समुदायमा सरकारी वकील अन्तर्क्रिया कार्यक्रम सम्पन्न

samachar

2083-3-3

जिल्ला सरकारी वकीत कार्यालय गुल्मीको वार्षिक कार्ययोजना अनुसार समुदायमा सरकारी वकील कार्यक्रम मिति २०८३/०३/०३ गते जिल्ला गुल्मी रेसुङ्गा न.पा. वडा नं.९ स्थित श्री उपल्लो तम्घास मा.वि. को हलमा सोही विद्यालयका कक्षा ९ र १० मा अध्ययनरत छात्र छात्रा एवं शिक्षक वर्ग समेतलाई लक्षित गरी जवर्जस्ती करणी, वाल विवाह, विद्युतीय अपराध, वहुविवाह, लगाएतका विषयसँग सम्बन्धित कानूनी व्यवस्था, हुन सक्ने सजाय आदि जस्ता विषयमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरियो । उक्त कार्यक्रमको अध्यक्षता जिल्ला सरकारी वकील कार्यालय गुल्मीका सहायक जिल्ला न्यायाधिवक्ता श्री रमेश पोख्रेल ज्यूले गर्नुभएको थियो भने प्रमुखु अतिथीको रुपमा श्री उपल्लो तम्घास मा.वि. का प्र.अ. श्री मधु प्रसाद गौतम  तथा शिक्षक र विद्यार्थीहरुको उपस्थिती रहेको थियो । उक्त कार्यक्रमको प्रस्तुतीकरण जिल्ला सरकारी वकील कार्यालय गुल्मीका सहायक जिल्ला न्यायाधिवक्त श्री रमेश पोख्रेल ज्यूले गर्नुभएको थियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments