समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ..( दोस्रो संस्करण २०८१।०८।१७)

samachar

2081-8-17

मिति २०८१।०८।१७ गते सोमबार समुदायमा सरकारी वकील कार्यक्रम अन्तरगत "सरकारी वकीलको सांगठनिक संरचना र काम, कर्तव्य एवं कानूनका बारेमा जानकारी प्रदान गर्ने" कार्यक्रम अन्तर्गत समुदाय/विद्यार्थीलाई जानकारी गराउने उद्देश्यले रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका वडा नं. ९ स्थित श्री भानु मा.वि. मा उच्च सरकारी वकील कार्यालय बुटवलका सह-न्यायाधिवक्ता श्री सोमकान्ता भण्डारीज्यूको अध्यक्षता, सोही विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री फैज अहमद खानज्यूको प्रमुख आतिथ्यता, उच्च सरकारी वकील कार्यालय बुटवलका उप-न्यायाधिवक्ता श्री रवि न्यौपानेज्यू, शिक्षक अभिभावक संघका अध्यक्ष श्री सलाउद्दिन पठानज्यू, विद्यालयका प्राचार्य श्री मोतिलाल सुवेदीज्यू, विद्यालयमा अध्यापनरत शिक्षक शिक्षिकाज्यूहरु, अन्य कर्मचारीज्यूहरु, भानु मा.वि.को कानून संकाय एवं अन्य संकायमा अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीहरु लगायत कार्यक्रममा सहभागी उच्च सरकारी वकील कार्यालय बुटवलका कर्मचारीहरु गरी ६२(३५ महिला २७ पुरुष) जनाको उपस्थितिमा उच्च सरकारी वकील कार्यालय बुटवलको आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो ।