सरकारी वकील र शिक्षक तथा विद्यार्थीहरु बीच अन्तरक्रिया कार्यक्रम - २०८० सम्पन्न (२०८०।०६।०५ सिटी क्याम्पस बुटवल)

samachar

2080-6-5

सरकारी वकील र शिक्षक तथा विद्यार्थीहरु बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न ...... (२०८०।०६।०५)

मिति २०८०।०६।०५ गते शुक्रबार समुदायमा सरकारी वकील कार्यक्रम अन्तरगत "सरकारी वकीलको सांगठनिक संरचना, काम, कर्तव्य एवं समग्र समुदायप्रति यसको दायित्व" विषयक कार्यक्रम समुदाय/विद्यार्थीलाई जानकारी गराउने उद्देश्यले रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका वडा नं. १२ स्थित श्री लुम्विनी बौद्ध विश्वविद्यालय सिटी क्याम्पस बुटवलको सभाहलमा उच्च सरकारी वकील कार्यालय बुटवलका सहन्यायाधिवक्ता श्री गोविन्दराज गौलीज्यूको अध्यक्षता, लुम्विनी बौद्ध विश्वविद्यालय सिटी क्याम्पस बुटवलका क्याम्पस प्रमुख श्री फणिन्द्र कुमार न्यौपानेको प्रमुख आतिथ्यता, उच्च सरकारी वकील कार्यालय बुटवलका उपन्यायाधिवक्ता श्री रवि न्यौपानेज्यू, जिल्ला कानुनी सहायता समितिका कानुनी सहायता अधिकृत श्री विष्णु भुसालज्यू, लुम्विनी बौद्ध विश्वविद्यालय सिटी क्याम्पस बुटवलका सहायक क्याम्पस प्रमुख श्री मोहनलाल भण्डारीज्यू, क्याम्पसका सहप्रध्यापक श्री बद्री प्रसाद शर्माज्यू, उपप्रध्यापक श्री मेघनाथ खनालज्यू, क्याम्पसमा अध्यापनरत शिक्षक शिक्षिकाज्यूहरु, अन्य कर्मचारीज्यूहरु, लुम्विनी बौद्ध विश्वविद्यालय सिटी क्याम्पस बुटवलमा BALLB मा विभिन्न सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरु, कार्यक्रममा सहभागी उच्च सरकारी वकील कार्यालय बुटवलका कर्मचारीहरु, एवं पत्रकारहरु गरी ४८ (२३ महिला २५ पुरुष) जनाको उपस्थितिमा उच्च सरकारी वकील कार्यालय बुटवलको आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा उच्च सरकारी वकील कार्यालय, बुटवलका उप-न्यायाधिवक्ता श्री रवि न्यौपानेज्यूले "सरकारी वकीलको सांगठनिक संरचना, काम, कर्तव्य एवं समग्र समुदायप्रति यसको दायित्व" विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । करीव ११ जना सहभागिहरुबाट सरकारी वकील र सरकार वादी मुद्दा सम्वन्धमा उठाईएका जिज्ञासाहरुको उच्च सरकारी वकील कार्यालय बुटवलका सह-न्यायाधिवक्ता श्री गोविन्दराज गौलीज्यू, उपन्यायाधिवक्ता श्री रवि न्यौपानेज्यू र कानुनी सहायता अधिकृत श्री विष्णु भुषालज्यूले विभिन्न रोचक उदाहरणहरु सहित जिज्ञासालाई सम्वोधन गर्नु भएको थियो साथै कार्यक्रम सफल बनाउन आ-आफ्नो क्षेत्रबाट सहयोग गर्ने सबै सहयोगी मनहरुलाई धन्यबाद दिनुभएको थियो ।

सो कार्यक्रममा सहभागी विद्यार्थीको तर्फबाट BA LLB Fifth Semester मा अध्ययनरत श्री दिक्षा पन्थज्यू, क्याम्पसका सहप्रध्यापक श्री बद्री प्रसाद शर्मा गौतमज्यू, लुम्विनी बौद्ध विश्वविद्यालय सिटी क्याम्पस बुटवलका क्याम्पस प्रमुख एवं उक्त कार्यक्रमका प्रमुख अतिथि श्री फणिन्द्र कुमार न्यौपानेज्यूले मन्तव्य राख्नु भएको थियो । उक्त कार्यक्रममा उच्च सरकारी वकील कार्यालय बुटवलका कम्प्यूटर अपरेटर श्री बुद्धि पराजुलीज्यूले सहभागीहरुलाई स्वागत गर्दै कार्यक्रमको औचित्यमाथि प्रकाश पारी कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।

 


संलग्न जोडिएका विवरणहरु

No Attachments
सूचना

स्वीकृत वार्षिक कार्ययोजना आ.व. २०८२।०८३ 'मातहत जि.स.व.का. (रुपन्देही, नवलपरासी (ब.सु.प.), कपिलबस्तु, अर्घाखाँची, गुल्मी र पाल्पा)'


अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलहरूको तेस्रो राष्ट्रिय सम्मेलन, २०८२ को घोषणापत्र ....


महान्यायाधिवक्ताको कार्यालयको मिति २०८२।०१।३१ गते परिपत्र सम्वन्धमा ....


महान्यायाधिवक्ताको कार्यालयको निर्देशन सम्बन्धमा ..... (२०८१।०१।३१)


२०७८ बैशाख २ गते देखि २०८० असोज ४ गतेसम्म महान्यायाधिवक्ताको कार्यालयबाट जारी भएका निर्देशन तथा परिपत्रहरुको संगालो .....


बढुवा सचिवालयको बढुवा सिफारिस सम्वन्धी सूचना (२०८१।११।१२)


महान्यायाधिवक्ताको कार्यालयको निर्देशन सम्बन्धमा (२०८१।०६।०८)


अधिकार प्रत्यायोजन सम्बन्धमा (२०८१।०६।०८)


फौजदारी कसूर (कैद कट्टा) (तेस्रो संसोधन) नियमावली-२०८१


सम्पत्ति शुद्धीकरण निवारण तथा अन्य केही ऐनलाई संशोधन गर्न बनेको ऐन, (राजपत्र २०८० चैत्र ३०)


समाचार

समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न...... (२०८२।०३।११)


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न...... (२०८२।०१।२६)


उच्च सरकारी वकील कार्यालय, समन्वय समितिको बैठक सम्बन्धमा ..... (२०८१।०९।२१)


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ..( दोस्रो संस्करण २०८१।०८।१७)


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ..(२०८१।०७।०९)


कार्यालयको नियमित बैठक सम्बन्धमा ..(२०८१।०७।०६)


मातहत कार्यालयहरुसँग भएको बैठक/अन्तरक्रिया सम्बन्धमा ..(२०८१।०६।१८)


कार्यालय प्रमुख श्री सोमकान्ता भण्डारीद्धारा पदभार ग्रहण (Photo Features)


माननीय महान्यायाधिवक्ता श्री रमेश बडालज्यू समेतको टोलीबाट कार्यालयको अनुगमन निरीक्षण सम्वन्धमा (२०८१।०५।०१ र २ गते)


मातहतका जिल्ला सरकारी वकील कार्यालयहरुको स्वीकृत वार्षिक कार्ययोजना (२०८१।०८२)