2079-10-16
सरकारी वकील र समुदाय बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न :
मिति २०७९।१०।१३ गते शुक्रबार समुदायमा सरकारी वकील कार्यक्रम अन्तरगत "सरकारी वकीलको सांगठनिक संरचना, काम, कर्तव्य एवं समग्र समुदायप्रति यसको दायित्व" विषयक कार्यक्रम समुदायलाई जानकारी गराउने उद्देश्यले रुपन्देही जिल्लाको सियारी गाउँपालिका वडा नं. ३ को कार्यालयको सभाहलमा उच्च सरकारी वकील कार्यालय बुटवलका सहन्यायाधिवक्ता श्री गोविन्दराज गौलीज्यूको अध्यक्षता, सियारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री रोमनाथ न्यौपाने र सियारी गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष श्री रामचन्द्र कुर्मीज्यूको विशेष आतिथ्यता, जिल्ला सरकारी वकील कार्यालय रुपन्देहीका जिल्ला न्यायाधिवक्ता श्री देवेन्द्रराज आचार्यज्यू, सियारी गाउँपालिका वडा नं. ३ का वडा सदस्यहरु क्रमश: श्री सुभावती चमारज्यू, श्री ईमिरिता बेल्दारज्यू, श्री मंगल चौधरीज्यू, श्री महेन्द्र प्रसाद यादवज्यू, सियारी गाउँपालिका वडा नं. ३ का वडा सचिव श्री दिवाकर त्रिपाठीज्यू, जिल्ला सरकारी वकील कार्यालय रुपन्देहीका सहायक जिल्ला न्यायाधिवक्ता श्री नारायण आचार्यज्यूको आतिथ्यता, सोही वडा कार्यालयका अन्य कर्मचारीज्यूहरु, कार्यक्रममा सहभागी उच्च सरकारी वकील कार्यालय बुटवल र जिल्ला सरकारी वकील कार्यालय रुपन्देहीका कर्मचारीज्यूहरु, स्थानीय सर्वसाधारण एवं पत्रकारहरु गरी ६८ (१२ महिला ५६ पुरुष) जनाको उपस्थितिमा उच्च सरकारी वकील कार्यालय बुटवल र जिल्ला सरकारी वकील कार्यालय रुपन्देहीको आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो ।
उक्त कार्यक्रममा उच्च सरकारी वकील कार्यालय, बुटवलका सह-न्यायाधिवक्ता श्री गोविन्दराज गौलीज्यू र जिल्ला सरकारी वकील कार्यालय रुपन्देहीका जिल्ला न्यायाधिवक्ता श्री देवेन्द्रराज आचार्यज्यूले "सरकारी वकीलको सांगठनिक संरचना, काम, कर्तव्य एवं समग्र समुदायप्रति यसको दायित्व" विषयक कार्यपत्र सम्यूक्त रुपमा प्रस्तुत गर्नुभएको थियो । करीव ८ जना सहभागिहरुबाट सरकारी वकील र सरकार वादी मुद्दा सम्वन्धमा उठाईएका जिज्ञासाहरुको उच्च सरकारी वकील कार्यालय बुटवलका सह-न्यायाधिवक्ता श्री गोविन्दराज गौलीज्यू र जिल्ला सरकारी वकील कार्यालय रुपन्देहीका जिल्ला न्यायाधिवक्ता श्री देवेन्द्रराज आचार्यज्यूले विभिन्न रोचक उदाहरणहरु सहित सम्वोधन गर्नु भएको थियो साथै कार्यक्रम सफल बनाउन आ-आफ्नो क्षेत्रबाट सहयोग गर्ने सबै सहयोगी मनहरुलाई धन्यबाद समेत दिनुभएको थियो ।
सो कार्यक्रममा सहभागीको तर्फबाट समाजसेवी श्री मोहमद सफिक, सियारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री रोमनाथ न्यौपानेज्यू, सियारी गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष श्री रामचन्द्र कुर्मीज्यूले मन्तव्य राख्नु भएको थियो । उक्त कार्यक्रममा जिल्ला सरकारी वकील कार्यालय रुपन्देहीका सहायक जिल्ला न्यायाधिवक्ता श्री नारायण आचार्यज्यूले सहभागीहरुलाई स्वागत गर्दै कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नु भएको थियो भने कार्यक्रमको सञ्चालन उच्च सरकारी वकील कार्यालय बुटवलका कम्प्यूटर अपरेटर श्री बुद्धि पराजुलीले गर्नुभएको थियो ।
महान्यायाधिवक्ताको कार्यालयको चौथो पञ्चवर्षीय रणनीतिक योजना (आर्थिक वर्ष २०८३/८४–२०८७/८८)
मोबाइल स्क्यानिङ एप प्रयोग गरी सरकारी कागजात स्क्यान नगर्ने सम्बन्धमा ।
फ्रन्ट डेस्कमा काम गर्ने कर्मचारीको विवरण
कार्यालय समय परिवर्तन सम्वन्धमा (२०८२ चैत्र २३ गते देखी)
सम्पत्ति तथा मालसामानको लिलाम बढाबढको सूचना : (प्रकाशन मिति: २०८२।१०।११)
लुटपाट भएका सामाग्रीहरु भेटेमा बुझाईदिने सम्बन्धमा .... (२०८२।०५।३०)
महान्यायाधिवक्ताको कार्यालयको मिति २०८२/०४/१५ गतेको परिपत्र सम्बन्धमा ।
महान्यायाधिवक्ताको कार्यालयबाट उच्च सरकारी वकील कार्यालयको लागि स्वीकृत वार्षिक कार्ययोजना (आ.व. ०८१।०८२)
महान्यायाधिवक्ताको कार्यालयबाट उच्च सरकारी वकील कार्यालयको लागि स्वीकृत वार्षिक कार्ययोजना (आ.व. ०८२।०८३)
स्वीकृत वार्षिक कार्ययोजना आ.व. २०८२।०८३ 'मातहत जि.स.व.का. (रुपन्देही, नवलपरासी (ब.सु.प.), कपिलबस्तु, अर्घाखाँची, गुल्मी र पाल्पा)'
मातहत कार्यालयहरुसँगको आ.व. २०८२।०८३ को वार्षिक समिक्षा कार्यक्रम सम्वन्धमा ......... (२०८३।०३।२९)
समुदायमा सरकारी वकील कार्यक्रम सम्वन्धमा (२०८३।०२।२१)
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न...... (२०८२।१२।०४)
उच्च सरकारी वकील कार्यालयको समन्वय समितिको बैठक सम्वन्धमा (२०८२।०५।०३ गते मंगलबार)
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न...... (२०८२।०३।११)
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न...... (२०८२।०१।२६)
उच्च सरकारी वकील कार्यालय, समन्वय समितिको बैठक सम्बन्धमा ..... (२०८१।०९।२१)
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ..( दोस्रो संस्करण २०८१।०८।१७)
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ..(२०८१।०७।०९)
कार्यालयको नियमित बैठक सम्बन्धमा ..(२०८१।०७।०६)