा महान्यायाधिवक्ताको सांगठनीक, संवैधानिक एंव कानूनी संरचना, सरकारी वकीलले गर्ने काम र कार्यालयबाट दिने सेवा लगायतका विषयमा सह-न्यायाधिवक्ता कृष्ण मोहन कोइरालाले आफ्नो कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने अपराध संहितामा रहेका जबरजस्ती करणी, बहुविवाह सम्बन्धी, मानव बेचबिखन सम्बन्धी, छूवाछुत सम्बन्धि, तेजाब (एसिड) जन्य छर्केको सम्बन्धी लगायतका बिषयमा उप-न्यायाधिवक्ता मुहम्मद मुन्नाले आफ्नो कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । उक्त कार्यक्रममा सहभागिहरुबाट उठेका जिज्ञासाहरुको सम्बोधन उ.स.व.का. वीरगंजका सह-न्यायाधिवक्ता तथा उप-न्यायाधिवक्ताले गर्नु भएको थियो । कार्यक्रमको समापन वीरगंज क्याम्पस वीरगंज पर्साका क्याम्पस प्रमुख श्री विनोद गुप्ताले यस कार्यक्रमको बारेमा सम्बोधन सहित आफ्नो मन्तव्य राख्नु भएको थियो ।
उ.स.व.का. वीरगंजका उप-न्यायाधिवक्ता मुहम्मद मुन्नाले कार्यक्रमको संचालन गर्नु भएको थियो ।
मिति २०७६।०८।३० गते समन्वय समितिको बैठक बसी पारित भएको निर्णय
गुनासो सुन्ने अधिकारी तोकिएको सम्बन्धमा ।
प्रवक्ता तोकिएको सम्बन्धमा ।
पीडित सहायता अधिकृत तोकिएको सम्बन्धमा ।
महिला तथा बालबालिका सेल गठन
उप-न्यायाधिवक्ता श्री मोहन खनाललाई सूचना अधिकारी तोकिएको ।
CC Camera जडान
समन्वय समितिको बैठक सम्पन्न भई देहाय बमोजिम विषयमा छलफल र निर्णय गरियो ।
ई हाजिरी जडान सम्बन्धमा ।
मिति २०७८।१२।१८ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न
मिति २०७७।१२।२८ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न गरियो ।
मिति २०७७।१२।२० गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न गरियो ।
बाल सुधार गृह वीरगंजमा पुस्तक हस्तान्तरण गरिएको ।
प्रदेश नं २ स्तरिय अभियोजन सुधार सम्बन्धी अभिमुखी कार्यक्रम सम्पन्न ।
सह-न्यायाधिवक्ता श्री कृष्ण मोहन कोइराला zoom application मार्फत भिडियो कन्फरेन्स गर्दै ।
मिति २०७६।०८।०४ गते समूदायमा प्रहरी साझेदारी कार्यक्रम र समूदायमा सरकारी वकील कार्यक्रम सम्पन्न गरियो ।
मिति २०७६।०३।१५ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न