2078-12-20
महान्यायाधिवक्ताको कार्यालयको तेस्रो पञ्चबर्षिय रणनीतिक योजना र यस उच्च सरकारी वकील कार्यालय वीरगंजको स्वीकृत बार्षिक कार्य योजना अनुसार मिति २०७8।१2।18 गते शुक्रबार समुदायमा सरकारी वकील कार्यक्रम अन्तर्गत जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं.8 पानीटंकी, पर्सा स्थित डेसिमल कलेज वीरगंजमा उच्च सरकारी वकील कार्यालय वीरगंजका सह-न्यायाधिवक्ता राजनराज घिमिरेको अध्यक्षतामा उक्त क्याम्पसका क्याम्पस प्रमुख श्री सन्नी कुमार दुवे, सहायक क्याम्पस प्रमुख श्री अखिलेश पाण्डेय समेतको उपस्थितिमा सो क्याम्पसका विद्यार्थीहरु 48 जनाको उपस्थितिमा सम्पन्न गरियो । उक्त कार्यक्रममा महान्यायाधिवक्ताको सांगठनीक, संवैधानिक एंव कानूनी संरचना, सरकारी वकीलले गर्ने काम र कार्यालयबाट दिने सेवा लगायतका विषयमा सहायक न्यायाधिवक्ता श्री रविशंकर चौधरीले आफ्नो कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने अपराध संहितामा रहेका जबरजस्ती करणी, बहुविवाह सम्बन्धी, मानव बेचबिखन सम्बन्धी, छूवाछुत सम्बन्धि, तेजाब (एसिड) जन्य छर्केको सम्बन्धी लगायतका बिषयमा सह-न्यायाधिवक्ता राजनराज घिमिरेले आफ्नो भनाई राख्नु भएको थियो । उक्त कार्यक्रममा सहभागिहरुबाट उठेका जिज्ञासाहरुको सम्बोधन उ.स.व.का. वीरगंजका सह-न्यायाधिवक्ताले सम्बोद्यन गर्नु भएको थियो । कार्यक्रमको समापन सह-न्यायाधिवक्ता श्री राजनराज घिमिरेले कार्यक्रमको बारेमा सम्बोधन सहित मन्तव्य राख्नु भएको थियो ।
उ.स.व.का. वीरगंजका नायब सुब्बा श्री खड्ग बहादुर बस्नेतले कार्यक्रमको संचालन गर्नु भएको थियो ।
मिति २०७६।०८।३० गते समन्वय समितिको बैठक बसी पारित भएको निर्णय
गुनासो सुन्ने अधिकारी तोकिएको सम्बन्धमा ।
प्रवक्ता तोकिएको सम्बन्धमा ।
पीडित सहायता अधिकृत तोकिएको सम्बन्धमा ।
महिला तथा बालबालिका सेल गठन
उप-न्यायाधिवक्ता श्री मोहन खनाललाई सूचना अधिकारी तोकिएको ।
CC Camera जडान
समन्वय समितिको बैठक सम्पन्न भई देहाय बमोजिम विषयमा छलफल र निर्णय गरियो ।
ई हाजिरी जडान सम्बन्धमा ।
मिति 2081/05/27 गतेको स्टाफ मिटिङ्गबाट भएको निर्णय
मिति 2081/04/30 गते स्टाफ मिटिङ्गमा भएको निर्णय
मिति 2081/02/32 गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न गरियो ।
मिति 2080/11/18 गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न गरियो ।
मिति 2080/10/12 गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न गरियो ।
मिति 2080/09/06 गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न गरियो ।
मिति 2080/09/03 गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न गरियो ।
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न गरियो ।
मिति 2080/02/31 गते कर्मचारीहरुको उपस्थितिमा निर्णय गरियो ।
मिति 208/02/30 गते उच्च सरकारी वकील कार्यालय वीरगंजको भवन निर्माण सम्बन्धमा गरिएको निर्णय ।