श्री सिद्धार्थ मा.वि. कुश्मा नवलपरासीमा "समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न"

samachar

2075-12-4

समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ......

मिति २०७५।१२।०३ गते आईतबार समुदायमा सरकारी वकील कार्यक्रम अन्तरगत "सरकारी वकीलको सांगठनिक संरचना, काम, कर्तव्य एवं समग्र समुदायप्रति यसको दायित्व" विषय कार्यक्रम समुदायलाई जानकारी गराउने उद्देश्यले नवलपरासी जिल्लाको पाल्हिनन्दन गाउँपालिका वडा नं. ३ कुश्मा नवलपरासी स्थित श्री सिद्धार्थ माध्यमिक विद्यालयमा उच्च सरकारी वकील कार्यालय बुटवलका सह-न्यायाधिवक्ता श्रीमान् राम कुमार थापाज्यूको अध्यक्षता, पाल्हिनन्दन गाउँपालिकावडाका अध्यक्ष श्री बैजु प्रसाद गुप्ताज्यूको प्रमुख आतिथ्य, सोही गाउँपालिका उपाध्यक्ष एवं न्यायिक समितिका संयोजक श्री पावित्री कुमारी कोहारज्यू, न्यायीक समितिका सदस्यज्यूहरु, सोही गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री दुर्गा पौडेलज्यू, सोही गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष श्री गोधन प्रसाद हरिजनज्यू, इलाका प्रहरी कार्यालय पिपरहवाका कार्यालय प्रमुख प्र.ना.नि. श्री राधा कृष्ण नाथज्यू, विद्यालय व्यवस्थापन समिति, शिक्षक शिक्षीका, विद्यार्थि एवं पत्रकारहरु गरी ६७ जनाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा उच्च सरकारी वकील कार्यालय बुटवलका उप-न्यायाधिवक्ता श्री श्याम सुन्दर चौधरीज्यूले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो साथै करिव १० जना सहभागिहरुबाट उठाईएका जिज्ञासाहरुको कार्यक्रमका अध्यक्ष एवं उ.स.व.का. बुटवलका सह-न्यायाधिवक्ता श्रीमान् राम कुमार थापाज्यूले समय सान्दर्भिक उदाहरणहरु सहित सम्वोधन गर्नु भएको थियो । उक्त कार्यक्रममा पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष श्री बैजु प्रसाद गुप्ता, उपाध्यक्ष श्री पावित्री कुमारी कोहार, प्रमुख प्रशासकीय अधिकृत श्री दुर्गा पौडेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केदार गिरीज्यूले मन्तव्य राख्नु भएको थियो साथै उ.स.व.का. बुटवलका शाखा अधिकृत श्री उशा गजमेरले सहभागीलाई स्वागत गर्दै कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नु भएको थियो भने सो कार्यक्रमको संचालन उ.स.व.का. बुटवलका ना.सु. श्री सुरेश प्रसाद यादवले गर्नु भएको थियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments
सूचना

महान्यायाधिवक्ताको कार्यालयको चौथो पञ्चवर्षीय रणनीतिक योजना (आर्थिक वर्ष २०८३/८४–२०८७/८८)


मोबाइल स्क्यानिङ एप प्रयोग गरी सरकारी कागजात स्क्यान नगर्ने सम्बन्धमा ।


फ्रन्ट डेस्कमा काम गर्ने कर्मचारीको विवरण


कार्यालय समय परिवर्तन सम्वन्धमा (२०८२ चैत्र २३ गते देखी)


सम्पत्ति तथा मालसामानको लिलाम बढाबढको सूचना : (प्रकाशन मिति: २०८२।१०।११)


लुटपाट भएका सामाग्रीहरु भेटेमा बुझाईदिने सम्बन्धमा .... (२०८२।०५।३०)


महान्यायाधिवक्ताको कार्यालयको मिति २०८२/०४/१५ गतेको परिपत्र सम्बन्धमा ।


महान्यायाधिवक्ताको कार्यालयबाट उच्च सरकारी वकील कार्यालयको लागि स्वीकृत वार्षिक कार्ययोजना (आ.व. ०८१।०८२)


महान्यायाधिवक्ताको कार्यालयबाट उच्च सरकारी वकील कार्यालयको लागि स्वीकृत वार्षिक कार्ययोजना (आ.व. ०८२।०८३)


स्वीकृत वार्षिक कार्ययोजना आ.व. २०८२।०८३ 'मातहत जि.स.व.का. (रुपन्देही, नवलपरासी (ब.सु.प.), कपिलबस्तु, अर्घाखाँची, गुल्मी र पाल्पा)'


समाचार

मातहत कार्यालयहरुसँगको आ.व. २०८२।०८३ को वार्षिक समिक्षा कार्यक्रम सम्वन्धमा ......... (२०८३।०३।२९)


समुदायमा सरकारी वकील कार्यक्रम सम्वन्धमा (२०८३।०२।२१)


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न...... (२०८२।१२।०४)


उच्च सरकारी वकील कार्यालयको समन्वय समितिको बैठक सम्वन्धमा (२०८२।०५।०३ गते मंगलबार)


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न...... (२०८२।०३।११)


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न...... (२०८२।०१।२६)


उच्च सरकारी वकील कार्यालय, समन्वय समितिको बैठक सम्बन्धमा ..... (२०८१।०९।२१)


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ..( दोस्रो संस्करण २०८१।०८।१७)


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ..(२०८१।०७।०९)


कार्यालयको नियमित बैठक सम्बन्धमा ..(२०८१।०७।०६)