२०७८ पुष महिनाको नियमित बैठक सम्बन्धमा (२०७८/०९/१६)

samachar

2078-11-1

आज मिति २०७८ पौष १६ गते यस कार्यालयका जिल्ला न्यायाधिवक्ता श्री दयाशंकर अधिकारी ज्यू को अध्यक्षतामा यस कार्यालयका कर्मचारीहरुको बैठक बसी तपशिल बमोजिमका निर्णय गरियो ।

उपस्थितिः

       जि.न्या.व. श्री दयाशंकर अधिकारी

       स.जि.न्या.व. श्री लोकमणी पाण्डे

       ना.सु श्री काशिराम लोध

       ना.सु श्री भोजराज रेग्मी

       खरिदार श्री यादव घिमिरे

       स.क.अ. श्री अञ्जना अधिकारी अर्याल

       ह.स.चा. श्री कमल पाण्डे

       का.स. श्री खडानन्द भट्टराई

       का.स. श्री हरी प्रसाद खनाल

       का.स. श्री नविन पन्थी

निर्णय नं.१. यस कार्यालयको कामकाजलाई चुस्त दुरुस्त बनाई राख्नको लागी कार्यालयको कामकाजको वाँडफाड गरी कर्मचारीहरुलाई निम्न जिम्मेवारी दिने निर्णय गरियो ।

        (क) स.जि.न्या.व. श्री लोकमणी पाण्डेः-

         कार्यालयको कार्यविवरणमा तोकिएका कामहरुका अतिरिक्त निम्न कार्यहरु गर्ने ।

         - सूचना अधिकारीको रुपमा काम गर्ने,

         - समुदायमा सरकारी वकील कार्यक्रमको संयोजक भई काम गर्ने,

         - कार्यालयका सूचना निर्णयहरु एवं योजना कार्यान्वयनका  निर्णयहरु कार्यालयको website मा राख्ने ।

     (ख)  नायव सुब्बाः श्री काशीराम लोधः-

         - अभियोग पत्र, पुनरावेदन पत्रको मस्यैदा, ७३ नं को निवेदन, तामेली निर्णय तयार गर्ने,

         - हेलो साक्षीको संयोजकको रुपमा काम गर्ने,

         - कार्यालयको बैठक सञ्चालन एवं व्यवस्थापन गर्ने,

         - उल्लेखित तोकीएका कार्यहरु गर्ने अन्य कर्मचारीलाई कामको बाँडफाँड गरी समपन्न गर्ने ।

(ग) नायव सुब्बाः श्री भोजराज रेग्मीः-

 जिल्ला सरकारी वकील कार्यालय तनहुँ काज सरुवा भै रमाना लिन बाँकी रहेकाले पहिले तोकिएको कामको अतिरिक्त आवश्यक परेका कार्यालयका काम गर्न तोक्न सकिने ।

 (घ) नायव सुब्बाः श्री जीवन घिमिरेः-

ना.सु जिवन घिमिरे यस कार्यालयमा एक बर्ष अघि सामान्य विरामी परेको भनी काज सरुवा भई आएको र निजलाई कार्यालयले तामेली निर्णय र CMS को काम तोकेकोमा    निजले  समयमा कार्य सम्पन्न नगरेकोले हदम्याद समेत जाने अवस्था भएकाले अन्य कर्मचारीबाट गर्नु परेको छ । हाल निज कार्यालयमा आउने जाने मात्र गरेकाले कुनै काम    नतोकिएको ।

 (ङ) खरिदारः श्री यादव घिमिरेः-

 - कार्यालयको लेखा सम्बन्धि सम्पुर्ण कार्य गर्ने,

- कार्यालयको मुद्दा तर्फको मासिक र वार्षिक प्रतिवेदन र वार्षिक कार्ययोजनाको प्रगति विवरण समेत तयार गरि उ.स.व.का. बुटवल र महान्यायाधिवक्ताको कार्यालयमा पठाउने ।

- अभिलेख सम्बन्धि कार्यलाई व्यवस्थित रुपमा राख्ने, राख्न लगाउने ।

(च) स.क.अ. श्री अञ्जना अधिकारी अर्यालः-

 - अभियोगपत्र लगायतका टाईप सम्बन्धि सम्पुर्ण कार्य गर्ने,

 - मुद्दाको CMS र अभियोगपत्र website मा upload गर्ने,

 - कार्यालयको मेल नियमित चेक गरी प्राप्त mail print गरी कार्यालय प्रमुख समक्ष पेश गर्ने,


संलग्न जोडिएका विवरणहरु

No Attachments