2081-8-17
मिति २०८१।०८।१७ गते सोमबार समुदायमा सरकारी वकील कार्यक्रम अन्तरगत "सरकारी वकीलको सांगठनिक संरचना र काम, कर्तव्य एवं कानूनका बारेमा जानकारी प्रदान गर्ने" कार्यक्रम अन्तर्गत समुदाय/विद्यार्थीलाई जानकारी गराउने उद्देश्यले रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका वडा नं. ९ स्थित श्री भानु मा.वि. मा उच्च सरकारी वकील कार्यालय बुटवलका सह-न्यायाधिवक्ता श्री सोमकान्ता भण्डारीज्यूको अध्यक्षता, सोही विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री फैज अहमद खानज्यूको प्रमुख आतिथ्यता, उच्च सरकारी वकील कार्यालय बुटवलका उप-न्यायाधिवक्ता श्री रवि न्यौपानेज्यू, शिक्षक अभिभावक संघका अध्यक्ष श्री सलाउद्दिन पठानज्यू, विद्यालयका प्राचार्य श्री मोतिलाल सुवेदीज्यू, विद्यालयमा अध्यापनरत शिक्षक शिक्षिकाज्यूहरु, अन्य कर्मचारीज्यूहरु, भानु मा.वि.को कानून संकाय एवं अन्य संकायमा अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीहरु लगायत कार्यक्रममा सहभागी उच्च सरकारी वकील कार्यालय बुटवलका कर्मचारीहरु गरी ६२(३५ महिला २७ पुरुष) जनाको उपस्थितिमा उच्च सरकारी वकील कार्यालय बुटवलको आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो ।
उक्त कार्यक्रममा उच्च सरकारी वकील कार्यालय, बुटवलका सह-न्यायाधिवक्ता श्री सोमकान्ता भण्डारीज्यूले "सरकारी वकीलको सांगठनिक संरचना र काम, कर्तव्य र अधिकार" विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने उ.स.व.का. बुटवलका उप-न्यायाधिवक्ता श्री रवि न्यौपानेज्यूले "बाल न्याय र पीडितका अधिकार" विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
उक्त कार्यक्रममा सहभागिहरुबाट सरकारी वकील, सरकार वादी मुद्दा, बाल अधिकार सम्वन्धमा उठाईएका जिज्ञासाहरुको उच्च सरकारी वकील कार्यालय बुटवलका उप-न्यायाधिवक्ता श्री रवि न्यौपानेज्यूले उदाहरणहरु सहित जिज्ञासालाई सम्वोधन गर्नु भएको थियो भने सह-न्यायाधिवक्ता एवं कार्यक्रमका अध्यक्ष श्री सोमकान्ता भण्डारीज्यूले अध्यक्षताको मन्तव्य राख्दै कार्यक्रमलाई सफल बनाउन आ-आफ्नो क्षेत्रबाट सहयोग गर्ने सबै सहयोगी मनहरुलाई धन्यबाद दिनुभएको थियो ।
सो कार्यक्रममा विद्यालयका प्राचार्य श्री मोतिलाल सुवेदीज्यू र श्री भानु मा.वि. विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं उक्त कार्यक्रमका प्रमुख अतिथि श्री फैज अहमद खानज्यूले मन्तव्य राख्नु भएको थियो । उक्त कार्यक्रम उच्च सरकारी वकील कार्यालय बुटवलका सहायक न्यायाधिवक्ता श्री गोपाल पौड्यालज्यूले अतिथि एवं सहभागीहरुलाई स्वागत गर्दै कार्यक्रमको औचित्यमाथि प्रकाश पारी कार्यक्रमको सञ्चालन गर्नु भएको थियो ।
महान्यायाधिवक्ताको कार्यालयको चौथो पञ्चवर्षीय रणनीतिक योजना (आर्थिक वर्ष २०८३/८४–२०८७/८८)
मोबाइल स्क्यानिङ एप प्रयोग गरी सरकारी कागजात स्क्यान नगर्ने सम्बन्धमा ।
फ्रन्ट डेस्कमा काम गर्ने कर्मचारीको विवरण
कार्यालय समय परिवर्तन सम्वन्धमा (२०८२ चैत्र २३ गते देखी)
सम्पत्ति तथा मालसामानको लिलाम बढाबढको सूचना : (प्रकाशन मिति: २०८२।१०।११)
लुटपाट भएका सामाग्रीहरु भेटेमा बुझाईदिने सम्बन्धमा .... (२०८२।०५।३०)
महान्यायाधिवक्ताको कार्यालयको मिति २०८२/०४/१५ गतेको परिपत्र सम्बन्धमा ।
महान्यायाधिवक्ताको कार्यालयबाट उच्च सरकारी वकील कार्यालयको लागि स्वीकृत वार्षिक कार्ययोजना (आ.व. ०८१।०८२)
महान्यायाधिवक्ताको कार्यालयबाट उच्च सरकारी वकील कार्यालयको लागि स्वीकृत वार्षिक कार्ययोजना (आ.व. ०८२।०८३)
स्वीकृत वार्षिक कार्ययोजना आ.व. २०८२।०८३ 'मातहत जि.स.व.का. (रुपन्देही, नवलपरासी (ब.सु.प.), कपिलबस्तु, अर्घाखाँची, गुल्मी र पाल्पा)'
मातहत कार्यालयहरुसँगको आ.व. २०८२।०८३ को वार्षिक समिक्षा कार्यक्रम सम्वन्धमा ......... (२०८३।०३।२९)
समुदायमा सरकारी वकील कार्यक्रम सम्वन्धमा (२०८३।०२।२१)
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न...... (२०८२।१२।०४)
उच्च सरकारी वकील कार्यालयको समन्वय समितिको बैठक सम्वन्धमा (२०८२।०५।०३ गते मंगलबार)
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न...... (२०८२।०३।११)
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न...... (२०८२।०१।२६)
उच्च सरकारी वकील कार्यालय, समन्वय समितिको बैठक सम्बन्धमा ..... (२०८१।०९।२१)
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ..( दोस्रो संस्करण २०८१।०८।१७)
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ..(२०८१।०७।०९)
कार्यालयको नियमित बैठक सम्बन्धमा ..(२०८१।०७।०६)