• जिल्ला सरकारी वकील कार्यालय, मुगुमा स्वागत छ

परिचय

न्याय प्रशासन ऐन, २०७३ को दफा ३(१) मा प्रत्येक जिल्लामा एउटा जिल्ला अदालत रहने व्यवस्था छ।सरकारी वकीलसम्बन्धी नियमावली, २०७७ को नियम ४(९) बमोजिम प्रत्येक जिल्लाम जिल्ला अदालतको मुकाम रहेको स्थानमा जिल्ला सरकारी वकील कार्यलय रहने व्यवस्था छ।सोही बमोजिम जिल्ला सरकारी वकील कार्यालय मुगुको स्थापना २०३७ सालमा गमगढीमा  भएको हो।यस कार्यालयमा हाल सहायक जिल्ला न्यायाधिवक्ता १, नायव सुव्वा २, सहायक कम्प्यूटर अपरेटर १, कार्यालय सहयोगी ३ जना गरी जम्मा ७ जना कर्मचारी कार्यरत छन्। 

 

नेपालको संविधानको धारा १५८ मा नेपाल सरकारको मुख्य कानूनी सल्लाहकार र मुख्य अभियोजनकर्ताका रूपमा महान्यायाधिवक्ताको व्यवस्था गरिएको छ।सोही धारा १५८(७) मा महान्यायाधिवक्ताले आफ्नो काम, कर्तव्य र अधिकार तोकिएको शर्तको अधीनमा रही प्रयोग र पालन गर्ने गरी मातहतका सरकारी वकीललाई सुम्पन सक्ने व्यवस्था छ।उक्त संवैधानिक प्रावधानअनुरूप महान्यायाधिवक्ताबाट मातहतका जिल्ला सरकारी वकीलहरूलाई आफूमा निहित मुद्दा चलाउने वा नचलाउने अधिकार विभिन्न शर्तसहित सुम्पिएको छ।संविधानमा लेखिएदेखि बाहेक कुनै अदालत वा न्यायिक अधिकारीसमक्ष नेपाल सरकारको तर्फबाट मुद्दा चलाउने वा नचलाउने भन्ने कुराको अन्तिम निर्णय गर्ने र नेपाल सरकारको तर्फबाट चलाइने मुद्दाहरूको सन्दर्भमा सम्बन्धित अदालत वा न्यायिक अधिकारीसमक्ष अभियोगपत्र दर्ता गर्ने, मुद्दाको बहस पैरवी प्रतिरक्षा गर्ने एवम् सरकार वा सरकारले तोकेका अधिकारीलाई कानूनी राय प्रदान गर्नेलगायतका काम, कर्तव्य र अधिकार महान्यायाधिवक्तामा निहित छ।महान्यायाधिवक्तामा निहित अधिकारहरू मातहतका सरकारी वकीलहरूलाई सुम्पन सक्ने संवैधानिक व्यवस्थाअनुसार महान्यायाधिवक्ताबाट मिति २०७२/०६/०३ को नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार प्रत्यायोजित अधिकार यस जिल्ला सरकारी वकील कार्यालयमा कार्यरत सरकारी वकीलबाट प्रयोग हुँदै आएको छ।

 

सरकारी वकीलसम्बन्धी नियमावली, २०७७ अनुसार जिल्ला सरकारी वकील कार्यालयको काम, कर्तव्य र अधिकार देहायबमोजिम छन्।

(क)   नेपाल सरकार वादी हुने मुद्दामा प्रहरी वा अधिकार प्राप्त अधिकारीद्वारा अनुसन्धान तहकिकात गरी आवश्यक कारबाहीका लागि प्राप्त भएका मिसिलमा महान्यायाधिवक्ताबाट अधिकार प्रत्यायोजन भए बमोजिम मुद्दा चल्ने वा नचल्ने निर्णय गर्ने र मुद्दा चल्ने निर्णय भएकोमा सम्बन्धित अदालतमा मुद्दा दायर गर्ने,

(ख)   नेपाल सरकार वादी भई दायर भएका मुद्दा वा नेपाल सरकारको हक, हित वा सरोकार निहित रहेको मुद्दामा नेपाल सरकार वा नेपाल सरकारको कर्मचारीको तर्फबाट अड्डा अदालतमा उपस्थित भई बहस पैरवी र प्रतिरक्षा गर्ने,

       (ग)   सम्बन्धित जिल्लामा रहेका नेपाल सरकारका कार्यालयका प्रमुखले मागेको कुनै कानूनी प्रश्नमा राय सल्लाह दिने,

