मातहत कार्यालयहरुसँग भएको बैठक/अन्तरक्रिया सम्बन्धमा ..(२०८१।०६।१८)

samachar

2081-6-20

मिति २०८१।०६।१८ गते शुक्रबार श्री उच्च सरकारी वकील कार्यालय बुटवलका कार्यालय प्रमुख एवं सह-न्यायाधिवक्ता श्रीमान सोमकान्ता भण्डारीज्यूको अध्यक्षतामा मातहत जिल्ला सरकारी वकील कार्यालयका जिल्ला न्यायाधिवक्ता, सहायक जिल्ला न्यायाधिवक्ता, यस कार्यालयका उपन्यायाधिवक्ता, सहायक न्यायाधिवक्ता लगायत अन्‍य कर्मचारीहरुको उपस्थितिमा महान्यायाधिवक्ताको कार्यालयको तेस्रो पञ्चवर्षिय रणनितिक योजना (आ.व. २०७८।०७९-२०८२।०८३) को वार्षिक कार्ययोजनाको कार्यान्वयन समिक्षा, एवं मुद्दा सम्वन्धी विविध विषयमा बैठक/अन्तरक्रिया सम्पन्न गरी विभिन्न विषयगत प्रस्तावहरु माथि छलफल गरी देहाय बमोजिम गर्ने/गराउने निर्णय गरियो ।

उपस्थिति :

सह-न्यायाधिवक्ता श्री सोमकान्ता भण्डारी (अध्यक्षता) (उ.स.व.का. बुटवल)

उप न्यायाधिवक्ता श्री हरिहर पौडेल (मुख्य न्यायाधिवक्ताको कार्यालय, लुम्विनी प्रदेश)

जिल्ला न्यायाधिवक्ता श्री खिमानन्द गौतम (जि.स.व.का. कपिलबस्तु)

जिल्ला न्यायाधिवक्ता श्री ऋषि केशव बश्याल (जि.स.व.का. नवलपरासी (ब.सु.प.)

उप न्यायाधिवक्ता श्री प्रकाश मरासिनी (उ.स.व.का. बुटवल)

उप-न्यायाधिवक्ता श्री रवि न्यौपाने (उ.स.व.का. बुटवल)

जिल्ला न्यायाधिवक्ता डा. श्री सुर्य प्रसाद पौडेल (जि.स.व.का. पाल्पा)

जिल्ला न्यायाधिवक्ता श्री प्रेम राज पौडेल (जि.स.व.का. रुपन्देही)

जिल्ला न्यायाधिवक्ता श्री बिष्णु प्रसाद आचार्य (जि.स.व.का. अर्घाखाँची)

सहायक जिल्ला न्यायाधिवक्ता श्री उमा कुमारी के.सी. (जि.स.व.का. रुपन्देही)

सहायक न्यायाधिवक्ता श्री केशव न्यौपाने (उ.स.व.का. बुटवल)

सहायक जिल्ला न्यायाधिवक्ता श्री गोकर्णराज घिमिरे (जि.स.व.का. रुपन्देही)

सहायक न्यायाधिवक्ता श्री रमेश पोख्रेल (उ.स.व.का. बुटवल)

सहायक जिल्ला न्यायाधिवक्ता श्री सुनिल लामिछाने (जि.स.व.का. रुपन्देही)

सहायक जिल्ला न्यायाधिवक्ता श्री बसन्तराज पोख्रेल (जि.स.व.का. रुपन्देही)

सहायक जिल्ला न्यायाधिवक्ता श्री तुल्सीराम ज्ञवाली (जि.स.व.का. कपिलबस्तु)

सहायक जिल्ला न्यायाधिवक्ता श्री काशिराम लोध (जि.स.व.का. नवलपरासी (ब.सु.प.)

सहायक जिल्ला न्यायाधिवक्ता श्री खेमराज भट्ट (जि.स.व.का. कपिलबस्तु)

सहायक जिल्ला न्यायाधिवक्ता श्री शारदा कुमारी घिमिरे (जि.स.व.का. रुपन्देही)

लेखापाल श्री दामोदर पोख्रेल (उ.स.व.का. बुटवल)

कम्प्युटर अपरेटर श्री बुद्धिराम पराजुली (उ.स.व.का. बुटवल)

कम्प्यूटर अपरेटरु श्री शान्ती गैरे (उ.स.व.का. बुटवल)

नायब सुब्बा श्री टेक बहादुर महतो (उ.स.व.का. बुटवल)

खरिदार श्री कुश्मा थापा मगर (उ.स.व.का. बुटवल)

