मातहत कार्यालयहरुसँगको आ.व. २०८२।०८३ को वार्षिक समिक्षा कार्यक्रम सम्वन्धमा ......... (२०८३।०३।२९)

samachar

2083-3-30

मिति २०८३।०३।२९ गते सोमबारको दिन उच्च सरकारी वकील कार्यालय बुटवलमा यस कार्यालयका कार्यालय प्रमुख सहन्यायाधिवक्ता श्री सन्देश श्रेष्ठज्यूको अध्यक्षतामा यस कार्यालय र मातहत जिल्ला सरकारी वकील कार्यालय (रुपन्देही, कपिलबस्तु, नवलपरासी (ब.सु.प.), अर्घाखाँची, पाल्पा, गुल्मी) का जिल्ला न्यायाधिवक्ता, उपन्यायाधिवक्ता, सहायक न्यायाधिवक्ता, सहायक जिल्ला न्यायाधिवक्ता लगायत अन्‍य कर्मचारीहरुको उपस्थितिमा वार्षिक कार्यसमिक्षा एवं कार्ययोजनाको साथै मुद्दा सम्वन्धी विविध समस्याका विषयमा बैठक/अन्तरक्रिया सम्पन्न गरी विभिन्न विषयगत प्रस्तावहरु माथि छलफल गरी देहाय बमोजिम गर्ने/गराउने निर्णय गरियो ।

उपस्थिति:

सहन्यायाधिवक्ता श्री सन्देश श्रेष्ठ (उ.स.व.का. बुटवल)

जिल्ला न्यायाधिवक्ता श्री कृष्णचन्द पाण्डे (जि.स.व.का. कपिलबस्तु)

जिल्ला न्यायाधिवक्ता श्री हरिहर पौडेल (जि.स.व.का. गुल्मी)

उपन्यायाधिवक्ता श्री खिमानन्द गौतम (उ.स.व.का. बुटवल)

जिल्ला न्यायाधिवक्ता श्री बासुदेव शर्मा (जि.स.व.का. नवलपरासी (ब.सु.प.)

जिल्ला न्यायाधिवक्ता श्री प्रकाश मरासिनी (जि.स.व.का. रुपन्देही)

जिल्ला न्यायाधिवक्ता श्री डा. सुर्य प्रसाद पौडेल (जि.स.व.का. अर्घाखाँची)

उपन्यायाधिवक्ता श्री विष्णु प्रसाद आचार्य (उ.स.व.का. बुटवल)

जिल्ला न्यायाधिवक्ता श्री चुरामणी पराजुली (जि.स.व.का. पाल्पा)

सहायक न्यायाधिवक्ता श्री गोकर्णराज घिमिरे (उ.स.व.का. बुटवल)

सहायक जिल्ला न्यायाधिवक्ता श्री नारायण आचार्य (जि.स.व.का. कपिलबस्तु)

सहायक जिल्ला न्यायाधिवक्ता श्री खडानन्द पोखरेल (जि.स.व.का. रुपन्देही)

सहायक जिल्ला न्यायाधिवक्ता श्री सुनिल लामिछाने (जि.स.व.का. रुपन्देही)

सहायक जिल्ला न्यायाधिवक्ता श्री बुद्ध बहादुर थापा (जि.स.व.का. कपिलबस्तु)

सहायक न्यायाधिवक्ता श्री बसन्तराज पोख्रेल (उ.स.व.का. बुटवल)

सहायक जिल्ला न्यायाधिवक्ता श्री गोपाल पौड्याल (जि.स.व.का. रुपन्देही)

सहायक जिल्ला न्यायाधिवक्ता श्री चेत बहादुर जि.सी. (जि.स.व.का. रुपन्देही)

लेखापाल श्री दामोदर पोख्रेल (उ.स.व.का. बुटवल)

कम्यूटर अपरेटर श्री बुद्धिराम पराजुली (उ.स.व.का. बुटवल)

कम्यूटर अपरेटर श्री शान्ति गैरे (उ.स.व.का. बुटवल)

नायव सुब्बा श्री सुस्मा गुरुङ्ग (उ.स.व.का. बुटवल)

नायव सुब्बा श्री जीवन घिमिरे (उ.स.व.का. बुटवल)

नायव सुब्बा श्री दामोदर ज्ञवाली (उ.स.व.का. बुटवल)

नायव सुब्बा श्री देविराम बन्जाडे (उ.स.व.का. बुटवल)

खरिदार श्री कुश्मा थापा मगर (उ.स.व.का. बुटवल)

खरिदार श्री जमुना घर्ती मगर (उ.स.व.का. बुटवल)

खरिदार श्री अन्जु पाण्डे भुसाल (उ.स.व.का. बुटवल)

खरिदार श्री बिष्णु प्रसाद भुसाल (उ.स.व.का. बुटवल)

छलफलका लागि प्रस्तुत भएका प्रस्ताव (जेण्डा) हरु :–

प्रस्ताव नं. १ : महान्यायाधिवक्ताको कार्यालयको तेस्रो पञ्चवर्षिय रणनीतिक योजना (आ.व.            २०७८।०७९-२०८२।०८३) को वार्षिक कार्ययोजनाको कार्यान्वयन समिक्षा सम्बन्धमा ।

प्रस्ताव नं. २ : कसूरको अनुसन्धान, अभियोजन तथा अन्य कारवाही सम्बन्धी छलफल सम्वन्धमा।

प्रस्ताव नं. ३ : विविध ।

 

प्रस्ताव नं. १. मा छलफल गर्दा महान्यायाधिवक्ताको कार्यालयको तेस्रो पञ्चवर्षीय रणनीतिक योजना (आ.व. ०७८।०७९-२०८२।८३) ले निर्दिष्ट गरे बमोजिम रणनितिक कार्ययोजनाको .. ०८२/०८३ को लागि मातहतका जिल्ला सरकारी वकील कार्यालयहरुबाट तयार भइ उच्च सरकारी वकील कार्यालय, बुटवलबाट स्वीकृत भएको वार्षिक कार्ययोजनाको क्रियाकलापहरु समयावधीमै सम्पन्न गरी रणनीतिक योजना कार्यान्वयका क्रियाकलापहरुको सूची सहितको प्रतिवेदन नियमित रुपमा उच्च सरकारी वकील कार्यालय बुटवलमा पठाउने र प्राप्त प्रतिवेदनहरुको आधारमा आवश्यकता अनुरुप सामूहिक रुपमा समिक्षा वैठक गर्दै जाने निर्णय गरियो ।

 

  प्रस्ताव नं. २ मा छलफल गर्दा ;

  • यस कार्यालयबाट विभिन्न मितिमा मातहत कार्यालयहरुको निरीक्षणको क्रममा देखिएका कैफियतहरुलाई अक्षरस कार्यान्वयन गर्ने/गराउने ।
  • माथिल्लो निकायमा मिसिल पठाउँदा तत् अवधिसम्म संकलित सम्पूर्ण कागजपत्रहरु (बयान, बकपत्र, परिक्षण प्रतिवेदन, आदेश लगायतका अन्य महत्वपूर्ण कागज) छ छैन सम्बन्धित सरकारी वकीलबाट एकिन गरी सबै कागजातहरु मिसिल सामेल गरेर मात्र पठाउने, पठाउन लगाउने,
  • अभियोजन तथा अन्य काम कारवाहीको साथै उच्च सरकारी वकील कार्यालयमा प्राप्त हुने मस्यौदाहरु (मुद्दा चल्ने/नचल्ने निर्णय, आंशिक निर्णय, निवेदन, पुनरावेदन गर्ने/नगर्ने आदि) पठाउँदा भाषिक शुद्धताको विषयमा ख्याल गरेर पठाउने,
  • आफूले प्रतिनिधित्व र प्रतिरक्षा गरेको मुद्दामा भएको थुनछेकको आदेश उपर सम्बन्धित सरकारी वकीलले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३ बमोजिम निवेदन गर्न नपर्ने भए कारण उल्लेख गरी जिल्ला न्यायाधिवक्ताबाट एकिन निकासा लिएर मििल व्यवस्थापन गर्ने/गराउने,
  • सरकारी वकील कार्यालयबाट सम्पादन हुने अभियोजन, बहस पैरवी, पुनरावेदन सम्बन्धी काम कारवाही प्रचलित कानून, अभियोजन नीति तथा मार्गदर्शन, २०७७ नेपाल सरकार वादी हुने फौजदारी मुद्दाको अनुसन्धान तथा अभियोजन सम्बन्धी निर्देशिका, २०८० महान्यायाधिवक्ताको कार्यालयबाट भएका परिपत्र, अधिकार प्रत्यायोजन, निर्देशन बमोजिम गर्ने गराउने र सो को सम्बन्धमा सरकारी वकील र अन्य कर्मचारीहरु बीचमा नियमित रुपमा छलफल गर्ने ।
  • विभिन्न प्रयोजनका लागि मातहत कार्यालयहरुबाट उच्च सरकारी वकील कार्यालयमा मिसिल पठाउँदा देखिएका एवं पुनरावृती भइरहेका कमि कमजोरीहरुलाई न्यूनीकरण गर्न सबै सरकारी वकीलहरुले विशेष ध्यान दिने ।
  • महान्यायाधिवक्ताको कार्यालय तथा उच्च सरकारी वकील कार्यालयबाट प्राप्त परिपत्रहरुको अभिलेखिकरणलाई चुस्त दुरुस्त बनाउने साथै महान्यायाधिवक्ताको कार्यालयबाट निर्धारित ढाँचामा तोकिएका मुद्दासँग सम्वन्धित रजिष्ट्ररहरुलाई अनिवार्य रुपमा कार्यान्वयन गर्ने/गराउने ।
  • आ-आफ्नो कार्यालयको मुद्दा सम्वन्धि विवरणहरुलाई नियमित रुपमा CMS Entry गर्ने साथै आफ्नो कार्यालयको गतिविधिलाई Website update गर्ने/गराउने ।
  • सबै जिल्ला सरकारी वकील कार्यालयहरुले ई-हाजिरीलाई चुस्त दुरुस्त राखि अनिवार्य पालनाको व्यवस्था मिलाउने
  • सबै जिल्ला सरकारी वकील कार्यालयहरुले सुचना अधिकृत, नागरिक वडापत्र, सुचना पार्टी, गुनासो पेटिका तयार गरि सबैले देख्ने ठाउँमा राख्ने व्यवस्था मिलाउने ।
  • सबै जिल्ला सरकारी वकील कार्यालयहरुबाट जिल्ला अदालत, उच्च अदालत र मुद्दा हेर्ने अधिकारी  समक्ष अभियोगपत्र दर्ता भईसकेपछि सो अभियोगपत्रको Scan copy कार्यालयको Website मा अपलोड गर्ने ।

प्रस्ताव नं. ३ मा छलफल गर्दा माथि उल्लेखित विषयहरुको बारेमा जिल्ला न्यायाधिवक्ताले आ-आफ्नो कार्यालयमा कार्यरत सबै सरकारी वकील लगायत कर्मचारीहरुलाई जानकारी गराई सोही अनरुप कार्य गर्न लगाउने एवं जिम्मेवारी दिने,

  • सबै जिल्ला सरकारी वकील कार्यालयहरुले प्रत्येक महिनाको एक पटक स्टाफ मिटिङ्ग बसी कार्यालयबाट भए गरेका विविध कामको साथै कार्ययोजना कार्यान्वयनको विषयमा मासिक समीक्षा गर्ने/गराउने र सोको जानकारी उच्च सरकारी वकील कार्यालयलाई गराउने ।


संलग्न जोडिएका विवरणहरु

No Attachments
सूचना

महान्यायाधिवक्ताको कार्यालयको चौथो पञ्चवर्षीय रणनीतिक योजना (आर्थिक वर्ष २०८३/८४–२०८७/८८)


मोबाइल स्क्यानिङ एप प्रयोग गरी सरकारी कागजात स्क्यान नगर्ने सम्बन्धमा ।


फ्रन्ट डेस्कमा काम गर्ने कर्मचारीको विवरण


कार्यालय समय परिवर्तन सम्वन्धमा (२०८२ चैत्र २३ गते देखी)


सम्पत्ति तथा मालसामानको लिलाम बढाबढको सूचना : (प्रकाशन मिति: २०८२।१०।११)


लुटपाट भएका सामाग्रीहरु भेटेमा बुझाईदिने सम्बन्धमा .... (२०८२।०५।३०)


महान्यायाधिवक्ताको कार्यालयको मिति २०८२/०४/१५ गतेको परिपत्र सम्बन्धमा ।


महान्यायाधिवक्ताको कार्यालयबाट उच्च सरकारी वकील कार्यालयको लागि स्वीकृत वार्षिक कार्ययोजना (आ.व. ०८१।०८२)


महान्यायाधिवक्ताको कार्यालयबाट उच्च सरकारी वकील कार्यालयको लागि स्वीकृत वार्षिक कार्ययोजना (आ.व. ०८२।०८३)


स्वीकृत वार्षिक कार्ययोजना आ.व. २०८२।०८३ 'मातहत जि.स.व.का. (रुपन्देही, नवलपरासी (ब.सु.प.), कपिलबस्तु, अर्घाखाँची, गुल्मी र पाल्पा)'


समाचार

मातहत कार्यालयहरुसँगको आ.व. २०८२।०८३ को वार्षिक समिक्षा कार्यक्रम सम्वन्धमा ......... (२०८३।०३।२९)


समुदायमा सरकारी वकील कार्यक्रम सम्वन्धमा (२०८३।०२।२१)


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न...... (२०८२।१२।०४)


उच्च सरकारी वकील कार्यालयको समन्वय समितिको बैठक सम्वन्धमा (२०८२।०५।०३ गते मंगलबार)


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न...... (२०८२।०३।११)


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न...... (२०८२।०१।२६)


उच्च सरकारी वकील कार्यालय, समन्वय समितिको बैठक सम्बन्धमा ..... (२०८१।०९।२१)


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ..( दोस्रो संस्करण २०८१।०८।१७)


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ..(२०८१।०७।०९)


कार्यालयको नियमित बैठक सम्बन्धमा ..(२०८१।०७।०६)