2079-5-21
मिति २०७९।०५।०९ गते यस कार्यालयका जिल्ला न्यायाधिवक्ता श्री दयाशंकर अधिकारी ज्यू को अध्यक्षतामा यस कार्यालयका कर्मचारीहरुको बैठक बसी तपशिल बमोजिमको निर्णयहरु गरियो ।
उपस्थितिः-
१.जि.न्या.व. श्री दयाशंकर अधिकारी
२.स.जि.न्या.व. श्री मीना थापा
३. खरिदार श्री यादव घिमिरे
४.स.क.अ. श्री अन्जना अधिकारी अर्याल
५.ह.स.चा. श्री कमल पाण्डे
६.का.स. श्री खडानन्द भट्टराई
७. का.स. श्री हरि प्रसाद खनाल
८.का.स. श्री नविन पन्थी
निर्णय नं. १. कार्यविवरण सम्बन्धमा -
यस कार्यालयका कर्मचारीहरुले कार्यविवरणमा तोकिएका अतिरिक्त निम्न अनुसारका कार्यहरु गर्नुपर्ने निर्णय गरियो ।
१. स.जि.न्या.व. श्री मीना थापा
(क) कार्यालयको सूचना अधिकारी, समुदायमा सरकारी वकीलको संयोजक र वार्षिक कार्ययोजनाको कार्यान्वयनको लागी योजना अधिकृतको समेत कार्य गर्ने ।
(ख) कार्यकालका सूचनाहरु निर्णयहरु एवं योजना कार्यान्वयनका लागी हुने निर्णय कार्यकालको website मा तोकिएको कर्मचारीलाई राख्न लगाउने र काम भए नभएको निरीक्षण गर्ने ।
(ग) कार्ययोजना अनुसारको तोकीएको काम कर्मचारीहरुबाट भए नभएको निरीक्षण गरी नभएको भए तुरुन्त गर्न लगाउने ।
(घ) महान्यायाधिवक्ताको कार्यालयबाट विषयबस्तु र कार्यविधि प्राप्त भएमा सार्वजनिक वडापत्रको मस्यौदा तयार गर्ने ।
२. खरिदार श्री यादव घिमिरे
(क) अभियोग पत्र, पुनरावेदन पत्र, निवेदन पत्र, र तामेली निर्णय तयार गर्ने गराउने ।
(ख) हेलो साक्षीको संयोजक भई कार्य गर्ने गराउने ।
(ग) कार्यालयको वैठक सञ्चालन र व्यवस्थापन गर्ने ।
(घ) कार्यालयको लेखा सम्बन्धी कार्य गर्ने र लेखा र मुद्दा तर्फको मासिक र वार्षिक प्रतिवेदन तयार गरी माथिल्लो निकायमा पठाउने ।
(ङ) मुद्दाको CMS को काम गर्ने ।
३. स.क.अ. श्री अन्जना अधिकारी अर्याल
(क) अभियोगपत्र, पुनरावेदन पत्र, निवेदन, तामेली निर्णय र टाईप गर्नुपर्ने सवै प्रकारका पत्र तथा लिखत तयार गर्ने ।
(ख) अभियोगपत्र र कार्यालयका निर्णयहरु Website मा Upload गर्ने ।
(ग) सूचना प्रविधि सम्बन्धी आवश्यक कार्यहरु गर्ने ।
४. ह.स.चा. श्री कमल पाण्डे
(क) कार्यालय प्रमुख तथा कार्यालयको कामको शिलशिलामा जिल्ला भित्र वा जिल्ला बाहिर जानुपर्ने भएमा जुनसुकै समयमा तत्परता पुर्वक गाडी चलाई ल्याउने लैजाने गर्ने ।
(ख) कार्यालयको गाडीको बेलाबेलामा सरसफाई र सर्भिसिङ गराउने ।
(ग) गाडी Update बनाई राख्ने र गाडी चलाउन नपरेको समयमा कार्यालयमा आवश्यक पर्ने तोकिएको कुनै पनि काम गर्ने ।
५. का.स. श्री खडानन्द भट्टराई
