2078-8-2
आज मिति २०७८।०७।२९ गते सोमबार श्री उच्च सरकारी वकील कार्यालय बुटवलका कार्यालय प्रमुख एवं सह-न्यायाधिवक्ता श्रीमान मोहन सागर बश्यालज्यूको अध्यक्षतामा देहायका कर्मचारीहरुको उपस्थितिमा नियमित बैठक सम्पन्न गरी विभिन्न विषयगत प्रस्तावहरु माथि छलफल गरी देहाय बमोजिमको निर्णय गरियो ।
उपस्थिति :
छलफलका लागि प्रस्तुत भएका प्रस्ताव (ऐजेण्डा) हरु :–
प्रस्ताव नं. १ कार्यालय व्यवस्थापन तथा कार्यविवरण परिमार्जन सम्वन्धमा ।
प्रस्ताव नं. २ विविध ।
प्रस्ताव नं. १. मा छलफल गर्दा कार्यालयका सबै किसिमका मुद्दा एवं अन्य काम कारवाहीमा हालसम्म साधारण प्रकृतिका फाईलहरुलाई प्रयोग गरिंदै आएकोमा त्यसलाई परिमार्जन गर्दै प्रशासन तथा मुद्दा व्यवस्थापनलाई अझ वढी चुस्त, दुरुस्त, प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यका साथ मुद्दा तथा अन्य काम कारवाहीको प्रकृतिको आधारमा देहाय बमोजिमका विशेषता भएका फाईलहरु प्रयोग गर्ने निर्णय गरियो ।
प्रशासनिक कामकाजको लागि : कार्यालयको नाम मात्र उल्लेख भएको सादा फाइल
वादी/प्रतिवादीको पुनरावेदन र अनुसूची भित्रको मुद्दामा : विभिन्न विवरण उल्लेखित सादा फाइल
नाबालकका विरुद्वमा परेका तथा राजश्व चुहावट सम्बन्धी मुद्दामा : निलो आधार पट्टी सहितको "
रीटमा : रातो आधार पट्टी सहितको फाइल
वन, वन्यजन्तु र ओखेटोपार मुद्दामा : हरियो आधार पट्टी सहितको फाइल
बैकिंङ्ग कसूरका मुद्दामा : कालो आधार पट्टी सहितको फाइल

महान्यायाधिवक्ताको कार्यालयको तेस्रो पञ्चवर्षिय रणनीतिक योजनाको प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यले गठन भएको यस कार्यालयको योजना कार्यान्वयन समिति समितिको सदस्यको रुपमा रहनु भएका सहायक न्यायाधिवक्ता श्री नारायण आचार्यज्यूको सरुवा भएकाले सहायक न्यायाधिवक्ता श्री मीना थापाज्यूलाई उक्त जिम्मेवारीमा रहि कामकाज गर्ने गरी निर्णय गरियो ।
यस कार्यालयको सूचना अधिकारीको जिम्मेवारीमा रहनु भएका सहायक न्यायाधिवक्ता श्री विष्णुहरि मरासिनीज्यू कार्यालयबाट सरुवा भई जानु भएको हुँदा सूचना अधिकारीको साथै मुद्दा तथा रीट शाखाको सुपरीवेक्षण अधिकृतको रुपमा समेत कामकाज गर्ने गरी उक्त जिम्मेवारी सहायक न्यायाधिवक्ता श्री लक्ष्मी न्यौपानेज्यूमा रहने निर्णय गरियो ।
प्रस्ताव नं. २ मा छलफल गर्दा वार्षिक कार्य योजना कार्यन्वयन गर्नका लागि आ–आफ्नो जिम्मेवारी अनुसार कामको समिक्षा गर्दै उत्तरदायी रुपमा भूमिका निर्वाह गर्ने निर्णय गरियो ।
