सरकारी वकील र समुदाय बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न ...... (२०७८ फाल्गुण १३)

samachar

2078-11-15

सरकारी वकील र समुदाय बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न  :

मिति २०७८।११।१३ गते शुक्रबार समुदायमा सरकारी वकील कार्यक्रम अन्तरगत "सरकारी वकीलको सांगठनिक संरचना, काम, कर्तव्य एवं समग्र समुदायप्रति यसको दायित्व" विषयक कार्यक्रम समुदायलाई जानकारी गराउने उद्देश्यले रुपन्देही जिल्लाको बुटवल उप-महानगरपालिका वडा नं. १ स्थित बुटवल माध्यमिक विद्यायको सभाहलमा उच्च सरकारी वकील कार्यालय बुटवलका सहन्यायाधिवक्ता श्री मोहन सागर बश्यालज्यूको अध्यक्षता, बुटवल उपमहानगरपालिका वडा नं. १ का का.वा. वडा अध्यक्ष श्री मदन श्रेष्ठज्यूको विशेष आतिथ्यता, उच्च सरकारी वकील कार्यालय बुटवलका उपन्यायाधिवक्ता श्री विष्णु प्रसाद आचार्यज्यू, बुटवल माध्यमिक विद्यायका प्र.अ. श्री घनश्याम गौतमज्यू, बुटवल उपमहानगरपालिका वडा नं. १ का वडा सदस्य श्री सतिष कशौधनज्यू, ऐ.ऐ. का वडा सचिव श्री देवराज श्रेष्ठज्यू, बुटवल उपमहानगरपालिका वडा नं. १ का मेलमिलापकर्ता श्री मुरारी प्रसाद हलुवाईज्यू, बुटवल माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक श्री भुवनेश्वर पौडेज्यू, बुटवल माध्यमिक विद्यालयका शिक्षक शिक्षिकाज्यूहरु, अन्य कर्मचारीज्यूहरु, बुटवल माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरु, कार्यक्रममा सहभागी उच्च सरकारी वकील कार्यालय बुटवलका कर्मचारीहरु, स्थानीय सर्वसाधारण एवं पत्रकारहरु गरी ६० (२८ महिला ३२ पुरुष) जनाको उपस्थितिमा उच्च सरकारी वकील कार्यालय बुटवलको आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा उच्च सरकारी वकील कार्यालय, बुटवलका सह-न्यायाधिवक्ता श्रीमान् मोहन सागर बश्यालज्यूले "सरकारी वकीलको सांगठनिक संरचना, काम, कर्तव्य एवं समग्र समुदायप्रति यसको दायित्व" विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । करीव १० जना सहभागिहरुबाट सरकारी वकील र सरकार वादी मुद्दा सम्वन्धमा उठाईएका जिज्ञासाहरुको उच्च सरकारी वकील कार्यालय बुटवलका सह-न्यायाधिवक्ता श्री मोहन सागर बश्यालज्यूले विभिन्न रोचक उदाहरणहरु सहित सम्वोधन गर्नु भएको थियो साथै कार्यक्रम सफल बनाउन आ-आफ्नो क्षेत्रबाट सहयोग गर्ने सबै सहयोगी मनहरुलाई धन्यबाद दिनुभएको थियो ।

सो कार्यक्रममा सहभागी विद्यार्थीको तर्फबाट श्री करिश्मा भट्टराई, बुटवल उपमहानगरपालिका वडा नं. १ का वडा सचिव श्री देवराज श्रेष्ठ, विद्यालयका प्र.अ. श्री घनश्याम गौतम, विशेष अतिथि सोही वडाका का.वा. वडा अध्यक्ष एवं शिक्षा प्रतिनिधि श्री मदन श्रेष्ठज्यूले मन्तव्य राख्नु भएको थियो । उक्त कार्यक्रममा उच्च सरकारी वकील कार्यालय बुटवलका सहायक न्यायाधिवक्ता श्री लक्ष्मी न्यौपानेज्यूले सहभागीहरुलाई स्वागत गर्दै कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नु भएको थियो भने कार्यक्रमको सञ्चालन उच्च सरकारी वकील कार्यालय बुटवलका कम्प्यूटर अपरेटर श्री बुद्धि पराजुलीले गर्नुभएको थियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments
सूचना

बढुवा समितिको सचिवालयको सूचना (२०८०।११।०९)


निर्णय कार्यान्वयन सम्वन्धमा (नेपाल सम्वत)


नेपाल सरकार वादी हुने फौजदारी मुद्दाको अनुसन्धान तथा अभियोजन सम्बन्धी निर्देशिका, २०८०


प्रदेश सरकार तथा स्थानीय तहको लिखित जवाफ तथा प्रतिरक्षा सम्बन्धमा महान्यायाधिवक्ताको कार्यालयको २०८०।०५।०४ को परिपत्र


महान्यायाधिवक्ताको कार्यालयबाट सबै उच्च सरकारी वकील कार्यालयहरुको लागि स्वीकृत वार्षिक कार्ययोजना (आ.व. ०८०।०८१)


रुपन्देही जिल्ला स्थित रहेका कार्यालयहरुको नाम, सम्पर्क व्यक्ति, टेलीफोन नं. (संघ/प्रदेश) सहित (आव ०८०।०८१)


निजामती सेवा नियमावली, २०५० एकिकृत बाह्रौ संशोधन २०७२ सहित


निजामती सेवा ऐन, २०४९ (संसोधन २०७२ समेत)


निजामती सेवाका कर्मचारीको आचरण सम्बन्धी नियमावली, २०६५


मिति २०८० असार २५ गतेको नेपाल राजपत्रमा प्रकाशित अधिकार प्रत्यायोजन सम्बन्धी महान्यायाधिवक्ताको कार्यालयको सूचना :-


समाचार

(समुदायमा सरकारी वकील कार्यक्रम भाग-२)- सरकारी वकील र शिक्षक तथा विद्यार्थीहरु बीच अन्तरक्रिया कार्यक्रम - २०८० सम्पन्न (२०८०।०९।०६ श्री नविन औद्योगिक कदर बहादुर रीता मा.वी.)


सरकारी वकील र शिक्षक तथा विद्यार्थीहरु बीच अन्तरक्रिया कार्यक्रम - २०८० सम्पन्न (२०८०।०६।०५ सिटी क्याम्पस बुटवल)


२०८० श्रावण महिनाको नियमित बैठक (Staff Meeting) सम्वन्धमा :- (२०८०।०४।२६ गते शुक्रबार)


मातहत कार्यालयका जिल्ला न्यायाधिवक्ताहरुसँग भएको बैठक/अन्तरक्रिया कार्यक्रम सम्वन्धमा ..(२०८०।०३।०५)


२०८० जेष्ठ महिनाको नियमित बैठक (Staff Meeting) सम्वन्धमा :- (२०८०।०२।३० गते मंगलबार)


योजना कार्यान्वयन समिति गठन सम्वन्धमा (नयाँ ) - २०८०।०२।३०


सरकारी वकील र समुदाय बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न (२०७९।१०।१३)


२०७९ पौष महिनाको नियमित बैठक (Staff Meeting) सम्वन्धमा :- (२०७९।०९।२९ गते शुक्रबार)


मातहतका कार्यालयहरुसँग भएको बैठक/अन्तरक्रिया कार्यक्रम सम्वन्धमा ..(२०७९।०३।३१)


कार्यालयको कार्यसम्पादन प्रतिवेदन फारमको रिपोर्ट सम्मवन्धमा .... (२०७९।०२।२९)