2082-3-11
मिति २०८२।०३।११ गते बुधबार समुदायमा सरकारी वकील कार्यक्रम अन्तरगत "सरकारी वकीलको सांगठनिक संरचना र काम, कर्तव्य एवं कानूनका बारेमा जानकारी प्रदान गर्ने" कार्यक्रम अन्तर्गत समुदाय/विद्यार्थीलाई जानकारी गराउने उद्देश्यले रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका वडा नं. ३ स्थित श्री बुटवल बहुमुखी क्याम्पसमा उच्च सरकारी वकील कार्यालय बुटवलका सह-न्यायाधिवक्ता श्री सोमकान्ता भण्डारीज्यूको अध्यक्षता, सोही क्याम्पसका क्याम्पस प्रमुख डा. अरुण कुमार क्षेत्रीज्यूको प्रमुख आतिथ्यता, बुटवल बहुमुखी क्याम्पसका सह-प्राध्यापक एवं BALLB कार्यक्रमका निर्देशक श्री नवराज पंगेनीज्यू, बुटवल बहुमुखी क्याम्पसका उप-प्राध्यापक एवं LLB कार्यक्रमका संयोजक श्री जिवनारायण अधिकारीज्यूको आतिथ्यता, उच्च सरकारी वकील कार्यालय बुटवलका उप-न्यायाधिवक्ता श्री प्रकाश मरासिनीज्यू, सोही क्याम्पसका प्राध्यापकहरु श्री अर्जुन सिंह क्षेत्रीज्यू, श्री जिवलाल पाण्डेज्यू, श्री सुरेश पौड्लज्यू, श्री गंगा पुनज्यू, श्री प्रिती साउतज्यू, अन्य कर्मचारीज्यूहरु, बुटवल बहुमुखी क्याम्पसको BALLB मा अध्ययनरत विद्यार्थीहरु लगायत कार्यक्रममा सहभागी उच्च सरकारी वकील कार्यालय बुटवलका कर्मचारीहरु गरी ४७ जनाको उपस्थितिमा उच्च सरकारी वकील कार्यालय बुटवलको आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो ।
उक्त कार्यक्रममा उच्च सरकारी वकील कार्यालय, बुटवलका सह-न्यायाधिवक्ता श्री सोमकान्ता भण्डारीज्यूले "सरकारी वकीलको सांगठनिक संरचना र काम, कर्तव्य र अधिकार" विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने उच्च सरकारी वकील कार्यालय बुटवलका उप-न्यायाधिवक्ता श्री प्रकाश मरासिनीज्यूले "फौजदारी कार्यविधि" विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
उक्त कार्यक्रममा सह-न्यायाधिवक्ता एवं कार्यक्रमका अध्यक्ष श्री सोमकान्ता भण्डारीज्यूले सहभागिहरुबाट सरकारी वकील, सरकारवादी मुद्दा, बाल अधिकार सम्वन्धमा उठाईएका जिज्ञासाहरुको विभिन्न उदाहरणहरु सहित जिज्ञासालाई सम्वोधन गर्नु भई अध्यक्षताको मन्तव्य राख्दै कार्यक्रमलाई सफल बनाउन आ-आफ्नो क्षेत्रबाट सहयोग गर्ने सबै सहयोगी मनहरुलाई धन्यबाद दिनुभएको थियो ।
सो कार्यक्रममा बुटवल बहुमुखी क्याम्पस कानून विद्यार्थी कल्याणकारी समाजको सदस्य श्री समिक्षा तिमिल्सिना, बुटवल बहुमुखी क्याम्पस कानून विद्यार्थी कल्याणकारी समाजको अध्यक्ष श्री विवेक बश्याल क्षेत्री, सोही क्याम्पसका उप-प्राध्यापक श्री जीवनारायण अधिकारी, सह-प्राध्यापक श्री नवराज पंगेनी, कार्यक्रमका प्रमुख अतिथि एवं क्याम्पस प्रमुख डा. अरुण कुमार क्षेत्रीज्यूले मन्तव्य राख्नु भएको थियो । उक्त कार्यक्रम उच्च सरकारी वकील कार्यालय बुटवलका कम्प्यूटर अपरेटर श्री बुद्धिराम पराजुलीज्यूले अतिथि एवं सहभागीहरुलाई स्वागत गर्दै कार्यक्रमको औचित्यमाथि प्रकाश पारी कार्यक्रमको सञ्चालन गर्नु भएको थियो ।
अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलहरूको तेस्रो राष्ट्रिय सम्मेलन, २०८२ को घोषणापत्र ....
महान्यायाधिवक्ताको कार्यालयको मिति २०८२।०१।३१ गते परिपत्र सम्वन्धमा ....
महान्यायाधिवक्ताको कार्यालयको निर्देशन सम्बन्धमा ..... (२०८१।०१।३१)
२०७८ बैशाख २ गते देखि २०८० असोज ४ गतेसम्म महान्यायाधिवक्ताको कार्यालयबाट जारी भएका निर्देशन तथा परिपत्रहरुको संगालो .....
बढुवा सचिवालयको बढुवा सिफारिस सम्वन्धी सूचना (२०८१।११।१२)
महान्यायाधिवक्ताको कार्यालयको निर्देशन सम्बन्धमा (२०८१।०६।०८)
अधिकार प्रत्यायोजन सम्बन्धमा (२०८१।०६।०८)
फौजदारी कसूर (कैद कट्टा) (तेस्रो संसोधन) नियमावली-२०८१
सम्पत्ति शुद्धीकरण निवारण तथा अन्य केही ऐनलाई संशोधन गर्न बनेको ऐन, (राजपत्र २०८० चैत्र ३०)
बढुवा समितिको सचिवालयको सूचना (२०८०।११।०९)
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न...... (२०८२।०३।११)
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न...... (२०८२।०१।२६)
उच्च सरकारी वकील कार्यालय, समन्वय समितिको बैठक सम्बन्धमा ..... (२०८१।०९।२१)
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ..( दोस्रो संस्करण २०८१।०८।१७)
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ..(२०८१।०७।०९)
कार्यालयको नियमित बैठक सम्बन्धमा ..(२०८१।०७।०६)
मातहत कार्यालयहरुसँग भएको बैठक/अन्तरक्रिया सम्बन्धमा ..(२०८१।०६।१८)
कार्यालय प्रमुख श्री सोमकान्ता भण्डारीद्धारा पदभार ग्रहण (Photo Features)
माननीय महान्यायाधिवक्ता श्री रमेश बडालज्यू समेतको टोलीबाट कार्यालयको अनुगमन निरीक्षण सम्वन्धमा (२०८१।०५।०१ र २ गते)
मातहतका जिल्ला सरकारी वकील कार्यालयहरुको स्वीकृत वार्षिक कार्ययोजना (२०८१।०८२)