2082-1-28
मिति २०८२।०१।२६ गते शुक्रबार समुदायमा सरकारी वकील कार्यक्रम अन्तरगत "सरकारी वकीलको सांगठनिक संरचना र काम, कर्तव्य एवं कानूनका बारेमा जानकारी प्रदान गर्ने" कार्यक्रम अन्तर्गत पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.मा आवद्ब यातायात व्यवसायीहरु, सवारी चालक/सहचालकहरुलाई सवारी ऐन तथा नियमहरुको बारेमा जानकारी गराउने उद्देश्यले रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका वडा नं. ४ स्थित श्री पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.को सभा हलमा उच्च सरकारी वकील कार्यालय बुटवलका सह-न्यायाधिवक्ता श्री सोमकान्ता भण्डारीज्यूको अध्यक्षता, सोही प्रा.लि.का अध्यक्ष श्री दधिराम खरेलज्यूको विशेष आतिथ्यता, दुर्घटना न्यूनिकरण कार्यक्रम संयोजक श्री नारायण प्रसाद घिमिरेज्यू, लेखा संयोजक श्री मोहन बहादुर पि.एस.ज्यूको आतिथ्यता एवं उच्च सरकारी वकील कार्यालय बुटवलका उप-न्यायाधिवक्ता श्री हरिप्रसाद घिमिरेज्यू, सहायक न्यायाधिवक्ता श्री बसन्तराज पोख्रेलज्यू, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय लुम्बिनी प्रदेशका प्रहरी निरीक्षक श्री ईश्वरी अधिकारीज्यू, पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.का सञ्चालकज्यूहरु, पत्रकार श्री हरिष ढकालज्यू, श्री टोपराज शर्माज्यू लगायत कार्यक्रममा सहभागी उच्च सरकारी वकील कार्यालय बुटवलका कर्मचारीहरु गरी १३६ जनाको उपस्थितिमा उच्च सरकारी वकील कार्यालय बुटवलको आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो ।