समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न

samachar

2075-11-30

समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ......


मिति २०७५।११।३० गते बुधबार समुदायमा सरकारी वकील कार्यक्रम अन्तरगत "सरकारी वकीलको सांगठनिक संरचना, काम, कर्तव्य एवं समग्र समुदायप्रति यसको दायित्व" विषय कार्यक्रम समुदायलाई जानकारी गराउने उद्देश्यले पर्सा जिल्लाको बहुदरमाई नगरपालिका वडा नं. ४ स्थित श्री नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालयमा उच्च सरकारी वकील कार्यालय वीरगंजका सह-न्यायाधिवक्ता श्रीमान् ध्रुवमणि ज्ञवालीको प्रस्तुतिमा सोही वडाका वडा अध्यक्ष श्री रामरेखा सिंहज्यूको प्रमुख आतिथ्यता एवं उक्त विद्यालयका प्र.अ. सुधाकर उपाध्याय तथा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, अनुशासन समिति, शिक्षक शिक्षीका, विद्यार्थी एवं पत्रकारहरु गरी ५८ जनाको उपस्थितिमा कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा सहभागिहरुबाट उठेका जिज्ञासाहरुको  सम्बोधन उ.स.व.का. वीरगंजका सह-न्यायाधिवक्ता ध्रुवमणि ज्ञवाली तथा शाखा अधिकृत सीताराम राउत तथा शाखा अधिकृत बिनिता कपाली द्वारा सम्बोद्यन भएको थियो । कार्यक्रमका अध्यक्ष एवं उ.स.व.का. वीरगंजका सह-न्यायाधिवक्ता ध्रुवमणि ज्ञवाली ज्यूले ज्ञानबर्दक रोचक उदाहरण सहित सम्बोधन गर्नु भएको थियो । उक्त कार्यक्रममा बहुदरमाई नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष श्री रामरेखा सिंह र विद्यालयका प्र.अ. सुधाकर उपाध्यायज्यूले मन्तव्य राख्नु भएको थियो साथै उ.स.व.का. वीरगंजका शा.अ. सीताराम राउतले कार्यक्रमको संचालन गर्नु भएको थियो । उक्त कार्यक्रमको व्यवस्थापन भुवनहरी कोईराला र वेद प्रकाश पटेलद्वारा गरिएको थियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments
समाचार

मिति 2080/11/18 गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न गरियो ।


मिति 2080/10/12 गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न गरियो ।


मिति 2080/09/06 गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न गरियो ।


मिति 2080/09/03 गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न गरियो ।


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न गरियो ।


मिति 2080/02/31 गते कर्मचारीहरुको उपस्थितिमा निर्णय गरियो ।


मिति 208/02/30 गते उच्च सरकारी वकील कार्यालय वीरगंजको भवन निर्माण सम्बन्धमा गरिएको निर्णय ।


मिति २०७८।१२।१८ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


मिति २०७७।१२।२८ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न गरियो ।


मिति २०७७।१२।२० गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न गरियो ।