छलफलका लागि प्रस्तुत भएका प्रस्ताव (जेण्डा) हरु :

प्रस्ताव नं. १ : महान्यायाधिवक्ताको कार्यालयको तेस्रो पञ्चवर्षिय रणनितिक योजना (आ.व.  २०७८।०७९-२०८२।०८३) को वार्षिक कार्ययोजनाको कार्यान्वयन समिक्षा   सम्बन्धमा ।

प्रस्ताव नं. २ : मुद्दाहरुको अनुसन्धान, अभियोजन तथा अन्य कारवाही सम्बन्धी विद्यमान अवस्था ।

प्रस्ताव नं. ३ : विविध ।

 

 

प्रस्ताव नं. १. मा छलफल गर्दा महान्यायाधिवक्ताको कार्यालयको तेस्रो पञ्चवर्षीय रणनीतिक योजनाको कार्यान्वयनको सन्दर्भमा आ.. २०८१/०८२ को लागि मातहतका जिल्ला सरकारी वकील कार्यालयहरुबाट तयार भइ उच्च सरकारी वकील कार्यालय, बुटवलबाट स्वीकृत भएको वार्षिक कार्ययोजनाको पहिलो चौमासिक समीक्षा गर्दा रणनीतिक योजनाले निर्धारण गरेका क्रियाकलापहरु मध्ये २०८१ मंसिर मसान्तसम्म सम्पन्न गर्नुपर्ने समयावधि किटान गरिएका क्रियाकलापहरु मध्ये सम्पन्न भएका तथा सम्पन्न गर्न नसकिएका क्रियाकलापहरुको सूची सहितको प्रतिवेदन उच्च सरकारी वकील कार्यालय बुटवलमा पठाउने र प्राप्त प्रतिवेदनहरुको आधारमा आवश्यकता अनुरुप सामूहिक रुपमा समीक्षा बैठक गर्दै जाने निर्णय गरियो ।

 

प्रस्ताव नं. २ मा छलफल गर्दा विभिन्न प्रयोजनका लागि मातहत कार्यालयहरुबाट उच्च सरकारी वकील कार्यालयमा मिसिल पठाउँदा देखिएका एवं पुनरावृत्ति भइरहेका कमि कमजोरीहरुलाई न्यूनीकरण गर्न सबै सरकारी वकीलहरुले विशेष गरी देहायका कुराहरुमा ध्यान दिने ।

  • मिसिल पठाउँदा तत् अवधिसम्म सृजित सम्पूर्ण कागजपत्रहरु (बयान, बकपत्र, परिक्षण प्रतिवेदन, आदेश लगायतका अन्य महत्वपूर्ण कागज) छ छैन सम्बन्धित सरकारी वकीलबाट एकिन गरी सबै कागजातहरु मिसिल सामेल गरेर मात्र पठाउने, पठाउन लगाउने,
  • अभियोजन तथा अन्य काम कारवाहीको साथै उच्च सरकारी वकील कार्यालयमा प्राप्त हुने मस्यौदाहरु (मुद्दा चल्ने नचल्ने निर्णय, आंशिक निर्णय, निवेदन, पुनरावेदन गर्ने नगर्ने आदि) पठाउँदा भाषिक शुद्धताको विषयमा ख्याल गरेर पठाउने,
  • नाबालक विरुद्ध परेका वा बालबालिका संलग्न भएका मुद्दाहरुमा बालबालिकाको हकमा प्रयोग हुने शब्दावलीमा विशेष सतर्कता अपनाएर लेखन गर्ने गराउने, साबालक संगै नाबालक समेत संलग्न भएका वारदातमा बालबालिका संलग्न मुद्दाको छुट्टै अभिलेख राख्ने र मिसिल खडा गर्ने मात्र नभई अन्यथा भएमा बाहेक दुबै मिसिल लगाउमा राखेर एकैपटक पठाउने, 
  • आफूले प्रतिनिधित्व र प्रतिरक्षा गरेको मुद्दामा भएको थुनछेकको आदेश उपर सम्बन्धित सरकारी वकीलले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३ बमोजिम निवेदन गर्न नपर्ने भए कारण उल्लेख गरी जिल्ला न्यायाधिवक्ताबाट एकिन निकासा लिएर मििल व्यवस्थापन गर्ने/गराउने,
  • सरकारी वकील कार्यालयबाट सम्पादन हुने अभियोजन, बहस पैरवी, पुनरावेदन सम्बन्धी काम कारवाही प्रचलित कानून, अभियोजन नीति तथा मार्गदर्शन, २०७७ नेपाल सरकार वादी हुने फौजदारी मुद्दाको अनुसन्धान तथा अभियोजन सम्बन्धी निर्देशिका, २०८० महान्यायाधिवक्ताको कार्यालयबाट भएका परिपत्र, अधिकार प्रत्यायोजन, निर्देशन बमोजिम गर्ने गराउने र सो को सम्बन्धमा सरकारी वकील र अन्य कर्मचारीहरु बीचमा नियमित रुपमा छलफल गर्ने ।

