२०७८ फाल्गुण महिनाको नियमित बैठक (Staff Meeting) सम्वन्धमा :- (२०७८।११।२७ गते शुक्रबार)

samachar

2078-12-3

आज मिति २०७८।११।२७ गते शुक्रबार श्री उच्च सरकारी वकील कार्यालय बुटवलका कार्यालय प्रमुख एवं सह-न्यायाधिवक्ता श्रीमान् मोहन सागर बश्यालज्यूको अध्यक्षतामा देहायका कर्मचारीहरुको उपस्थितिमा नियमित बैठक सम्पन्न गरी देहायका प्रस्तावमा छलफल गरी देहाय बमोजिमको निर्णय गरियो ।

उपस्थिति:-

सह-न्यायाधिवक्ता श्री मोहनसागर बश्याल

उप-न्यायाधिवक्ता श्री कृष्णचन्द पाण्डे

उप-न्यायाधिवक्ता श्री विष्णु प्रसाद आचार्य

सहायक न्यायाधिवक्ता श्री तिकलराम लम्साल

टाइपिष्ट नायब सुब्बा श्री चन्द्रावती खाती

नायव सुब्बा श्री काशिराम लोध

कम्प्यूटर अपरेटर श्री बुद्धिराम पराजुली

कम्प्युटर अपरेटर श्री शान्ति गैरे

नायब सुब्बा श्री सुष्मा गुरुङ्ग

नायब सुब्बा श्री सुशिला ज्ञवाली

नायब सुब्बा श्री बासुदेव पन्थी

लेखापाल श्री पुजन ज्ञवाली

खरिदार श्री यनराज अर्याल

हलुका सवारी चालक श्री जगत बहादुर सापकोटा

कार्यालय सहयोगी श्री हरिलाल पौडेल

कार्यालय सहयोगी श्री पुष्पा सारु

कार्यालय सहयोगी श्री निशान्त पौडेल

 

छलफलका लागि प्रस्तुत भएका प्रस्ताव (ऐजेण्डा) हरु :

प्रस्ताव :-          कार्यालय व्यवस्थापन र विविध ।

 

निर्णयहरु :-

      यस कार्यालयमा बढुवा पदस्थापन भएका उप-न्यायाधिवक्ता श्री विष्णु प्रसाद आचार्य लगयायत विभिन्न कार्यलयहरुबाट सरुवा भई आउनु भएका सहायक न्यायाधिवक्ता श्री तिलकराम लम्साल, नायव सुब्बा श्री काशिराम लोध र नायव सुब्बा श्री बासुदेव पन्थीज्यूलाई स्वागत गर्नुका साथै सह-न्यायाधिवक्ताज्यूबाट कार्यविवरण सहितको जिम्मेवारी प्रदान गरियो ।

   

 कार्यालयको नवनिर्मित भवनको निर्माण कार्य सम्पन्न गर्ने म्याद २०७८ सालको फागुन मसान्तसम्म भई निर्माण कार्य पूर्ण रुपमा नसकिएको अवस्था भएतापनि मिति २०७८।११।२५ गतेदेखि कार्यालयको नवनिर्मित भवनबाट सेवा प्रवाह सुचारु गरिएकोले शिघ्रातिशिघ्र फर्निसिङ्ग लगायतको बाँकी कार्य सम्पन्न गरी कार्यालय व्यवस्थापन गर्न गराउन सम्पूर्ण कर्मचारीहरुले आआफ्नो तर्फबाट पूर्ण योगदान गर्ने साथै नवनिर्मित भवनको समुद्घाटन समारोह चैत्र महिनाको दोश्रो हप्तामा सम्पन्न गर्ने हिसावले तैयारी गर्ने गराउने निर्णय गरियो ।

कार्यालयमा कार्यरत सरकारी वकील लगायत सम्पूर्ण कर्मचारीहरुले सरकारी वकील सम्वन्धी नियमावली, २०७७ एवं एकिकृत कार्य सञ्चालन कार्यविधि, २०७८ बमोजिम दिइएको कार्य विवरणमा उल्लेख भए बमोजिम आफुहरुलाई तोकिएको कार्य सम्पादनका विषयमा मासिक रुपमा हुने स्टाफ मिटिङ्ग एजेण्डाको रुपमा राखी समिक्षा गरियो ।

