2079-2-30
महिला बालबालिका, जनजाती, मधेशी, मुस्लिम, दलित तथा अन्य व्यक्तिसँग सम्बन्धित सरकारवादी मुद्दामा सरकारी वकीलहरुको प्रत्यक्ष सार्वजनिक संवाद कार्यक्रम सम्पन्न ...... (२०७९।०२।२९)
मिति २०७९।०२।२९ गते आईतबार समुदायमा सरकारी वकील कार्यक्रम अन्तरगत "महिला बालबालिका, जनजाती, मधेशी, मुस्लिम, दलित तथा अन्य व्यक्तिसँग सम्बन्धित सरकारवादी मुद्दामा सरकारी वकीलहरुको प्रत्यक्ष सार्वजनिक संवाद कार्यक्रम" समुदायलाई जानकारी गराउने उद्देश्यले रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका वडा नं. ९ स्थित श्री एशियन पार्टी प्यालेसको सभाहलमा उच्च सरकारी वकील कार्यालय बुटवलका सहन्यायाधिवक्ता श्री मोहन सागर बश्यालज्यूको अध्यक्षता, महान्यायाधिवक्ताको कार्यालय काठमाडौंका सह-न्यायाधिवक्ता श्री सुर्यराज दाहालज्यूको प्रमुख आतिथ्यता, उच्च सरकारी वकील कार्यालय बुटवलका उप-न्यायाधिवक्ता श्री बिष्णु प्रसाद आचार्यज्यू, जिल्ला सरकारी वकील कार्यालय रुपन्देहीका जिल्ला न्यायाधिवक्ता श्री देवेन्द्रराज आचार्यज्यू, जिल्ला सरकारी वकील कार्यालय, नवलपरासी बर्दघाट सुस्ता पश्चिमका जिल्ला न्यायाधिवक्ता श्री चन्द्र बहादुर सिंजालीज्यू, मानवअधिकारकर्मी एवं पत्रकार रिमा वि.सी. ज्यूको आतिथ्यता, उच्च सरकारी वकील कार्यालय, बुटवलका सहायक न्यायाधिवक्ताज्यूहरु, जिल्ला सरकारी वकील कार्यालय रुपन्देहीका सहायक जिल्ला न्यायाधिवक्ताज्यूहरु, उच्च सरकारी वकील कार्यालय तथा जिल्ला सरकारी वकील कार्यालयका कर्मचारीज्यूहरु, अधिवक्ताज्यूहरु, मानवअधिकार कर्मीज्यूहरु, महिला बालबालिका, जेष्ठ नागरिक, जनजाती, मधेशी, मुस्लिम, दलित तथा अन्य व्यक्तिहरु, विद्यार्थी भाईबहिनीहरु, विभिन्न समुदाय, क्षेत्र विशेष एवं लक्षित बर्ग एवं पत्रकारहरु गरी जम्मा १३४ (एकसय चौतिस) जनाको उपस्थितिमा महान्यायाधिवक्ताको कार्यालय काठमाडौंको आयोजना एवं उच्च सरकारी वकील कार्यालय बुटवलको संयोजनमा कार्यक्रम सम्पन्न भएको थियो ।
उक्त कार्यक्रममा उच्च सरकारी वकील कार्यालय, बुटवलका सह-न्यायाधिवक्ता श्री मोहन सागर बश्यालज्यूले "महिला बालबालिका संलग्न मुद्दा र सरकारी वकीलको भूमिका" विषयक पहिलो कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । त्यस्तै उक्त कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि एवं महान्यायाधिवक्ताको कार्यालय काठमाडौंका सहन्यायाधिवक्ता श्री सुर्यराज दाहालज्यूले "महिला बालबालिका, जेष्ठ नागरिक, मुस्लिम, दलित संलग्न भएका मुद्दाको अनुसन्धानमा सरकारी वकीलको भूमिका" विषयक दोस्रो कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । करीव १६ जना सहभागिहरुबाट महिला बालबालिका, जेष्ठ नागरिक, मुस्लिम, दलित सम्बन्धित सरकारवादी मुद्दा सम्वन्धमा उठाईएका जिज्ञासाहरुको महान्यायाधिवक्ताको कार्यालय काठमाडौंका सह-न्यायाधिवक्ता श्री सुर्यराज दाहालज्यू एवं उच्च सरकारी वकील कार्यालय बुटवलका सह-न्यायाधिवक्ता श्री मोहन सागर बश्यालज्यूले विभिन्न रोचक उदाहरणहरु सहित जिज्ञासाहरुको सम्वोधन गर्नु भएको थियो साथै कार्यक्रम सफल बनाउन आ-आफ्नो क्षेत्रबाट सहयोग गर्ने सबै सहयोगी मनहरुलाई धन्यबाद दिनुभएको थियो ।
