2078-10-28
आज मिति २०७८।१०।२८ गते शुक्रबार श्री उच्च सरकारी वकील कार्यालय बुटवलका कार्यालय प्रमुख एवं सह-न्यायाधिवक्ता श्रीमान् मोहन सागर बश्यालज्यूको अध्यक्षतामा देहायका कर्मचारीहरुको उपस्थितिमा नियमित बैठक सम्पन्न गरी विभिन्न विषयगत प्रस्तावहरु माथि छलफल गरी देहाय बमोजिमको निर्णय गरियो ।
उपस्थिति:-
सह-न्यायाधिवक्ता श्री मोहनसागर बश्याल
उप-न्यायाधिवक्ता श्री कृष्णचन्द पाण्डे
सहायक न्यायाधिवक्ता श्री लक्ष्मी न्यौपने
टाइपिष्ट नायब सुब्बा श्री चन्द्रावती खाती
कम्प्युटर अपरेटर श्री शान्ति गैरे
नायब सुब्बा श्री सुष्मा गुरुङ्ग
नायब सुब्बा श्री सुशिला ज्ञवाली
लेखापाल श्री पुजन ज्ञवाली
नायब सुब्बा श्री शोभाकर राना
खरिदार श्री यनराज अर्याल
हलुका सवारी चालक श्री जगत बहादुर सापकोटा
कार्यालय सहयोगी श्री हरिलाल पौडेल
कार्यालय सहयोगी श्री पुष्पा सारु
कार्यालय सहयोगी श्री भुपेन्द्र लम्साल
कार्यालय सहयोगी श्री सरिता खड्का
कार्यालय सहयोगी श्री निशान्त पौडेल
छलफलका लागि प्रस्तुत भएका प्रस्ताव (ऐजेण्डा)हरु :–
प्रस्ताव नं. १ माननीय महान्यायाधिवक्ताज्यूले सम्मानित राष्ट्रपतिज्यू समक्ष प्रस्तुत गर्नुभएको महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदनको जानकारी सम्बन्धमा ।
प्रस्ताव नं. २ विविध ।
प्रस्ताव नं. १. माथि छलफल गर्दा माननीय महान्यायाधिवक्ताज्यूले सम्माननीय राष्ट्रपतिज्यू समक्ष पेश गर्नुभएको वार्षिक प्रतिवेदनका सन्दर्भमा महान्यायाधिवक्ताको कार्यालयबाट मिति २०७८।१०।२७ गते अपरान्ह ४:०० बजे जुम लिङ्क मार्फत आयोजित कार्यक्रममा उठेका विभिन्न विषयको जानकारी सहित त्यस्ता विषयको निराकरणका लागि महान्यायाधिवक्ताको कार्यालयबाट दिईएका निर्देशनहरु एवं कार्यालयका कर्मचारीहरुको कर्तब्य र दायित्वका बारेमा यस कार्यालयका कार्यालय प्रमुख श्रीमान सहन्यायाधिवक्ताज्यूबाट जानकारी गराई सो बमोजिम गर्ने गराउने प्रतिवद्धता जाहेर गरियो ।
निजामती कर्मचारीको हैसियतमा मात्र नभई सरकारी वकील तथा सरकारी वकील कार्यालयमा कार्यरत कर्मचारीहरुको आचारसंहिताका विषयमा कार्यालय प्रमुखबाट पुनःस्मरण गराउदै सबै कर्मचारीहरुले त्यसको पूर्णतःपरिपालना गरी व्यवहारमा लागू गर्ने प्रतिवद्धता जाहेर गर्न अनुरोध गरे बमोजिम सबैले आचारसंहितालाई प्रथमिकताका साथ लागू गर्ने गराउने निर्णय गरियो ।
प्रस्ताव नं. २ मा छलफल गर्दा सरकारी वकील तथा अन्य कर्मचारीहरुले आ-आफ्नो जिम्मेवारीमा रही सम्पन्न गरे भएका काम कारवाहीहरुको बारेमा कार्यालय प्रमुख श्रीमान् सह-न्यायाधिवक्ताज्यूलाई जानकारी गराउदै आपसी छलफल गरी सेवा प्रवाहलाई अझ बढी चुस्त दुरुस्त र प्रभावकारी बनाउने निर्णय गरियो ।
महान्यायाधिवक्ता कार्यालयको स्वीकृत वार्षिक कार्ययोजना बमोजिम माघ मसान्त भित्र पुरा गर्नुपर्ने काम र सो महिनामा हुन नसकेका कामको सन्दर्भमा छलफल गरी बिभिन्न कारणले हुन नसकेका कामलाई फाल्गुण मसान्तभित्र सम्पन्न गर्ने निर्णय गरियो ।
महान्यायाधिवक्ताको कार्यालयको चौथो पञ्चवर्षीय रणनीतिक योजना (आर्थिक वर्ष २०८३/८४–२०८७/८८)
मोबाइल स्क्यानिङ एप प्रयोग गरी सरकारी कागजात स्क्यान नगर्ने सम्बन्धमा ।
फ्रन्ट डेस्कमा काम गर्ने कर्मचारीको विवरण
कार्यालय समय परिवर्तन सम्वन्धमा (२०८२ चैत्र २३ गते देखी)
सम्पत्ति तथा मालसामानको लिलाम बढाबढको सूचना : (प्रकाशन मिति: २०८२।१०।११)
लुटपाट भएका सामाग्रीहरु भेटेमा बुझाईदिने सम्बन्धमा .... (२०८२।०५।३०)
महान्यायाधिवक्ताको कार्यालयको मिति २०८२/०४/१५ गतेको परिपत्र सम्बन्धमा ।
महान्यायाधिवक्ताको कार्यालयबाट उच्च सरकारी वकील कार्यालयको लागि स्वीकृत वार्षिक कार्ययोजना (आ.व. ०८१।०८२)
महान्यायाधिवक्ताको कार्यालयबाट उच्च सरकारी वकील कार्यालयको लागि स्वीकृत वार्षिक कार्ययोजना (आ.व. ०८२।०८३)
स्वीकृत वार्षिक कार्ययोजना आ.व. २०८२।०८३ 'मातहत जि.स.व.का. (रुपन्देही, नवलपरासी (ब.सु.प.), कपिलबस्तु, अर्घाखाँची, गुल्मी र पाल्पा)'
मातहत कार्यालयहरुसँगको आ.व. २०८२।०८३ को वार्षिक समिक्षा कार्यक्रम सम्वन्धमा ......... (२०८३।०३।२९)
समुदायमा सरकारी वकील कार्यक्रम सम्वन्धमा (२०८३।०२।२१)
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न...... (२०८२।१२।०४)
उच्च सरकारी वकील कार्यालयको समन्वय समितिको बैठक सम्वन्धमा (२०८२।०५।०३ गते मंगलबार)
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न...... (२०८२।०३।११)
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न...... (२०८२।०१।२६)
उच्च सरकारी वकील कार्यालय, समन्वय समितिको बैठक सम्बन्धमा ..... (२०८१।०९।२१)
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ..( दोस्रो संस्करण २०८१।०८।१७)
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ..(२०८१।०७।०९)
कार्यालयको नियमित बैठक सम्बन्धमा ..(२०८१।०७।०६)