    महान्यायाधिवक्ताको कार्यालयको तेस्रो पञ्चवर्षिय रणनीति योजना (२०७८।०७९-२०८२/२०८३) कार्यान्वयनका सम्वन्धमा मासिक समिक्षा गरियो । साथै मातहतका जिल्ला सरकारी वकील कार्यालयहरुको स्वीकृत वार्षिक कार्ययोजना कार्यान्वयनको अवस्थाको सम्वन्धमा समेत छलफल गरि मासिक रुपमा प्रगति विवरण नपठाउने कार्यालयहरुबाट यथाशिघ्र प्रगति विवरण माग गर्ने एवं यस कार्यालय र मातहत कार्यालयहरुबाट फाल्गुण मसान्तसम्म गरिसक्नुपर्ने तर सम्पन्न हुन नसकेका कार्यहरुको फेहरिस्त तयार गरी सम्पन्न हुन नसकेका कारणहरु सहितको प्रतिवेदन तयार गरी उपन्यायाधिवक्ता श्री कृष्णचन्द पाण्डेज्यूको संयोजकत्वमा योजना कार्यान्वयन समितिले १० दिन भित्र सहन्यायाधिवक्ता समक्ष पेश गर्ने निर्णय गरियो ।

   

यस कार्यालयबाट राजस्व अनुसन्धान विभाग, क्षेत्रीय कार्यालय, कोहलपुर सरुवा हुनुभएका नायव सुब्बा श्री शोभाकर रानाज्यूलाई कार्यालयको तर्फबाट विदाई सहित सफल कार्यकालको शुभकामना प्रदान समेत गरियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments
सूचना

बढुवा समितिको सचिवालयको सूचना (२०८०।११।०९)


निर्णय कार्यान्वयन सम्वन्धमा (नेपाल सम्वत)


नेपाल सरकार वादी हुने फौजदारी मुद्दाको अनुसन्धान तथा अभियोजन सम्बन्धी निर्देशिका, २०८०


प्रदेश सरकार तथा स्थानीय तहको लिखित जवाफ तथा प्रतिरक्षा सम्बन्धमा महान्यायाधिवक्ताको कार्यालयको २०८०।०५।०४ को परिपत्र


महान्यायाधिवक्ताको कार्यालयबाट सबै उच्च सरकारी वकील कार्यालयहरुको लागि स्वीकृत वार्षिक कार्ययोजना (आ.व. ०८०।०८१)


रुपन्देही जिल्ला स्थित रहेका कार्यालयहरुको नाम, सम्पर्क व्यक्ति, टेलीफोन नं. (संघ/प्रदेश) सहित (आव ०८०।०८१)


निजामती सेवा नियमावली, २०५० एकिकृत बाह्रौ संशोधन २०७२ सहित


निजामती सेवा ऐन, २०४९ (संसोधन २०७२ समेत)


निजामती सेवाका कर्मचारीको आचरण सम्बन्धी नियमावली, २०६५


मिति २०८० असार २५ गतेको नेपाल राजपत्रमा प्रकाशित अधिकार प्रत्यायोजन सम्बन्धी महान्यायाधिवक्ताको कार्यालयको सूचना :-


समाचार

(समुदायमा सरकारी वकील कार्यक्रम भाग-२)- सरकारी वकील र शिक्षक तथा विद्यार्थीहरु बीच अन्तरक्रिया कार्यक्रम - २०८० सम्पन्न (२०८०।०९।०६ श्री नविन औद्योगिक कदर बहादुर रीता मा.वी.)


सरकारी वकील र शिक्षक तथा विद्यार्थीहरु बीच अन्तरक्रिया कार्यक्रम - २०८० सम्पन्न (२०८०।०६।०५ सिटी क्याम्पस बुटवल)


२०८० श्रावण महिनाको नियमित बैठक (Staff Meeting) सम्वन्धमा :- (२०८०।०४।२६ गते शुक्रबार)


मातहत कार्यालयका जिल्ला न्यायाधिवक्ताहरुसँग भएको बैठक/अन्तरक्रिया कार्यक्रम सम्वन्धमा ..(२०८०।०३।०५)


२०८० जेष्ठ महिनाको नियमित बैठक (Staff Meeting) सम्वन्धमा :- (२०८०।०२।३० गते मंगलबार)


योजना कार्यान्वयन समिति गठन सम्वन्धमा (नयाँ ) - २०८०।०२।३०


सरकारी वकील र समुदाय बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न (२०७९।१०।१३)


२०७९ पौष महिनाको नियमित बैठक (Staff Meeting) सम्वन्धमा :- (२०७९।०९।२९ गते शुक्रबार)


मातहतका कार्यालयहरुसँग भएको बैठक/अन्तरक्रिया कार्यक्रम सम्वन्धमा ..(२०७९।०३।३१)


कार्यालयको कार्यसम्पादन प्रतिवेदन फारमको रिपोर्ट सम्मवन्धमा .... (२०७९।०२।२९)