प्रस्ताव नं. ३ मा छलफल गर्दा माथि उल्लेखित विषयहरुको बारेमा जिल्ला न्यायाधिवक्ताले कार्यरत सबै सरकारी वकील लगायत कर्मचारीहरुलाई जानकारी गराई सोही अनरुप कार्य गर्न लगाउने एवं जिम्मेवारी दिने,

सबै जिल्ला सरकारी वकील कार्यालयहरुले प्रत्येक महिनाको एक पटह स्टाफ मिटिङ्ग बसी कार्यालयबाट भए गरेका विविध कामको साथै कार्ययोजना कार्यान्वयनको विषयमा मासिक समीक्षा गर्ने गराउने,

 


संलग्न जोडिएका विवरणहरु

No Attachments
सूचना

महान्यायाधिवक्ताको कार्यालयको निर्देशन सम्बन्धमा (२०८१।०६।०८)


अधिकार प्रत्यायोजन सम्बन्धमा (२०८१।०६।०८)


फौजदारी कसूर (कैद कट्टा) (तेस्रो संसोधन) नियमावली-२०८१


सम्पत्ति शुद्धीकरण निवारण तथा अन्य केही ऐनलाई संशोधन गर्न बनेको ऐन, (राजपत्र २०८० चैत्र ३०)


बढुवा समितिको सचिवालयको सूचना (२०८०।११।०९)


निर्णय कार्यान्वयन सम्वन्धमा (नेपाल सम्वत)


नेपाल सरकार वादी हुने फौजदारी मुद्दाको अनुसन्धान तथा अभियोजन सम्बन्धी निर्देशिका, २०८०


प्रदेश सरकार तथा स्थानीय तहको लिखित जवाफ तथा प्रतिरक्षा सम्बन्धमा महान्यायाधिवक्ताको कार्यालयको २०८०।०५।०४ को परिपत्र


महान्यायाधिवक्ताको कार्यालयबाट सबै उच्च सरकारी वकील कार्यालयहरुको लागि स्वीकृत वार्षिक कार्ययोजना (आ.व. ०८०।०८१)


रुपन्देही जिल्ला स्थित रहेका कार्यालयहरुको नाम, सम्पर्क व्यक्ति, टेलीफोन नं. (संघ/प्रदेश) सहित (आव ०८०।०८१)


समाचार

कार्यालयको नियमित बैठक सम्बन्धमा ..(२०८१।०७।०६)


मातहत कार्यालयहरुसँग भएको बैठक/अन्तरक्रिया सम्बन्धमा ..(२०८१।०६।१८)


कार्यालय प्रमुख श्री सोमकान्ता भण्डारीद्धारा पदभार ग्रहण (Photo Features)


माननीय महान्यायाधिवक्ता श्री रमेश बडालज्यू समेतको टोलीबाट कार्यालयको अनुगमन निरीक्षण सम्वन्धमा (२०८१।०५।०१ र २ गते)


मातहतका जिल्ला सरकारी वकील कार्यालयहरुको स्वीकृत वार्षिक कार्ययोजना (२०८१।०८२)


उच्च सरकारी वकील कार्यालयको स्वीकृत वार्षिक कार्ययोजना (०८१।०८२)


योजना कार्यान्वयन समिति गठन सम्वन्धमा (आ.व. ०८१।०८२)


कार्यालयको नियमित बैठक सम्वन्धमा ................ (२०८१।०४।१८)


(समुदायमा सरकारी वकील कार्यक्रम भाग-२)- सरकारी वकील र शिक्षक तथा विद्यार्थीहरु बीच अन्तरक्रिया कार्यक्रम - २०८० सम्पन्न (२०८०।०९।०६ श्री नविन औद्योगिक कदर बहादुर रीता मा.वी.)


सरकारी वकील र शिक्षक तथा विद्यार्थीहरु बीच अन्तरक्रिया कार्यक्रम - २०८० सम्पन्न (२०८०।०६।०५ सिटी क्याम्पस बुटवल)