2082-12-4
मिति २०८२।१२।०४ गते सोमबार समुदायमा सरकारी वकील कार्यक्रम अन्तरगत "सरकारी वकीलको सांगठनिक संरचना र काम, कर्तव्य एवं कानूनका बारेमा जानकारी प्रदान गर्ने" कार्यक्रम अन्तर्गत समुदाय/जनप्रतिनिधिलाई जानकारी गराउने उद्देश्यले रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका वडा नं. ३ स्थित बुटवल उपमहानगरपालिका वडा नं. ३ को कार्यालयमा उच्च सरकारी वकील कार्यालय बुटवलका सहन्यायाधिवक्ता श्री सन्देश श्रेष्ठज्यूको अध्यक्षता, सोही वडाका वडा अध्यक्ष श्री बिष्णु ढकालज्यूको प्रमुख आतिथ्यता, उच्च सरकारी वकील कार्यालय बुटवलका उपन्यायाधिवक्ता श्री खिमानन्द गौतमज्यू, वडा नं. ३ का जनप्रतिनिधिहरु, बिभिन्न टोल बिकास संस्थाका अध्यक्षहरु, आमा समूहका अध्यक्षहरु, मेलमिलाप सहजकर्ताहरु, सामुदायीक प्रहरी, वडा नं. ३ का कर्मचारीहरु लगायत कार्यक्रममा सहभागी उच्च सरकारी वकील कार्यालय बुटवलका अन्य कर्मचारीहरु गरी ४७ जनाको उपस्थितिमा उच्च सरकारी वकील कार्यालय बुटवलको आयोजनामा कार्यक्रम भएको थियो ।
उक्त कार्यक्रममा उच्च सरकारी वकील कार्यालय, बुटवलका सहायक न्यायाधिवक्ता श्री बसन्तराज पोख्रेलज्यूले "सरकारी वकीलको सांगठनिक संरचना, काम कर्तव्य एवं कानूनी सचेतना" विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
उक्त कार्यक्रममा सहभागिहरुबाट सरकारी वकील, सरकार वादी मुद्दा, बाल अधिकार, घरेलु हिंसा, बहुविवाह, सम्बन्ध विच्छेद लगायतका बिषयमा उठाईएका जिज्ञासाहरुको उच्च सरकारी वकील कार्यालय बुटवलका उप-न्यायाधिवक्ता श्री खिमानन्द गौतम र निशुल्क कानूनी सहायता समितिका अधिकृत श्री विष्णु प्रसाद भुसालज्यूले उदाहरणहरु सहित जिज्ञासालाई सम्वोधन गर्नु भएको थियो भने सहन्यायाधिवक्ता एवं कार्यक्रमका अध्यक्ष श्री सन्देश श्रेष्ठज्यूले अध्यक्षताको मन्तव्य राख्दै कार्यक्रमलाई सफल बनाउन आ-आफ्नो क्षेत्रबाट सहयोग गर्ने सबै सहयोगी मनहरुलाई धन्यबाद दिनुभएको थियो ।
सो कार्यक्रममा रामापिथेकस टोल बिकास संस्थाका अध्यक्ष श्री कमलराज ढुंगाना, मेलमिलापकर्ता संयोजक श्री केशव पन्थी र कार्यक्रमका प्रमुख अतिथि एवं वडा नं. ३ का वडाअध्यक्ष श्री बिष्णु ढकालज्यूले मन्तव्य राख्नु भएको थियो । उक्त कार्यक्रम उच्च सरकारी वकील कार्यालय बुटवलका कम्प्यूटर अपरेटर श्री बुद्धि पराजुलीज्यूले अतिथि एवं सहभागीहरुलाई स्वागत गर्दै कार्यक्रमको औचित्यमाथि प्रकाश पारी कार्यक्रमको सञ्चालन गर्नु भएको थियो ।
सम्पत्ति तथा मालसामानको लिलाम बढाबढको सूचना : (प्रकाशन मिति: २०८२।१०।११)
लुटपाट भएका सामाग्रीहरु भेटेमा बुझाईदिने सम्बन्धमा .... (२०८२।०५।३०)
महान्यायाधिवक्ताको कार्यालयको मिति २०८२/०४/१५ गतेको परिपत्र सम्बन्धमा ।
महान्यायाधिवक्ताको कार्यालयबाट उच्च सरकारी वकील कार्यालयको लागि स्वीकृत वार्षिक कार्ययोजना (आ.व. ०८१।०८२)
महान्यायाधिवक्ताको कार्यालयबाट उच्च सरकारी वकील कार्यालयको लागि स्वीकृत वार्षिक कार्ययोजना (आ.व. ०८२।०८३)
स्वीकृत वार्षिक कार्ययोजना आ.व. २०८२।०८३ 'मातहत जि.स.व.का. (रुपन्देही, नवलपरासी (ब.सु.प.), कपिलबस्तु, अर्घाखाँची, गुल्मी र पाल्पा)'
अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलहरूको तेस्रो राष्ट्रिय सम्मेलन, २०८२ को घोषणापत्र ....
महान्यायाधिवक्ताको कार्यालयको मिति २०८२।०१।३१ गते परिपत्र सम्वन्धमा ....
महान्यायाधिवक्ताको कार्यालयको निर्देशन सम्बन्धमा ..... (२०८१।०१।३१)
२०७८ बैशाख २ गते देखि २०८० असोज ४ गतेसम्म महान्यायाधिवक्ताको कार्यालयबाट जारी भएका निर्देशन तथा परिपत्रहरुको संगालो .....
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न...... (२०८२।१२।०४)
उच्च सरकारी वकील कार्यालयको समन्वय समितिको बैठक सम्वन्धमा (२०८२।०५।०३ गते मंगलबार)
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न...... (२०८२।०३।११)
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न...... (२०८२।०१।२६)
उच्च सरकारी वकील कार्यालय, समन्वय समितिको बैठक सम्बन्धमा ..... (२०८१।०९।२१)
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ..( दोस्रो संस्करण २०८१।०८।१७)
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ..(२०८१।०७।०९)
कार्यालयको नियमित बैठक सम्बन्धमा ..(२०८१।०७।०६)
मातहत कार्यालयहरुसँग भएको बैठक/अन्तरक्रिया सम्बन्धमा ..(२०८१।०६।१८)
कार्यालय प्रमुख श्री सोमकान्ता भण्डारीद्धारा पदभार ग्रहण (Photo Features)