2080-9-6
सरकारी वकील र शिक्षक तथा विद्यार्थीहरु बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न ...... (२०८०।०९।०६)
मिति २०८०।०९।०६ गते शुक्रबार समुदायमा सरकारी वकील कार्यक्रम अन्तरगत "सरकारी वकीलको सांगठनिक संरचना, काम, कर्तव्य एवं समग्र समुदायप्रति यसको दायित्व" विषयक कार्यक्रम समुदाय/विद्यार्थीलाई जानकारी गराउने उद्देश्यले रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका वडा नं. ११ स्थित श्री नवीन औद्योगिक कदर बहादुर रीता मा.वी. बुटवलको सभाहलमा उच्च सरकारी वकील कार्यालय बुटवलका सहन्यायाधिवक्ता श्री गोविन्दराज गौलीज्यूको अध्यक्षता, बुटवल उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष श्री रामचन्द्र श्रेत्रीज्यू को प्रमुख आतिथ्यता, उच्च सरकारी वकील कार्यालय बुटवलका उपन्यायाधिवक्ता श्री रवि न्यौपानेज्यू, जिल्ला कानुनी सहायता समितिका कानुनी सहायता अधिकृत श्री विष्णु भुसालज्यू, नवीन औद्योगिक कदर बहादुर रीता मा.वी. बुटवलका प्राधानाध्यापक श्री प्रेम बहादुर बस्नेतज्यू, नवीन औद्योगिक कदर बहादुर रीता मा.वी. बुटवलका सहायक प्रधानाध्यापकद्बय श्री अर्जुन खनालज्यू, श्री रोमनाथ घिमिरेज्यू, कानून समुहका ईन्चार्ज अधिवक्ता श्री लोक प्रसाद खरेलज्यू, सिभिल ईन्जिनियरिङ्ग समूहका ईन्चार्ज श्री सपना भट्टराईज्यू, विज्ञान समूहका ईन्चार्ज श्री लक्ष्मी नारायण चौधरीज्यू, व्यवस्थापन समूह कक्षा १२ का ईन्चार्ज श्री केशवराज पन्थज्यू, कक्षा ११ का ईन्चार्ज श्री जयराम पन्थीज्यू, कानून समूहका शिक्षक अधिवक्ताद्बय श्री निशा खरेलज्यू, श्री निरञ्जना पौडेलज्यू, अस्थायी प्रहरी चौकी देवीनगरका प्रहरी नायव निरीक्षक श्री कमल भण्डारीज्यू, चौपारी टोल विकास समितिका अध्यक्ष श्री जुना भण्डारीज्यू, विद्यालयमा अध्यापनरत शिक्षक शिक्षिकाज्यूहरु, अन्य कर्मचारीज्यूहरु, नविन विद्यार्थी क्लवका अध्यक्षज्यू लगायतका अन्य सदस्यज्यूहरु, कानुन समूह कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरु, कार्यक्रममा सहभागी उच्च सरकारी वकील कार्यालय बुटवलका कर्मचारीहरु, एवं पत्रकारहरु गरी ११० (५५ महिला ५५ पुरुष) जनाको उपस्थितिमा उच्च सरकारी वकील कार्यालय बुटवलको आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो ।
उक्त कार्यक्रममा उच्च सरकारी वकील कार्यालय, बुटवलका उप-न्यायाधिवक्ता श्री रवि न्यौपानेज्यूले "सरकारी वकीलको सांगठनिक संरचना, काम, कर्तव्य एवं समग्र समुदायप्रति यसको दायित्व" विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । करीव १६ जना सहभागिहरुबाट सरकारी वकील र सरकार वादी मुद्दा सम्वन्धमा उठाईएका जिज्ञासाहरुको उच्च सरकारी वकील कार्यालय बुटवलका सह-न्यायाधिवक्ता श्री गोविन्दराज गौलीज्यू, उपन्यायाधिवक्ता श्री रवि न्यौपानेज्यू र कानुनी सहायता अधिकृत श्री विष्णु भुषालज्यूले विभिन्न रोचक उदाहरणहरु सहित जिज्ञासालाई सम्वोधन गर्नु भएको थियो साथै कार्यक्रम सफल बनाउन आ-आफ्नो क्षेत्रबाट सहयोग गर्ने सबै सहयोगी मनहरुलाई धन्यबाद दिनुभएको थियो ।