(क) कार्यालयको सरसफाईको काम के कस्तो रुपमा भईरहेको छ हेरी जाँची राम्रो कार्य नभएको भए पुनः काम गर्न लगाउने कर्यालयको कार्यालय प्रमुख र अन्य सर मेडमहरुबाट लगाए अराएका कार्यहरु छिटो छरितो रुपमा सम्पन्न गर्न ।
(ख) जिल्ला अदालतमा अभियोगपत्र दर्ता गर्ने, साक्षी उपस्थित गराउने, चिठीपत्रपत्र बुझ्ने बुझाउने र तोक आदेशको लागी कार्यालय प्रमुख समक्ष पेश गर्ने ।
६. का.स. श्री हरि प्रसाद खनाल
(क) जिल्ला प्रशासन कार्यालयमा अभियोगपत्र दायर गर्ने, साक्षी उपस्थित गराउने चिठीपत्र बुझ्ने बुझाउने र तोक आदेशको लागी कार्यालय प्रमुख समक्ष पेश गर्ने ।
(ख) कार्यालय प्रमुख र अन्य सर मेडमहरुले लाए अह्राएका काम छिटो छरितो रुपमा सम्पन्न गर्ने ।
७. का.स. श्री नविन पन्थी
(क) कार्यालयमा चिया पानी व्यवस्थापनको काम गर्ने ।
(ख) कार्यालय प्रमुख तथा अतिथी निवासमा काम गर्ने अतिथी सत्कार गर्ने ।
(ग) चिठीपत्रहरु बुझ्ने, बुझाउने ।
निर्णय नं. २. कर्मचारीहरुलाई तोकिएका उल्लेखित कार्यहरु गर्न लिखित रुपमा पत्र तयार गरी बुझाउने व्यवस्था गर्ने निर्णय गरियो ।
निर्णय नं. ३ कार्यालयको कामको मुद्दा र प्रशासनिक कार्यको लागी आवश्यकता अनुसार फाइल छपाई गर्ने निर्णय गरियो ।
हिरासत कक्ष तथा मुद्दा शाखाको अनुगमन
स्थानीय तहका न्यायिक समितिका पदाधिकारीहरूको क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
समन्वय समितिको बैठक
अनुसन्धान अधिकृतहरु र सरकारी वकील बीचको बैठक सम्पन्न
आ.व.०८२।०८३ को पुष महिनाको मुद्दा तर्फको मासिक प्रतिवेदन ।
आ.व.०८२।०८३ को मंसिर महिनाको मुद्दा तर्फको मासिक प्रतिवेदन ।
आ.व.०८२।०८३ को भाद्र महिनाको मुद्दा तर्फको मासिक प्रतिवेदन ।
आ.व.०८२।०८३ को असोज महिनाको मुद्दा तर्फको मासिक प्रतिवेदन ।
आ.व.०८२।०८३ भाद्र महिनाको खर्चको फाँटवारी ।
आ.व.०८२।०८३ भाद्र महिनाको मुद्दा तर्फको मासिक प्रतिवेदन ।
समुदायमा सरकारी वकील अन्तर्क्रिया कार्यक्रम सम्पन्न
अभियोजनकर्ता सरकारी वकील र अनुसन्धान अधिकृतबीच बैठक सम्पन्न (२०८१।०९।२२)
अभियोजनकर्ता र अनुसन्धानकर्ता बीचको बैठक सम्बन्धमा( २०७९/०७/१८)
कर्मचारीहरुको बैठक (staff meeting) सम्पन्न (२०७९।०५।०९)
बैठक सम्पन्न (मिति २०७८।१२।२९)
२०७८ चैत्र महिनाको नियमित बैठक (Staff Meeting) सम्बन्धमाः- (२०७८/१२/०१)
समुदायमा सरकारी वकील कार्यक्रम सम्मपन्न (२०७८/११/१३)
२०७८ फागुन महिनाको नियमित बैठक (Staff Meeting) सम्बन्धमाः- (२०७८/११/०९)
२०७८ पुष महिनाको नियमित बैठक सम्बन्धमा (२०७८/०९/१६)
समन्वय समितिको बैठक सम्बन्धमा (२०७८/०९/१२)