समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ..(२०८१।०७।०९)

samachar

2081-7-11

मिति २०८१।०७।०९ गते शुक्रबार समुदायमा सरकारी वकील कार्यक्रम अन्तरगत "सरकारी वकीलको सांगठनिक संरचना र काम, कर्तव्य एवं कानूनका बारेमा जानकारी प्रदान गर्ने" कार्यक्रम अन्तर्गत समुदाय/विद्यार्थीलाई जानकारी गराउने उद्देश्यले नवलपरासी (ब.सु.प.) जिल्लाको सुनवल नगरपालिका वडा नं. ४ स्थित श्री महाकवि देवकोटा नुमना मा.वि. मा उच्च सरकारी वकील कार्यालय बुटवलका सह-न्यायाधिवक्ता श्री सोमकान्ता भण्डारीज्यूको अध्यक्षता, सोही विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री ज्ञानहरी अर्यालज्यूको प्रमुख आतिथ्यता, उच्च सरकारी वकील कार्यालय बुटवलका उप-न्यायाधिवक्ता श्री प्रकाश मरासिनीज्यू, शिक्षक अभिभावक संघका अध्यक्ष श्री डिल्लिराम शर्माज्यू, विद्यालयका प्राचार्य श्री खेमलाल शर्माज्यू, विद्यालयमा अध्यापनरत शिक्षक शिक्षिकाज्यूहरु, अन्य कर्मचारीज्यूहरु, महाकवि देवकोटा नुमना मा.वि.को कानून संकाय एवं अन्य संकायमा अध्ययनरत कक्षा १२ का विद्यार्थीहरु लगायत कार्यक्रममा सहभागी उच्च सरकारी वकील कार्यालय बुटवलका कर्मचारीहरु गरी १३७ (82 महिला ५५ पुरुष) जनाको उपस्थितिमा उच्च सरकारी वकील कार्यालय बुटवलको आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा उच्च सरकारी वकील कार्यालय, बुटवलका सह-न्यायाधिवक्ता श्री सोमकान्ता भण्डारीज्यूले "सरकारी वकीलको सांगठनिक संरचना र काम, कर्तव्य र अधिकार" विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने उ.स.व.का. बुटवलका उप-न्यायाधिवक्ता श्री प्रकाश मरासिनीज्यूले "बाल न्याय र पीडितका अधिकार" विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

उक्त कार्यक्रममा सहभागिहरुबाट सरकारी वकील, सरकार वादी मुद्दा, बाल अधिकार सम्वन्धमा उठाईएका जिज्ञासाहरुको उच्च सरकारी वकील कार्यालय बुटवलका सह-न्यायाधिवक्ता श्री सोमकान्ता भण्डारीज्यूले उदाहरणहरु सहित जिज्ञासालाई सम्वोधन गर्नु भएको थियो साथै कार्यक्रम सफल बनाउन आ-आफ्नो क्षेत्रबाट सहयोग गर्ने सबै सहयोगी मनहरुलाई धन्यबाद दिनुभएको थियो ।

सो कार्यक्रममा सहभागी विद्यार्थीको तर्फबाट कक्षा १२ को कानून संकायमा अध्ययनरत श्री अपेक्षा ढकालज्यू र श्री दिपा थापाज्यू, विद्यालयका प्राचार्य श्री खेमलाल शर्माज्यू, महाकवि देवकोटा नमुना मा.वि. विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं उक्त कार्यक्रमका प्रमुख अतिथि श्री ज्ञानहरी अर्यालज्यूले मन्तव्य राख्नु भएको थियो । उक्त कार्यक्रम उ.स.व.का. बुटवलका सहायक न्यायाधिवक्ता श्री केशव न्यौपानेज्यूले सहभागीहरुलाई स्वागत गर्दै कार्यक्रमको औचित्यमाथि प्रकाश पारी कार्यक्रमको सञ्चालन गर्नु भएको थियो ।

 


संलग्न जोडिएका विवरणहरु

No Attachments
सूचना

महान्यायाधिवक्ताको कार्यालयको निर्देशन सम्बन्धमा (२०८१।०६।०८)


अधिकार प्रत्यायोजन सम्बन्धमा (२०८१।०६।०८)


फौजदारी कसूर (कैद कट्टा) (तेस्रो संसोधन) नियमावली-२०८१


सम्पत्ति शुद्धीकरण निवारण तथा अन्य केही ऐनलाई संशोधन गर्न बनेको ऐन, (राजपत्र २०८० चैत्र ३०)


बढुवा समितिको सचिवालयको सूचना (२०८०।११।०९)


निर्णय कार्यान्वयन सम्वन्धमा (नेपाल सम्वत)


नेपाल सरकार वादी हुने फौजदारी मुद्दाको अनुसन्धान तथा अभियोजन सम्बन्धी निर्देशिका, २०८०


प्रदेश सरकार तथा स्थानीय तहको लिखित जवाफ तथा प्रतिरक्षा सम्बन्धमा महान्यायाधिवक्ताको कार्यालयको २०८०।०५।०४ को परिपत्र


महान्यायाधिवक्ताको कार्यालयबाट सबै उच्च सरकारी वकील कार्यालयहरुको लागि स्वीकृत वार्षिक कार्ययोजना (आ.व. ०८०।०८१)


रुपन्देही जिल्ला स्थित रहेका कार्यालयहरुको नाम, सम्पर्क व्यक्ति, टेलीफोन नं. (संघ/प्रदेश) सहित (आव ०८०।०८१)


समाचार

उच्च सरकारी वकील कार्यालय, समन्वय समितिको बैठक सम्बन्धमा ..... (२०८१।०९।२१)


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ..( दोस्रो संस्करण २०८१।०८।१७)


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ..(२०८१।०७।०९)


कार्यालयको नियमित बैठक सम्बन्धमा ..(२०८१।०७।०६)


मातहत कार्यालयहरुसँग भएको बैठक/अन्तरक्रिया सम्बन्धमा ..(२०८१।०६।१८)


कार्यालय प्रमुख श्री सोमकान्ता भण्डारीद्धारा पदभार ग्रहण (Photo Features)


माननीय महान्यायाधिवक्ता श्री रमेश बडालज्यू समेतको टोलीबाट कार्यालयको अनुगमन निरीक्षण सम्वन्धमा (२०८१।०५।०१ र २ गते)


मातहतका जिल्ला सरकारी वकील कार्यालयहरुको स्वीकृत वार्षिक कार्ययोजना (२०८१।०८२)


उच्च सरकारी वकील कार्यालयको स्वीकृत वार्षिक कार्ययोजना (०८१।०८२)


योजना कार्यान्वयन समिति गठन सम्वन्धमा (आ.व. ०८१।०८२)