(घ)   मुद्दा हेर्ने अधिकारी वा सम्बन्धित अदालतबाट भएको फैसला वा आदेश उपर पुनरावेदन, निवेदन गर्ने  वा नगर्नेसम्बन्धी आवश्यक काम कारबाही गर्ने।


सरकारी वकील र अनुसन्धान अधिकारीबीच २०७९/०२/२७ गते बैठक सम्पन्न ।


उच्च सरकारी वकील कार्यालय जुम्ला का नि. सह-न्यायाधिवक्ता श्री शम्भु गौतम र सहायक न्यायाधिवक्ता श्री सीताराम राउत सहित को टोलले जिल्ला सरकारी वकील कार्यालय गमगढी मुगुमा मिति २०७८/१२/१७ गते निरीक्षण सम्पन्न ।


मिति 2078/11/29 गते आईतबार अनुसन्धान तथा अभियोजन सुदृढ र प्रभाबकारी बानाउन नि. जिल्ला न्यायाधिवक्ता श्री प्रकाश थापाको संयोजकत्वमा समन्वय समितिको बैठक सम्पन्न ।


मिति २०७८/११/११ गतेका दिन जिल्ला सरकारी वकील कार्यालय मुगुमा अनुसन्धन अधिकारी र सरकारी वकील बिच बैठक सम्पन्न ।


आ.ब. २०७८/०७९ को पुजिंगत बजेट अन्तर्गत कार्यालयको स्नान घर र शौचालय साथै भन्सा घर निर्माण भैइरएको








बडादशैँको विदामा कर्मचारी खटाइएको सूचना


आ व २०७८/०७९ को योजना कार्यान्वयन समिति गठित


सरकारी वकील र अनुसन्धान अधिकारीबीच बैठक सम्पन्न ।



आ.ब. २०७८/०७९ को पुजिगत बजेट अन्तर्गत कार्यालयको स्नान घर र शौचालय साथै भान्सा घर निमारण भैइरहेको ।


जि.स.व.का., मुगुको २०७८।७।१५ गते निरीक्षण सम्पन्न



निमित्त जिल्ला न्यायाधिवक्ता श्री प्रकाश थापाको स्वागत कार्यक्रम



साक्षी सम्पर्क व्यक्ति तोकिएको



सरकारी वकील र अनुसन्धान अधिकारीबीच २०७८।६।२२ गतेको बैठक


जिल्ला समन्वय समितिको बैठक सम्पन्न



संविधान दिवस २०७८


२०७८।५।२५ गते जि.स.व.का., मुगुमा सरोकारबाला निकायहरूबीचको बैठक


२०७८।५।२५ मा सरोकारबालाहरूबीच जिसवका, मुगुमा बसेको बैठक


सरकारी वकील र अनुसन्धान अधिकारीबीच २०७८।४।२९ गते जि.स.व.का. मुगुमा भएको बैठक


सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ सँग सम्बन्धित आ व २०७७/०७८ को वार्षिक विवरण


अनुसन्धान गर्ने निकायहरूको निरीक्षण


सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ सँग सम्बन्धित आ व २०७७/०७८ को तेश्रो त्रैमासिक अवधिको विवरण


समुदायमा सरकारी वकील कार्यक्रम २०७७।११।८ गते सम्पन्न


सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ सँग सम्बन्धित आ व २०७७/०७८ को दोश्रो त्रैमासिक अवधिको विवरण


पीडित सम्पर्क अधिकारी तोकिएको



जिल्ला समन्वय समितिको बैठक २०७७।९।२ गते सम्पन्न


समुदायमा सरकारी वकील कार्यक्रम २०७७।९।१ गते सम्पन्न


समुदायमा सरकारी वकील कार्यक्रम २०७७।८।१५ मा सम्पन्न


समुदायमा सरकारी वकील कार्यक्रम २०७७।७।२ गते सम्पन्न


आर्थिक वर्ष २०७७/०७८ को पहिलो त्रैमासिक अवधिको स्वत: प्रकाशित विवरण-सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ सँग सम्बन्धित


Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Nihil odit magnam minima, soluta doloribus reiciendis molestiae placeat unde eos molestias. Quisquam aperiam, pariatur. Tempora, placeat ratione porro voluptate odit minima.

Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Nihil odit magnam minima, soluta doloribus reiciendis molestiae placeat unde eos molestias. Quisquam aperiam, pariatur. Tempora, placeat ratione porro voluptate odit minima.

सहायक जिल्ला न्यायाधिवक्ता/ गुनासो सुन्ने अधिकारी ९८५८३२०४३६

चन्द्र वहादुर खत्री

सहायक कम्प्यूटर अपरेटर (सूचना प्रविधि सम्पर्क व्यक्ति) फोन ९८४८४८७६४१

देव राज भट्ट