2078-11-1
आज मिति २०७८ साल पुष ६ गतेका दिन यस जिल्ला सरकारी वकील कार्यालय गुल्मीका जिल्ला न्यायाधिवक्ता श्री दयाशंकर अधिकारी ज्यू को अध्यक्षतामा यस कार्यालय र जिल्ला प्रहरी कार्यालय गुल्मीका देहायका कर्मचारीहरुको सहभागितामा बसेको संयुक्त बैठकले मुद्दाको अनुसन्धान तथा अभियोजन सम्बन्धमा तपशिल बमोजिमको निर्णय गरियो ।
उपस्थितिः
जि.न्या.व.श्री दयाशंकर अधिकारी
स.ज.न्या.व.श्री लोकमणी पाण्डे
प्र.नि. सन्तोष चन्द
प्र.ना.नि. शुनिलजंग शाह
ना.सु. श्री भोजराज रेग्मी
खरिदार. श्री यादव घिमिरे
स.क.अ. श्री अञ्जना अधिकारी अर्याल
ह.स.चा. श्री कमल पाण्डे
का.स. श्री खडानन्द भट्टराई
का.स. श्री हरी प्रसाद खनाल
का.स. श्री नविन पन्थी
तपशिलः
निर्णय नं. १. घटनास्थल मुचुल्का तथा वरामदी मुचुल्का तयार गर्दा चारकिल्ला भित्र पर्ने वारदात स्थल वा घर जग्गा जो जे भएपनि त्यसको स्वामित्व समेतको कस्को हो स्पष्ट खुल्ने गरी तयार गर्ने ।
निर्णय नं.२. प्रतिवादीको मौकाको वयान गराउदा पहिलो पटक म्याद थपको क्रममा निजले व्यक्त गर्ने कुरा फरक पर्न नजाने गरी टिपोट गरी वयान व्यहोरा परिपक्व बनाउने ।
निर्णय नं.३. सवारी ज्यान मुद्दामा वारदातको प्रकृति र घाईतेहरुको अवस्था समेतलाई सुस्म रुपले अध्यान गरी राय पेश गर्ने ।
निर्णय नं.४. अनुसन्धानको कार्य यथाशिघ्र सम्मपन्न गरि राय सहितको सक्कल मिसिल पेश गर्ने ।
निर्णय नं.५. अदालतबाट साक्षी बुझ्ने आदेश भएपछि यथाशिघ्र साक्षीलाई जानकारी गराई उपस्थित गराउने र साक्षी उपस्थित गराउन नसक्ने भएमा नसकिने कारण सहित मुचुल्का गरि पेश गर्ने ।
हिरासत कक्ष तथा मुद्दा शाखाको अनुगमन
स्थानीय तहका न्यायिक समितिका पदाधिकारीहरूको क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
समन्वय समितिको बैठक
अनुसन्धान अधिकृतहरु र सरकारी वकील बीचको बैठक सम्पन्न
आ.व.०८२।०८३ को पुष महिनाको मुद्दा तर्फको मासिक प्रतिवेदन ।
आ.व.०८२।०८३ को मंसिर महिनाको मुद्दा तर्फको मासिक प्रतिवेदन ।
आ.व.०८२।०८३ को भाद्र महिनाको मुद्दा तर्फको मासिक प्रतिवेदन ।
आ.व.०८२।०८३ को असोज महिनाको मुद्दा तर्फको मासिक प्रतिवेदन ।
आ.व.०८२।०८३ भाद्र महिनाको खर्चको फाँटवारी ।
आ.व.०८२।०८३ भाद्र महिनाको मुद्दा तर्फको मासिक प्रतिवेदन ।
समुदायमा सरकारी वकील अन्तर्क्रिया कार्यक्रम सम्पन्न
अभियोजनकर्ता सरकारी वकील र अनुसन्धान अधिकृतबीच बैठक सम्पन्न (२०८१।०९।२२)
अभियोजनकर्ता र अनुसन्धानकर्ता बीचको बैठक सम्बन्धमा( २०७९/०७/१८)
कर्मचारीहरुको बैठक (staff meeting) सम्पन्न (२०७९।०५।०९)
बैठक सम्पन्न (मिति २०७८।१२।२९)
२०७८ चैत्र महिनाको नियमित बैठक (Staff Meeting) सम्बन्धमाः- (२०७८/१२/०१)
समुदायमा सरकारी वकील कार्यक्रम सम्मपन्न (२०७८/११/१३)
२०७८ फागुन महिनाको नियमित बैठक (Staff Meeting) सम्बन्धमाः- (२०७८/११/०९)
२०७८ पुष महिनाको नियमित बैठक सम्बन्धमा (२०७८/०९/१६)
समन्वय समितिको बैठक सम्बन्धमा (२०७८/०९/१२)