2078-11-15
महान्यायाधिवक्ताको कार्यालयको तेस्रो पञ्चवर्षिय रणनीतिक योजना (२०७८ – २०८३) तथा यस जिल्ला सरकारी वकील कार्यालय गुल्मीको वार्षिक कार्ययोजना अनुसार समुदायमा सरकारी वकील कार्यक्रम अन्तर्गत यस आर्थिक बर्ष २०७८।७९ को दोस्रो श्रृङ्खला अन्तर्गत मिति २०७८।११।१३ गते जिल्ला गुल्मी मालिका गा.पा. वडा नं. ८ सिमलटारी स्थित श्री मालिका उच्च मा.वि.को हलमा सोही विद्यालयमा कक्षा ११ र १२ मा अध्यनरत छात्र छात्रा एवं शिक्षक वर्ग समेतलाई लक्षित गरी मूलतः जबरजस्ती करणी, वाल विवाह, बहुविवाह, विद्युतिय अपराध (साइवर क्राइम) लगाएतका विषयसंग सम्बन्धित कानूनी व्यवस्था, हुन सक्ने सजाय, अनुसन्धान एवं अभियोजन पद्धती जस्ता विषयमा अनुशिक्षण गर्दै अन्तरक्रिया कार्यक्रम सम्पन्न गरियो।उक्त कार्यक्रमको अध्यक्षता जिल्ला सरकारी वकील कार्यालय गुल्मीका कार्यालय प्रमुख एवं निल्ला न्यायाधिवक्ता दयाशंकर अधिकारीले गर्नुभएको थियो भने प्रमुख अतिथिको रुपमा श्री मालिका उच्च मा.वि.का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री कमला अर्याल, विशिष्ट अतिथी मालिका गा.पा. वडा नं.८ का वडाध्यक्ष टिका बहादुर जि.सी, सथै अतिथीको रुपमा सोही विद्यालयका प्र.अ. हेमराज पौडेल र अन्य शिक्षक शिक्षिकाहरु रहनु भएको थियो ।उक्त कार्यक्रममा सोही विद्यालयमा अध्यनरत कक्षा ११ र १२ का छात्र छात्रा गरी जम्मा १०५ जनाको सहभागिता रहेको थियो ।उक्त कार्यक्रमको संचालन जिल्ला सरकारी वकील कार्यालय गुल्मीका सहायक जिल्ला न्यायाधिवक्ता लोकमणी पाण्डेले गर्नु भएको थियो र अनुशिक्षण एवं कार्यपत्र प्रस्तुती जिल्ला न्यायाधिवक्ता दयाशंकर अधिकारीले र सहायक जिल्ला न्यायाधिवक्ता मीना थापाले गर्नुभएको थियो ।
पुनश्चः यस आ.व.को समुदायमा सरकारी वकील कार्यक्रमको पहिलो श्रृङ्खला मिति २०७८।०८।२८ मा जिल्ला गुल्मी मुसिकोट न.पा. वडा नं. ४ मा जनप्रतिनिधी एवं सरोकारवाला महिला एवं पुरुष समावेश गरी सम्पन्न गरीएको थियो ।
हिरासत कक्ष तथा मुद्दा शाखाको अनुगमन
स्थानीय तहका न्यायिक समितिका पदाधिकारीहरूको क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
समन्वय समितिको बैठक
अनुसन्धान अधिकृतहरु र सरकारी वकील बीचको बैठक सम्पन्न
आ.व.०८२।०८३ को पुष महिनाको मुद्दा तर्फको मासिक प्रतिवेदन ।
आ.व.०८२।०८३ को मंसिर महिनाको मुद्दा तर्फको मासिक प्रतिवेदन ।
आ.व.०८२।०८३ को भाद्र महिनाको मुद्दा तर्फको मासिक प्रतिवेदन ।
आ.व.०८२।०८३ को असोज महिनाको मुद्दा तर्फको मासिक प्रतिवेदन ।
आ.व.०८२।०८३ भाद्र महिनाको खर्चको फाँटवारी ।
आ.व.०८२।०८३ भाद्र महिनाको मुद्दा तर्फको मासिक प्रतिवेदन ।
समुदायमा सरकारी वकील अन्तर्क्रिया कार्यक्रम सम्पन्न
अभियोजनकर्ता सरकारी वकील र अनुसन्धान अधिकृतबीच बैठक सम्पन्न (२०८१।०९।२२)
अभियोजनकर्ता र अनुसन्धानकर्ता बीचको बैठक सम्बन्धमा( २०७९/०७/१८)
कर्मचारीहरुको बैठक (staff meeting) सम्पन्न (२०७९।०५।०९)
बैठक सम्पन्न (मिति २०७८।१२।२९)
२०७८ चैत्र महिनाको नियमित बैठक (Staff Meeting) सम्बन्धमाः- (२०७८/१२/०१)
समुदायमा सरकारी वकील कार्यक्रम सम्मपन्न (२०७८/११/१३)
२०७८ फागुन महिनाको नियमित बैठक (Staff Meeting) सम्बन्धमाः- (२०७८/११/०९)
२०७८ पुष महिनाको नियमित बैठक सम्बन्धमा (२०७८/०९/१६)
समन्वय समितिको बैठक सम्बन्धमा (२०७८/०९/१२)