कार्यालयको नियमित बैठक सम्बन्धमा ..(२०८१।०७।०६)

samachar

2081-7-7

मिति २०८१।०७।०६ गते मंगलबार श्री उच्च सरकारी वकील कार्यालय बुटवलका कार्यालय प्रमुख एवं सह-न्यायाधिवक्ता श्रीमान सोमकान्ता भण्डारीज्यूको अध्यक्षतामा तपसिल बमोजिमका कर्मचारीहरुको उपस्थितिमा सरकारी वकीलहरुको पाँचौ राष्ट्रिय सम्मेलन, २०८१ को नारा छनौट, कार्यालय व्यवस्थापन एवं मुद्दा सम्वन्धी विविध विषयमा बैठक बसी तपसिल बमोजिमको निर्णय गरियो ।

उपस्थिति :

सह-न्यायाधिवक्ता श्री सोमकान्ता भण्डारी

उप-न्यायाधिवक्ता श्री प्रकाश मरासिनी

उप-न्यायाधिवक्ता श्री रवि न्यौपाने

सहायक न्यायाधिवक्ता श्री केशव न्यौपाने

सहायक न्यायाधिवक्ता श्री रमेश पोख्रेल

सहायक न्यायाधिवक्ता श्री गोपाल पौड्याल

लेखापाल श्री दामोदर पोख्रेल

कम्प्यूटर अपरेटर श्री बुद्धिराम पराजुली

कम्प्यूटर अपरेटर श्री शान्ती गैरे

नायब सुब्बा श्री सुनिता खनाल

नायब सुब्बा श्री योगराज चौधरी

खरिदार श्री कुश्मा थापा मगर

हलुका सवारी चालक श्री जगत बहादुर सापकोटा

कार्यालय सहयोगी श्री हरिलाल पौडेल

कार्यालय सहयोगी श्री पुष्पा सारु

कार्यालय सहयोगी श्री भुपेन्द्र लम्साल

कार्यालय सहयोगी श्री सरिता खड्का

कार्यालय सहयोगी श्री निशान्त पौडेल

 

छलफलका लागि प्रस्तुत भएका प्रस्ताव (जेण्डा) हरु :

प्रस्ताव नं. १ : सरकारी वकीलको कार्य सम्पादनमा सुधार गर्न तथा व्यावसायिकता विकास गर्ने उद्देश्यका साथ प्रत्येक दुई वर्षमा सरकारी वकीलहरुको राष्ट्रिय सम्मेलन आयोजना गरिँदै आएकोमा यस वर्ष आयोजना हुने सरकारी वकीलहरुको पाँचौ राष्ट्रिय सम्मेलन, २०८१ को नारा छनौट सम्बन्धमा ।

प्रस्ताव नं. २ : मुद्दाहरुको अनुसन्धान, अभियोजन तथा कार्यालय व्यवस्थापन सम्बन्धमा ।

प्रस्ताव नं. ३ : विविध ।

प्रस्ताव नं. १. मा छलफल गर्दा सरकारी वकीलको कार्य सम्पादनमा सुधार गर्न तथा व्यावसायिकता विकास गर्ने उद्देश्यका साथ प्रत्येक दुई वर्षमा सरकारी वकीलहरुको राष्ट्रिय सम्मेलन आयोजना गरिँदै आएकोमा महान्यायाधिवक्ताको कार्यालयको सूचना अनुसार सरकारी वकीलहरुको पाँचौ राष्ट्रिय सम्मेलन, २०८१ का लागि देहायका प्रस्तावित नाराहरु सूचनामा उल्लेखित conference@ag.gov.np मा पठाउने निर्णय गरियो ।

सरकारी वकीलहरुको पाँचौ राष्ट्रिय सम्मेलन, २०८१ का लागि प्रस्तावित नाराहरु :

  • सूचना प्रविधिको उपयोग, वस्तुनिष्ठ अभियोग ।
  • फौजदारी कानूनमा परिमार्जन, वस्तुनिष्ठ अभियोजन ।
  • वित्तीय अपराध नियमन: विकास, समृद्दि र सुशासन ।

प्रस्ताव नं. २ मा छलफल गर्दा देहाय वमोजिम गर्ने निर्णय गरियो ।

  • पुनरावेदनको मस्यौदा लेखन सम्बन्धमा एक रुपता ल्याउने प्रयोजनार्थ मातहतका जिल्ला सरकारी वकील कार्यालयहरुलाई यस कार्यालयबाट तयार पारिएको पुनरावेदन गर्ने/नगर्ने मस्यौदाको Format  तयार गरी पठाउने ।
  • हेलो साक्षी पुस्तिकामा तोकिएको ढाँचामा अभिलेखहरु राखी मुद्दाका पीडितलाई मुद्दामा हुने कामकारवाहीको वारेमा आवश्यक्ता अनुसार जानकारी प्रदान गर्ने ।
  • कार्यालयका सबै किसिमका मुद्दा एवं अन्य काम कारवाही, मुद्दा व्यवस्थापन तथा कार्यालय व्यवस्थापनलाई अझ बढी चुस्त, दुरुस्त, प्रभावकारी र व्यवस्थित बनाउने ।

प्रस्ताव नं. ३ मा छलफल गर्दा कार्यालयमा आफ्नो जिम्मेवारीमा रही हालसम्म भए गरेका काम कारवाहीहरुको समीक्षा गरी आगामी दिनहरुमा अझ प्रभावकारी रुपमा कार्यालयको समग्र काम कारवाहीलाई अगाडि बढाउने निर्णय गरियो ।

 


संलग्न जोडिएका विवरणहरु

No Attachments
सूचना

महान्यायाधिवक्ताको कार्यालयको निर्देशन सम्बन्धमा (२०८१।०६।०८)


अधिकार प्रत्यायोजन सम्बन्धमा (२०८१।०६।०८)


फौजदारी कसूर (कैद कट्टा) (तेस्रो संसोधन) नियमावली-२०८१


सम्पत्ति शुद्धीकरण निवारण तथा अन्य केही ऐनलाई संशोधन गर्न बनेको ऐन, (राजपत्र २०८० चैत्र ३०)


बढुवा समितिको सचिवालयको सूचना (२०८०।११।०९)


निर्णय कार्यान्वयन सम्वन्धमा (नेपाल सम्वत)


नेपाल सरकार वादी हुने फौजदारी मुद्दाको अनुसन्धान तथा अभियोजन सम्बन्धी निर्देशिका, २०८०


प्रदेश सरकार तथा स्थानीय तहको लिखित जवाफ तथा प्रतिरक्षा सम्बन्धमा महान्यायाधिवक्ताको कार्यालयको २०८०।०५।०४ को परिपत्र


महान्यायाधिवक्ताको कार्यालयबाट सबै उच्च सरकारी वकील कार्यालयहरुको लागि स्वीकृत वार्षिक कार्ययोजना (आ.व. ०८०।०८१)


रुपन्देही जिल्ला स्थित रहेका कार्यालयहरुको नाम, सम्पर्क व्यक्ति, टेलीफोन नं. (संघ/प्रदेश) सहित (आव ०८०।०८१)


समाचार

कार्यालयको नियमित बैठक सम्बन्धमा ..(२०८१।०७।०६)


मातहत कार्यालयहरुसँग भएको बैठक/अन्तरक्रिया सम्बन्धमा ..(२०८१।०६।१८)


कार्यालय प्रमुख श्री सोमकान्ता भण्डारीद्धारा पदभार ग्रहण (Photo Features)


माननीय महान्यायाधिवक्ता श्री रमेश बडालज्यू समेतको टोलीबाट कार्यालयको अनुगमन निरीक्षण सम्वन्धमा (२०८१।०५।०१ र २ गते)


मातहतका जिल्ला सरकारी वकील कार्यालयहरुको स्वीकृत वार्षिक कार्ययोजना (२०८१।०८२)


उच्च सरकारी वकील कार्यालयको स्वीकृत वार्षिक कार्ययोजना (०८१।०८२)


योजना कार्यान्वयन समिति गठन सम्वन्धमा (आ.व. ०८१।०८२)


कार्यालयको नियमित बैठक सम्वन्धमा ................ (२०८१।०४।१८)


(समुदायमा सरकारी वकील कार्यक्रम भाग-२)- सरकारी वकील र शिक्षक तथा विद्यार्थीहरु बीच अन्तरक्रिया कार्यक्रम - २०८० सम्पन्न (२०८०।०९।०६ श्री नविन औद्योगिक कदर बहादुर रीता मा.वी.)


सरकारी वकील र शिक्षक तथा विद्यार्थीहरु बीच अन्तरक्रिया कार्यक्रम - २०८० सम्पन्न (२०८०।०६।०५ सिटी क्याम्पस बुटवल)