समन्वय समितिको बैठक

suchana

2026-04-21

समन्वय समितिको बैठक सम्पन्न


संलग्न जोडिएका विवरणहरु

यस कार्यालयको वार्षिक कार्य योजना बमोजिम मिति २०८३।०१।०८ गते जिल्ला स्तरीय समन्वय समितिको बैठक जिल्ला न्यायाधिवक्ता हरिहर पौडेल ज्यूको संयोजकत्वमा सम्पन्न भएको छ । उक्त बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी श्री हरि प्रसाद गैरे, प्रहरी उपरीक्षक श्री नारायण प्रसाद अधिकारी, वरिष्ठ वन अधिकृत श्री मदन सापकोटा, चिकित्सक श्री सुधन सुनार र आमन्त्रित सदस्यको रुपमा स्रेस्तेदार श्री कृष्ण प्रसाद भट्टराई र बैठकको सदस्य सचिवको रुपमा सहायक जिल्ला न्यायाधिवक्ता श्री रमेश पोख्रेलको उपस्थिति रहेको थियो ।