सो कार्यक्रममा सहभागीहरुको तर्फबाट श्री लक्ष्मी अधिकारी, कार्यक्रमका अतिथि मानवअधिकारकर्मी एवं पत्रकार श्री रिमा बि.सी. र जिल्ला सरकारी वकील कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिमका जिल्ला न्यायाधिवक्ता श्री चन्द्र बहादुर सिंजालीज्यूले मन्तव्य राख्नु भएको थियो । उक्त कार्यक्रममा जिल्ला सरकारी वकील कार्यालय रुपन्देहीका जिल्ला न्यायाधिवक्ता श्री देवेन्द्रराज आचार्यज्यूले सहभागीहरुलाई स्वागत गर्दै कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नु भएको थियो भने कार्यक्रमको सञ्चालन उच्च सरकारी वकील कार्यालय बुटवलका कम्प्यूटर अपरेटर श्री बुद्धि पराजुलीले गर्नुभएको थियो ।
महान्यायाधिवक्ताको कार्यालयको मिति २०८२/०४/१५ गतेको परिपत्र सम्बन्धमा ।
महान्यायाधिवक्ताको कार्यालयबाट उच्च सरकारी वकील कार्यालयको लागि स्वीकृत वार्षिक कार्ययोजना (आ.व. ०८१।०८२)
महान्यायाधिवक्ताको कार्यालयबाट उच्च सरकारी वकील कार्यालयको लागि स्वीकृत वार्षिक कार्ययोजना (आ.व. ०८२।०८३)
स्वीकृत वार्षिक कार्ययोजना आ.व. २०८२।०८३ 'मातहत जि.स.व.का. (रुपन्देही, नवलपरासी (ब.सु.प.), कपिलबस्तु, अर्घाखाँची, गुल्मी र पाल्पा)'
अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलहरूको तेस्रो राष्ट्रिय सम्मेलन, २०८२ को घोषणापत्र ....
महान्यायाधिवक्ताको कार्यालयको मिति २०८२।०१।३१ गते परिपत्र सम्वन्धमा ....
महान्यायाधिवक्ताको कार्यालयको निर्देशन सम्बन्धमा ..... (२०८१।०१।३१)
२०७८ बैशाख २ गते देखि २०८० असोज ४ गतेसम्म महान्यायाधिवक्ताको कार्यालयबाट जारी भएका निर्देशन तथा परिपत्रहरुको संगालो .....
बढुवा सचिवालयको बढुवा सिफारिस सम्वन्धी सूचना (२०८१।११।१२)
महान्यायाधिवक्ताको कार्यालयको निर्देशन सम्बन्धमा (२०८१।०६।०८)
उच्च सरकारी वकील कार्यालयको समन्वय समितिको बैठक सम्वन्धमा (२०८२।०५।०३ गते मंगलबार)
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न...... (२०८२।०३।११)
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न...... (२०८२।०१।२६)
उच्च सरकारी वकील कार्यालय, समन्वय समितिको बैठक सम्बन्धमा ..... (२०८१।०९।२१)
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ..( दोस्रो संस्करण २०८१।०८।१७)
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ..(२०८१।०७।०९)
कार्यालयको नियमित बैठक सम्बन्धमा ..(२०८१।०७।०६)
मातहत कार्यालयहरुसँग भएको बैठक/अन्तरक्रिया सम्बन्धमा ..(२०८१।०६।१८)
कार्यालय प्रमुख श्री सोमकान्ता भण्डारीद्धारा पदभार ग्रहण (Photo Features)
माननीय महान्यायाधिवक्ता श्री रमेश बडालज्यू समेतको टोलीबाट कार्यालयको अनुगमन निरीक्षण सम्वन्धमा (२०८१।०५।०१ र २ गते)