सो कार्यक्रममा सहभागी विद्यार्थीको तर्फबाट कानून संकाय कक्षा १२ मा अध्ययनरत विद्यार्थी श्री रुक्सा अर्यालज्यू, सोही समूहको कक्षा १२ मा अध्ययनरत विद्यार्थी एवं नविन विद्यार्थी क्लवका अध्यक्ष श्री अमिसन थापाज्यू, कानून समूहका ईन्चार्ज अधिवक्ता श्री लोक प्रसाद खरेलज्यू, विद्यालयका प्राधानाध्यापक श्री प्रेम बहादुर बस्नेतज्यू, बुटवल उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष एवं उक्त कार्यक्रमका प्रमुख अतिथि श्री रामचन्द्र क्षेत्रीज्यूले मन्तव्य राख्नु भएको थियो । उक्त कार्यक्रममा उच्च सरकारी वकील कार्यालय बुटवलका कम्प्यूटर अपरेटर श्री बुद्धि पराजुलीज्यूले सहभागीहरुलाई स्वागत गर्दै कार्यक्रमको औचित्यमाथि प्रकाश पारी कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।
स्वीकृत वार्षिक कार्ययोजना आ.व. २०८२।०८३ 'मातहत जि.स.व.का. (रुपन्देही, नवलपरासी (ब.सु.प.), कपिलबस्तु, अर्घाखाँची, गुल्मी र पाल्पा)'
अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलहरूको तेस्रो राष्ट्रिय सम्मेलन, २०८२ को घोषणापत्र ....
महान्यायाधिवक्ताको कार्यालयको मिति २०८२।०१।३१ गते परिपत्र सम्वन्धमा ....
महान्यायाधिवक्ताको कार्यालयको निर्देशन सम्बन्धमा ..... (२०८१।०१।३१)
२०७८ बैशाख २ गते देखि २०८० असोज ४ गतेसम्म महान्यायाधिवक्ताको कार्यालयबाट जारी भएका निर्देशन तथा परिपत्रहरुको संगालो .....
बढुवा सचिवालयको बढुवा सिफारिस सम्वन्धी सूचना (२०८१।११।१२)
महान्यायाधिवक्ताको कार्यालयको निर्देशन सम्बन्धमा (२०८१।०६।०८)
अधिकार प्रत्यायोजन सम्बन्धमा (२०८१।०६।०८)
फौजदारी कसूर (कैद कट्टा) (तेस्रो संसोधन) नियमावली-२०८१
सम्पत्ति शुद्धीकरण निवारण तथा अन्य केही ऐनलाई संशोधन गर्न बनेको ऐन, (राजपत्र २०८० चैत्र ३०)
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न...... (२०८२।०३।११)
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न...... (२०८२।०१।२६)
उच्च सरकारी वकील कार्यालय, समन्वय समितिको बैठक सम्बन्धमा ..... (२०८१।०९।२१)
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ..( दोस्रो संस्करण २०८१।०८।१७)
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ..(२०८१।०७।०९)
कार्यालयको नियमित बैठक सम्बन्धमा ..(२०८१।०७।०६)
मातहत कार्यालयहरुसँग भएको बैठक/अन्तरक्रिया सम्बन्धमा ..(२०८१।०६।१८)
कार्यालय प्रमुख श्री सोमकान्ता भण्डारीद्धारा पदभार ग्रहण (Photo Features)
माननीय महान्यायाधिवक्ता श्री रमेश बडालज्यू समेतको टोलीबाट कार्यालयको अनुगमन निरीक्षण सम्वन्धमा (२०८१।०५।०१ र २ गते)
मातहतका जिल्ला सरकारी वकील कार्यालयहरुको स्वीकृत वार्षिक कार्ययोजना (२०८१।०८२)