अनुसन्धान गर्ने निकायहरूको निरीक्षण

samachar

2078-4-15

महान्यायाधिवक्ताको कार्यालयको च नं १९७६, मिति २०७८।३।२९ को पत्रको निर्देशन नं १९ अनुसार अनुसन्धान गर्ने निकायको निरीक्षण गरी हदम्यादभित्र अनुसन्धान र अभियोजन गर्ने व्यवस्था मिलाउनुपर्ने निम्नबमोजिमको निर्देशनअनुरूप मुलुकी अपराध संहिता, २०७४ तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ का अनुसूची १ र २ बमोजिमका कसूरहरूको अनुसन्धान गर्ने निकायहरूको निरीक्षण यो कार्यालयले हालै सम्पन्न गरेको छ।

 

. सबै सरकारी वकील कार्यालयले प्रत्येक वर्ष श्रावण महिनामा अनुसन्धान गर्ने निकायको निरीक्षण गरी मुद्दाको संख्यात्मक विवरण, फरार प्रतिवादीको नाम/हुलिया, मुद्दा दायर गर्न बाँकी हदम्याद आदि विषयका विवरण महान्यायाधिवक्ताको कार्यालयको मुद्दा व्यवस्थापन महाशाखामा पठाउने।

 

. मुद्दाको प्रकृतिबाट अनुसन्धान गर्नुपर्ने देखिए तत्काल अनुसन्धान गर्न गराउन आवश्यक निर्देशन दिने र प्रतिवादी फरार रहेकोमा खोजतलास गर्न सम्बन्धित निकायसँग समन्वय र ताकेता गर्ने गराउने।

 

उपर्युक्तबमोजिमको निर्देशनानुसार मिति २०७८।४।११ गते जिल्ला प्रहरी कार्यालयअन्तर्गतको मुद्दा शाखाको काम कारवाहीका सम्बन्धमा जिल्ला प्रहरी कार्यालयका प्रनाउ चित्रबहादुर भट्टराई, प्रनि जनकबहादुर धामी, प्रनानि राजु पुरीसहित अन्य प्रहरी कर्मचारीहरूको रोहवरमा छलफल गरी सो कार्यालयको निरीक्षण सम्पन्न गरियो।

 

त्यसैगरी मिति २०७८।४।१२ गते जिल्ला वन कार्यालय, मुगुको तथा मिति २०७८।४।१३ गते रारा राष्ट्रिय निकुञ्जको निरीक्षण गरी महान्यायाधिवक्ताको कार्यालयको निर्देशनबमोजिमका कार्यहरू यथासमयमै सम्पन्न गर्ने विषयमा छलफल गरियो।निरीक्षण कार्यमा जिल्ला वन कार्यालयका सहायक वन अधिकृत प्रणिल देवकोटा तथा रारा राष्ट्रिय निकुञ्जका रेञ्जर पदम बुढाले सहजीकरण गर्नुभएको थियो।

 

निरीक्षण कार्यमा सघाउन यो कार्यालयका नायब सुब्बा सुनमाया मल्ल तथा सहायक कम्प्युटर अपरेटर बखतबहादुर शाहीसमेत उपस्थित हुनुहुन्थ्यो।


संलग्न जोडिएका विवरणहरु

No Attachments
सूचना

सरकारी वकील र अनुसन्धान अधिकारीबीच २०७९/०२/२७ गते बैठक सम्पन्न ।


उच्च सरकारी वकील कार्यालय जुम्ला का नि. सह-न्यायाधिवक्ता श्री शम्भु गौतम र सहायक न्यायाधिवक्ता श्री सीताराम राउत सहित को टोलले जिल्ला सरकारी वकील कार्यालय गमगढी मुगुमा मिति २०७८/१२/१७ गते निरीक्षण सम्पन्न ।


मिति 2078/11/29 गते आईतबार अनुसन्धान तथा अभियोजन सुदृढ र प्रभाबकारी बानाउन नि. जिल्ला न्यायाधिवक्ता श्री प्रकाश थापाको संयोजकत्वमा समन्वय समितिको बैठक सम्पन्न ।


मिति २०७८/११/११ गतेका दिन जिल्ला सरकारी वकील कार्यालय मुगुमा अनुसन्धन अधिकारी र सरकारी वकील बिच बैठक सम्पन्न ।


आ.ब. २०७८/०७९ को पुजिंगत बजेट अन्तर्गत कार्यालयको स्नान घर र शौचालय साथै भन्सा घर निर्माण भैइरएको