नियमानुसार यस कार्यालयबाट मातहत कार्यालयहरुमा गरिने निरीक्षण तथा अनुगमनको कार्यलाई व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउनका लागि तेस्रो पञ्चवर्षिय रणनीतिक योजनाको साथै सरकारी वकील कार्यालयको निरीक्षण तथा अभियोजन परिक्षण निर्देशिका, २०७५ समेतलाई आधार मानी अनुगमन निरीक्षणको लागि चेकलिष्ट तयार गरी ७ दिन भित्र श्रीमान सह-न्यायाधिवक्ताज्यू समक्ष पेश गर्न साथै रिट तथा लिखित जवाफमा देखिएका त्रुटी र छलफलमा उठाउनुपर्ने विषयवस्तुमा बुँदा तयार गर्न उपन्यायाधिवक्ता श्री कृष्णचन्द पाण्डेज्यूको संयोजकत्वमा सहायक-न्यायाधिवक्ता श्री मीना थापा, सहायक-न्यायाधिवक्ता श्री लक्ष्मी न्यौपाने, ना.सु. श्री सुष्मा गुरुङ्ग सदस्य एवं ना.सु. श्री सुशिला ज्ञवाली सदस्य-सचिव रहने गरी कार्यदल गठन गरी उक्त काम सम्पन्न गर्ने गरी निर्णय गरियो ।
महान्यायाधिवक्ताको कार्यालयको चौथो पञ्चवर्षीय रणनीतिक योजना (आर्थिक वर्ष २०८३/८४–२०८७/८८)
मोबाइल स्क्यानिङ एप प्रयोग गरी सरकारी कागजात स्क्यान नगर्ने सम्बन्धमा ।
फ्रन्ट डेस्कमा काम गर्ने कर्मचारीको विवरण
कार्यालय समय परिवर्तन सम्वन्धमा (२०८२ चैत्र २३ गते देखी)
सम्पत्ति तथा मालसामानको लिलाम बढाबढको सूचना : (प्रकाशन मिति: २०८२।१०।११)
लुटपाट भएका सामाग्रीहरु भेटेमा बुझाईदिने सम्बन्धमा .... (२०८२।०५।३०)
महान्यायाधिवक्ताको कार्यालयको मिति २०८२/०४/१५ गतेको परिपत्र सम्बन्धमा ।
महान्यायाधिवक्ताको कार्यालयबाट उच्च सरकारी वकील कार्यालयको लागि स्वीकृत वार्षिक कार्ययोजना (आ.व. ०८१।०८२)
महान्यायाधिवक्ताको कार्यालयबाट उच्च सरकारी वकील कार्यालयको लागि स्वीकृत वार्षिक कार्ययोजना (आ.व. ०८२।०८३)
स्वीकृत वार्षिक कार्ययोजना आ.व. २०८२।०८३ 'मातहत जि.स.व.का. (रुपन्देही, नवलपरासी (ब.सु.प.), कपिलबस्तु, अर्घाखाँची, गुल्मी र पाल्पा)'
मातहत कार्यालयहरुसँगको आ.व. २०८२।०८३ को वार्षिक समिक्षा कार्यक्रम सम्वन्धमा ......... (२०८३।०३।२९)
समुदायमा सरकारी वकील कार्यक्रम सम्वन्धमा (२०८३।०२।२१)
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न...... (२०८२।१२।०४)
उच्च सरकारी वकील कार्यालयको समन्वय समितिको बैठक सम्वन्धमा (२०८२।०५।०३ गते मंगलबार)
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न...... (२०८२।०३।११)
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न...... (२०८२।०१।२६)
उच्च सरकारी वकील कार्यालय, समन्वय समितिको बैठक सम्बन्धमा ..... (२०८१।०९।२१)
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ..( दोस्रो संस्करण २०८१।०८।१७)
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ..(२०८१।०७।०९)
कार्यालयको नियमित बैठक सम्बन्धमा ..(२०८१।०७।०६)