२०७८ फागुन महिनाको नियमित बैठक (Staff Meeting) सम्बन्धमाः- (२०७८/११/०९)

samachar

2078-11-10

आज मिति २०७८ साल फागुन ०९ गते यस कार्यालयका जिल्ला न्यायाधिवक्ता श्री दयाशंकर अधिकारी ज्यूको अध्यक्षतामा यस कार्यालयका कर्मचारीहरुको बैठक बसी तपशील बमोजिमका निर्णय गरियो ।

उपस्थितिः-

  • जि.न्या. व. श्री दयाशंकर अधिकारी
  • स.जि.न्या.व. श्री लोकमणी पाण्डे
  • स.जि.न्या.व. श्री मीना थापा
  • ना.सु. श्री जीवन घिमिरे
  • खरिदार श्री यादव घिमिरे
  • स.क.अ. श्री अञ्जना अधिकारी अर्याल
  • ह.स.चा. श्री कमल पाण्डे
  • का.स. श्री खडानन्द भट्टराई
  • का.स. श्री हरि प्रसाद खनाल
  • का.स. श्री नविन पन्थी

निर्णय नं. १.  महान्याधिवक्ताको कार्यालय र मातहतका सरकारी वकील कार्यालयको कार्य सञ्चालन कार्यविधि २०७८ बमोजिम यस कार्यालयको तपशिल बमोजिमको शाखा र फाँटको व्यवस्था गर्ने र शाखा र फाँट प्रमुख तोक्ने निर्णय गरियो ।

शाखाहरुः-                                                                                               शाखा प्रमुख

१.मुद्दा तथा अभिलेख व्यवस्थापन शाखा                                                     काशीराम लोध

२.प्रशासन योजना तथा कानूनी राय शाखा                                        काशीराम लोध / जिवन घिमिरे

३.कसूर पिडीत तथा कानूनी राय शाखा                                                        यादव घिमिरे

४.साइवर सुरक्षा र सूचना तथा संचार प्रविधि शाखा                          जीवन घिमिरे/अञ्जना अधिकारी

५.पुस्तकालय शाखा                                                                                     यादव घिमिरे

६.दर्ता चलानी तथा सोधपुछ फाँट                                                                  यादव घिमिरे

निर्णय नं.२. निर्णय नं. १ को कार्यविधि अनुसार काम भए नभएको अर्को बैठकमा समिक्षा गर्ने निर्णय गरियो ।

निर्णय नं.३.यस कार्यालयमा कार्यरत सहायक जिल्ला न्यायाधिवक्ता श्री मीना थापालाई योजना अधिकृतको रुपमा कार्य सम्पादन गर्ने गरी थप जिम्मेवारी  दिने निर्णय गरियो ।

निर्णय नं.४. कार्यालयको बार्षिक कार्य योजना अनुसार गरिने समुदायमा सरकारी वकील कार्यक्रम मिति २०७८/११/१३ गते श्री मालिका उच्च मा.वि. मालिका गा.पा. वडा नं. ८ सिमलटारीमा गर्ने निर्णय गरियो ।

निर्णय नं. ५. जिल्ला अदालतबाट फैसला भएका मुद्दाहरुको म्याद प्रयोजनका लागी लगत माग गरी कार्यालयको दायरी लगत संग भिडान गरि मुद्दा अधावधिक गर्ने निर्णय गरियो ।

निर्णय नं.६. महान्यायाधिवक्ताको कार्यालय काठमाण्डौं बाट नेपाल टेलिकम गुल्मी शाखालाई जिल्ला सरकारी वकील कार्यालय गुल्मीमा Intarnet (इनट्रानेट) जडान गर्ने भनि पत्रचार भएको भन्ने जानकारी आएको हुदाँ नेपाल टेलिकम गुल्मी शाखालाई सम्पर्क गरी आवश्यक समन्वय गरी यथाशिघ्र जडान कार्य अगाडी बढाउने निर्णय गरियो ।


संलग्न जोडिएका विवरणहरु

२०७८ फागुन महिनाको नियमित बैठक download