समुदायमा सरकारी वकील कार्यक्रम २०७७।९।१ गते सम्पन्न

samachar

2077-9-1

जिल्ला सरकारी वकील कार्यालय, मुगुको आयोजनामा मिति २०७७।९।१ गते मुगुम् कार्मारोङ गाउँपालिकाको वडा नं ९, छयाल गाउँमा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न भएको छ।उक्त कार्यक्रममा मुगु जिल्ला अदालतका माननीय न्यायाधीश माननीय श्री पुण्यप्रसाद सापकोटा, मुगु जिल्ला अदालतका श्रेस्तेदार श्री निर्मला खड्का, मुगुम् कार्मारोङ गाउँपालिका वडा नं  ९ का वडाध्यक्ष श्री  सिँह बुढालगायतको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा सहायक जिल्ला न्यायाधिवक्ता विजयराज घिमिरेले गाउँ टोलमा जुनसुकै प्रकारको फौजदारी मुद्दा मिलापत्र भइरहेको भन्ने समाचार आइरहेकोले त्यस्ता कार्यहरू नगर्न आग्रह गर्नुभयो भने कानूनले नै मिलापत्र गर्न मार्गप्रशस्त गरेको ठगी मुद्दामा मिलापत्र गर्न सरकारी वकील कार्यालयले आवश्यक सहजीकरण गर्ने बताउनुभयो।बालविवाह, बहुविवाह, जबरजस्ती करणीजस्ता मुद्दाहरूको संख्या जिल्लामा बढिरहेको तथा कानूनको अज्ञानता क्षम्य नहुने भएकोले कानूनी साक्षरताका लागि सरकारी वकील कार्यालय सदा तत्पर रहेकोले सेवाको मौका प्रदान गर्न स्थानीय जनतासँग आग्रह गर्नुभयो।

कार्यक्रममा जिल्ला न्यायाधीश माननीय श्री पुण्यप्रसाद सापकोटाले अदालती कामकारवाहीका बारेमा अवगत गराउनुभएको थियो।साथै राज्यले गरीब असहायहरूका लागि वैतनिक वकीलको व्यवस्था गरेकाले अदालत परिसरमा वैतनिक वकील नरबहादुर रावलसँग भेटेर आवश्यक परामर्श लिनसमेत आग्रहसमेत गर्नुभयो।

त्यसैगरी उक्त कार्यक्रममा अधिवक्ता कुवेरजङ्ग शाहीले समेत आफ्नो मन्तव्य राख्नुभएको थियो।

कार्यक्रममा ३८ जनाको सहभागिता रहेको थियो।


संलग्न जोडिएका विवरणहरु

No Attachments
सूचना

सरकारी वकील र अनुसन्धान अधिकारीबीच २०७९/०२/२७ गते बैठक सम्पन्न ।


उच्च सरकारी वकील कार्यालय जुम्ला का नि. सह-न्यायाधिवक्ता श्री शम्भु गौतम र सहायक न्यायाधिवक्ता श्री सीताराम राउत सहित को टोलले जिल्ला सरकारी वकील कार्यालय गमगढी मुगुमा मिति २०७८/१२/१७ गते निरीक्षण सम्पन्न ।


मिति 2078/11/29 गते आईतबार अनुसन्धान तथा अभियोजन सुदृढ र प्रभाबकारी बानाउन नि. जिल्ला न्यायाधिवक्ता श्री प्रकाश थापाको संयोजकत्वमा समन्वय समितिको बैठक सम्पन्न ।


मिति २०७८/११/११ गतेका दिन जिल्ला सरकारी वकील कार्यालय मुगुमा अनुसन्धन अधिकारी र सरकारी वकील बिच बैठक सम्पन्न ।


आ.ब. २०७८/०७९ को पुजिंगत बजेट अन्तर्गत कार्यालयको स्नान घर र शौचालय साथै भन्सा घर निर्माण भैइरएको