श्री सिद्धार्थ मा.वि. कुश्मा नवलपरासीमा "समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न"

samachar

2075-12-4

समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ......

मिति २०७५।१२।०३ गते आईतबार समुदायमा सरकारी वकील कार्यक्रम अन्तरगत "सरकारी वकीलको सांगठनिक संरचना, काम, कर्तव्य एवं समग्र समुदायप्रति यसको दायित्व" विषय कार्यक्रम समुदायलाई जानकारी गराउने उद्देश्यले नवलपरासी जिल्लाको पाल्हिनन्दन गाउँपालिका वडा नं. ३ कुश्मा नवलपरासी स्थित श्री सिद्धार्थ माध्यमिक विद्यालयमा उच्च सरकारी वकील कार्यालय बुटवलका सह-न्यायाधिवक्ता श्रीमान् राम कुमार थापाज्यूको अध्यक्षता, पाल्हिनन्दन गाउँपालिकावडाका अध्यक्ष श्री बैजु प्रसाद गुप्ताज्यूको प्रमुख आतिथ्य, सोही गाउँपालिका उपाध्यक्ष एवं न्यायिक समितिका संयोजक श्री पावित्री कुमारी कोहारज्यू, न्यायीक समितिका सदस्यज्यूहरु, सोही गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री दुर्गा पौडेलज्यू, सोही गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष श्री गोधन प्रसाद हरिजनज्यू, इलाका प्रहरी कार्यालय पिपरहवाका कार्यालय प्रमुख प्र.ना.नि. श्री राधा कृष्ण नाथज्यू, विद्यालय व्यवस्थापन समिति, शिक्षक शिक्षीका, विद्यार्थि एवं पत्रकारहरु गरी ६७ जनाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा उच्च सरकारी वकील कार्यालय बुटवलका उप-न्यायाधिवक्ता श्री श्याम सुन्दर चौधरीज्यूले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो साथै करिव १० जना सहभागिहरुबाट उठाईएका जिज्ञासाहरुको कार्यक्रमका अध्यक्ष एवं उ.स.व.का. बुटवलका सह-न्यायाधिवक्ता श्रीमान् राम कुमार थापाज्यूले समय सान्दर्भिक उदाहरणहरु सहित सम्वोधन गर्नु भएको थियो । उक्त कार्यक्रममा पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष श्री बैजु प्रसाद गुप्ता, उपाध्यक्ष श्री पावित्री कुमारी कोहार, प्रमुख प्रशासकीय अधिकृत श्री दुर्गा पौडेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केदार गिरीज्यूले मन्तव्य राख्नु भएको थियो साथै उ.स.व.का. बुटवलका शाखा अधिकृत श्री उशा गजमेरले सहभागीलाई स्वागत गर्दै कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नु भएको थियो भने सो कार्यक्रमको संचालन उ.स.व.का. बुटवलका ना.सु. श्री सुरेश प्रसाद यादवले गर्नु भएको थियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments
सूचना

सम्पत्ति शुद्धीकरण निवारण तथा अन्य केही ऐनलाई संशोधन गर्न बनेको ऐन, (राजपत्र २०८० चैत्र ३०)


बढुवा समितिको सचिवालयको सूचना (२०८०।११।०९)


निर्णय कार्यान्वयन सम्वन्धमा (नेपाल सम्वत)


नेपाल सरकार वादी हुने फौजदारी मुद्दाको अनुसन्धान तथा अभियोजन सम्बन्धी निर्देशिका, २०८०


प्रदेश सरकार तथा स्थानीय तहको लिखित जवाफ तथा प्रतिरक्षा सम्बन्धमा महान्यायाधिवक्ताको कार्यालयको २०८०।०५।०४ को परिपत्र


महान्यायाधिवक्ताको कार्यालयबाट सबै उच्च सरकारी वकील कार्यालयहरुको लागि स्वीकृत वार्षिक कार्ययोजना (आ.व. ०८०।०८१)


रुपन्देही जिल्ला स्थित रहेका कार्यालयहरुको नाम, सम्पर्क व्यक्ति, टेलीफोन नं. (संघ/प्रदेश) सहित (आव ०८०।०८१)


निजामती सेवा नियमावली, २०५० एकिकृत बाह्रौ संशोधन २०७२ सहित


निजामती सेवा ऐन, २०४९ (संसोधन २०७२ समेत)


निजामती सेवाका कर्मचारीको आचरण सम्बन्धी नियमावली, २०६५


समाचार

(समुदायमा सरकारी वकील कार्यक्रम भाग-२)- सरकारी वकील र शिक्षक तथा विद्यार्थीहरु बीच अन्तरक्रिया कार्यक्रम - २०८० सम्पन्न (२०८०।०९।०६ श्री नविन औद्योगिक कदर बहादुर रीता मा.वी.)


सरकारी वकील र शिक्षक तथा विद्यार्थीहरु बीच अन्तरक्रिया कार्यक्रम - २०८० सम्पन्न (२०८०।०६।०५ सिटी क्याम्पस बुटवल)


२०८० श्रावण महिनाको नियमित बैठक (Staff Meeting) सम्वन्धमा :- (२०८०।०४।२६ गते शुक्रबार)


मातहत कार्यालयका जिल्ला न्यायाधिवक्ताहरुसँग भएको बैठक/अन्तरक्रिया कार्यक्रम सम्वन्धमा ..(२०८०।०३।०५)


२०८० जेष्ठ महिनाको नियमित बैठक (Staff Meeting) सम्वन्धमा :- (२०८०।०२।३० गते मंगलबार)


योजना कार्यान्वयन समिति गठन सम्वन्धमा (नयाँ ) - २०८०।०२।३०


सरकारी वकील र समुदाय बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न (२०७९।१०।१३)


२०७९ पौष महिनाको नियमित बैठक (Staff Meeting) सम्वन्धमा :- (२०७९।०९।२९ गते शुक्रबार)


मातहतका कार्यालयहरुसँग भएको बैठक/अन्तरक्रिया कार्यक्रम सम्वन्धमा ..(२०७९।०३।३१)


कार्यालयको कार्यसम्पादन प्रतिवेदन फारमको रिपोर्ट सम्मवन्धमा .... (२०७९।०२।२९)