2078-4-25
कारागार कार्यालयका लागि पुस्तक हस्तान्तरण सम्वन्धमा ...............
महान्यायाधिवक्ताको कार्यालय मार्फत प्राप्त भएका विभिन्न विधाका २८० थान पुस्तक उच्च सरकारी वकील कार्यालय, बुटवलका सह-न्यायधिवक्ता श्री मोहन सागर बश्यालज्यूद्वारा रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री असमान तामाङज्यू मार्फत कारागार कार्यालय रुपन्देहीका कार्यालय प्रमुख श्री नारायण पन्थीज्यूलाई हस्तान्तरण गरिएको छ। नेपाली तथा अंग्रेजी भाषाका कानून, प्रशासनिक संरचना, साहित्य, इतिहास, भूगोल समेत समेटिएका करीब १ लाख २० हजार मूल्य वराबरका उल्लेखित पुस्तकहरुमा नेपालको संविधान, हाल प्रचलित कानूनहरु, मुलुकी देवानी संहिता, मुलुकी फौजदारी संहिता, विभिन्न उपन्यास, कथा, नाटक लगायत शब्दकोशहरु रहेका छन् ।
उच्च सरकारी वकील कार्यालय बुटवलका सह-न्यायाधिवक्ता कार्यालय प्रमुख श्री मोहन सागर बश्यालज्यूको अध्यक्षतामा मिति २०७८ श्रावण २१ गते विहिबारका दिन कारागार कार्यालय रुपन्देहीको प्राङ्गणमा आयोजित सो कार्यक्रममा रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री असमान तामाङज्यूको विशिष्ट आतिथ्यता रहेको थियो । उच्च सरकारी वकील कार्यालय बुटवलका क.अ. श्री बुद्धि पराजुलीले सञ्चालन गर्नुभएको सो कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रमुख जिल्ला अधिकारी श्री असमान तामाङले कारागार भित्र रहेका कैदी तथा बन्दीले पुस्तकलाई सही रुपमा प्रयोग गर्ने वातावरणको सृजना आन्तरिक प्रशासनले गर्न आग्रह गर्नुभयो । उहाँले पुस्तकहरुको सहि रुपमा सदुपयोग गरेमा कैदीहरुको जीवन परिवर्तन हुन मद्दत पुग्ने तथा तिनीहरुको ज्ञान क्षमता विकास गर्न सहयोग पुग्ने बताउनुभयो ।
उच्च सरकारी वकील कार्यालय बुटवलका सह-न्यायधिवक्ता श्री मोहन सागर बश्यालज्यूले धेरै नै महत्वपूर्ण विधाका पुस्तकहरु कारागारलाई हस्तान्तरण गरिएकाले प्राप्त पुस्तकहरुको दर्ता तथा अभिलेखिकरण गरेर पुस्तकालयको नियमानुसार मात्र वितरण तथा प्रयोग गर्न आग्रह गर्नुभयो । हस्तान्तररित पुस्तकहरुलाई जिन्सीमा आम्दानी बाँधेर अभिलेखिकरण गरी पुस्तकालयको नियमानुसार व्यवस्थित गर्न गराउन पुस्तकहरुको सही सदुपयोग गर्नुहुन, यहाँ रहेका कैदी बन्दीहरुलाई पठनपाठनमा सहयोग पुग्ने गरी कारागार व्यवस्थापनले सहजीकरण गर्नुपर्ने कुरामा जोड दिदै उक्त कार्यमा कारागार कार्यालयका कर्मचारीहरुको मात्र नभइ चौकीदार तथा अन्य कैदी बन्दीहरुको सकृय र सकारात्मक योगदान हुनुपर्ने कुरा बताउदै वहाँले अध्ययनले नै जीवनशैलीमा ठूलो उपलब्धी र परिवर्तन ल्याउने हुंदा पुस्तक अध्ययन गरेर कैदी वन्दीलाई जीवन उपयोगी शिक्षाप्राप्त गर्ने र सुधारिने मौका मिलोस् भन्ने शुभकामना व्यक्त गर्नु भएको थियो ।
विभिन्न मिडियाका पत्रकारज्यूहरु समेतको उपस्थिति रहेको उक्त कार्यक्रममा उच्च सरकारी वकील कार्यालय, बुटवलका उपन्यायाधिवक्ता श्री कृष्णचन्द पाण्डे, जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका जिल्ला न्यायाधिवक्ता श्री डम्बर प्रसाद काफ्ले, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक श्री मनोज कुमार के.सी., कारागार कार्यालय रुपन्देहीका प्रमुख श्री नारायण पन्थी, महान्यायाधिवक्ताको कार्यालय काठमाडौंका सहायक न्यायाधिवक्ता श्री शिव वाग्ले, कारागार कार्यालय रुपन्देहीका चौकीदार, नाईके, भाई नाईके लगायतका अन्य कर्मचारीहरु एवं सुरक्षाकर्मीहरुको सहभागीता रहेको थियो ।
स्वीकृत वार्षिक कार्ययोजना आ.व. २०८२।०८३ 'मातहत जि.स.व.का. (रुपन्देही, नवलपरासी (ब.सु.प.), कपिलबस्तु, अर्घाखाँची, गुल्मी र पाल्पा)'
अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलहरूको तेस्रो राष्ट्रिय सम्मेलन, २०८२ को घोषणापत्र ....
महान्यायाधिवक्ताको कार्यालयको मिति २०८२।०१।३१ गते परिपत्र सम्वन्धमा ....
महान्यायाधिवक्ताको कार्यालयको निर्देशन सम्बन्धमा ..... (२०८१।०१।३१)
२०७८ बैशाख २ गते देखि २०८० असोज ४ गतेसम्म महान्यायाधिवक्ताको कार्यालयबाट जारी भएका निर्देशन तथा परिपत्रहरुको संगालो .....
बढुवा सचिवालयको बढुवा सिफारिस सम्वन्धी सूचना (२०८१।११।१२)
महान्यायाधिवक्ताको कार्यालयको निर्देशन सम्बन्धमा (२०८१।०६।०८)
अधिकार प्रत्यायोजन सम्बन्धमा (२०८१।०६।०८)
फौजदारी कसूर (कैद कट्टा) (तेस्रो संसोधन) नियमावली-२०८१
सम्पत्ति शुद्धीकरण निवारण तथा अन्य केही ऐनलाई संशोधन गर्न बनेको ऐन, (राजपत्र २०८० चैत्र ३०)
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न...... (२०८२।०३।११)
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न...... (२०८२।०१।२६)
उच्च सरकारी वकील कार्यालय, समन्वय समितिको बैठक सम्बन्धमा ..... (२०८१।०९।२१)
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ..( दोस्रो संस्करण २०८१।०८।१७)
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ..(२०८१।०७।०९)
कार्यालयको नियमित बैठक सम्बन्धमा ..(२०८१।०७।०६)
मातहत कार्यालयहरुसँग भएको बैठक/अन्तरक्रिया सम्बन्धमा ..(२०८१।०६।१८)
कार्यालय प्रमुख श्री सोमकान्ता भण्डारीद्धारा पदभार ग्रहण (Photo Features)
माननीय महान्यायाधिवक्ता श्री रमेश बडालज्यू समेतको टोलीबाट कार्यालयको अनुगमन निरीक्षण सम्वन्धमा (२०८१।०५।०१ र २ गते)
मातहतका जिल्ला सरकारी वकील कार्यालयहरुको स्वीकृत वार्षिक कार्ययोजना (२०८१।०८२)